(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20120927

उडान भरेको केही मिनटमै सीता एयरको विमान दुर्घटना, चालकदल सहित उन्नाईस यात्रुको मृत्यु

काठमाडौं ।  मनहरा खोला सुकुम्वासी वस्ती नजिकै सीता एयरको डोनियर जहाज आज दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । वस्ती नजिकै दुर्घटना भएको विमान उडान भरेको केही मिनटमै
दुर्घटना भएको हो । सोलुखुम्बुको लुक्ला तर्फ यात्रु लिएर विहान ६ बजेर १५ मिनटमा उडेको विमानमा समस्या आएपछि सुरक्षित अवतरका लागि विमानस्थल तर्फ फर्केको थियो । जहाज विमानस्थल नपुग्दै करिव ६ बजेर १९ मिनटमा सुकुम्वासी वस्ती नजिक खसेको प्रत्यक्षदर्शीले जनाएका छन् । विमानमा आगलागी भएपछि चालक दलले आकस्मीक अवतरण गरेको अनुमान प्रत्यक्षदर्शीको छ । जहाज दुर्घटनामा जलेर चालक दलका तीन सहित १९ जनाको मृत्यु भएको प्रहरी भनाई छ । मृत्यु हुनेमा विमानका चालक विजय तण्डुकार, सहचालक टी. थापा र परिचारिका रोजा शाक्य रहेका छन् । मृत्यु हुनेमा अधिकांश विदेशी यात्रु रहेका छन् । मृत्यु हुनेहरुका बारेमा सीता एयरले केही बताएको छैन । उद्धार गरिएका जलेका शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । दस बर्ष अघि पनि मनोहरा खोला नजिकै आजकै प्रकृति अनुसार विमान दुर्घटना भएको थियो । योसँगै डोनियर विमानको जहाज नेपाली आकाशमा छैटौं जाहाज दुर्घटना हो ।

















फ्लाइट डाटा रेकर्डर बोक्दै सशस्त्र प्रहरी। तस्विर : निरञ्जन श्रेष्ठ/एपी

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________