20120929

काठमाडौंमा नेपाली काँग्रेसका सभापति सुशिल कोइरालामाथि नेविसंघका पूर्व क्षेत्रिय सभापति प्रवेश बस्नेतले आक्रमण गरे

काठमाडौं, १३ असोज । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाई काठमाडौंमा आक्रमण भएको छ । काठमाडौंस्थित कांग्रेसको क्षेत्र नम्वर चारमा मञ्चमा बसेका कोइराला माथि स्थानीय एक यवकले हातपात गरेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । कोइराला माथि आक्रमण भएपछि कपनमा तनाव भएको छ । नेपाली कङ्ग्रेसको काठमाडौं क्षेत्र
नम्बर ४ को भेलामा पार्टी सभापति सुशील कोइरालामाथि आक्रमण गर्ने प्रभाश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। झ्यालको फ्रेमले सभापतिमाथि उनले आक्रमण गरेका थिए। सभापतिलाई बचाउने क्रममा क्षेत्र नम्बर ४ का सचिवद्वय नर्मदा पोखरेल र श्‍याम संगत घाइते भए। दुबै घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ। बस्नेतले आक्रमण गरेपछि आक्रोशित कार्यकर्ताले उनीमाथि आक्रमण गरेका थिए। सभामा सहभागी कङ्ग्रेसका युवा नेता गगन थापाका अनुसार कोइरालाले नै बस्नेतमाथि आक्रमण नगर्न निर्देशन दिएका थिए। प्रहरीले बस्नेतलाई नियन्त्रणमा लिएको छ। थापाले केही समय रोकिएपछि सभा फेरि सुचारु भएको जानकारी दिए। नेपाली कङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर ४ को भेलामा सहभागी भएका पार्टी सभापति सुशील कोइरालामाथि आक्रमण भएको थियो।  झडपकै कारण कार्यक्रम अन्यौलग्रस्त बनेको थियो। कपन गाविसमा भएको घटनामा चारभन्दा बढी घाइते भएको प्रत्यक्षदर्शी सुमन लुइटेलले  जानकारी दिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक