20120918

यस बर्षको तिज क्यानाडामा पनि भब्य रुपमा सम्पन्न

क्यानाडाबासी नेपालीहरुका तर्फबाट एन आर एन (NRN) क्यानाडा, मगर संघ क्यानाडा र क्यानाडाको नेपाली लोकप्रिय साइट www.TorontoNepal.com द्वारा अन्तराष्ट्रिय कलाकार मँचका अध्यक्ष एबम लोक दोहोरी गायक रामप्रसाद खनाल, नेपाली महिला समाजसेबी इन्दिरा राना मगर, क्यानेडियन महिला समाजसेबी क्यारेन रिचार्डशनलाई सम्मान कार्यक्रम

 यस बर्षको तिज क्यानाडामा पनि भब्य रुपमा सम्पन्न भएको छ । क्यानाडाको टोरोण्टो शहरमा नेपालीहरुद्वारा आयोजित तिज साँझमा क्यानाडाबासी नेपाली महिला रातै रातै पहिरनमा सजिएर अन्तराष्ट्रिय कलाकार मँचका अध्यक्ष एबम लोक दोहोरी गायक रामप्रसाद खनालसँग नाचेर, गाएर भरपुर मनोरन्जन गरे । क्यानाडाका समाजसेबी एबम ब्यबसायी गणेश खत्री को सभापतित्व एबम स्वागत भासणमा सम्पन्न
औपचारिक कार्यक्रम मा क्यानाडाबासी नेपालीहरुका तर्फबाट एन आर एन क्यानाडाले श्री खनाललाई कला र सँस्कृतिका लागि पुर्याएको योगदान का लागि राम प्रसाद खनाललाई सम्मान कार्यक्रम गर्‍यो । एन आर एन का उपाध्यक्ष्यहरु गोपाल भण्डारी र गिरी बुढाथोकी मगरले खनाल लाई सम्मान गर्नुभएको थियो । १४, १५, १६, १७ मा आयोजित भिन्ना भिन्नै कार्यक्रम मा खनाल का अलावा क्यानेडियन महिला समाजसेबी क्यारेन रिचार्डशन र नेपाली महिला समाजसेबी इन्दिरा राणा मगर लाई पनि सम्मान गरियो । मगर संघ क्यानाडा र क्यानाडाको नेपाली लोकप्रिय साइट www.TorontoNepal.com ले पनि वहाँ हरुलाई सम्मान कार्यक्रमको आयोजना गर्‍यो । भिन्ना भिन्नै ढंगले आयोजित कार्यक्रम हरु अन्तरराष्ट्रिय कलाकार मँचका क्यानाडा शाखा अध्यक्ष इश्वर थापा, पत्रकार पिताम्बर भट्टराई, साहित्यकार तथा पत्रकार गोपी कृष्ण काफ्लेले सन्चालन गर्नुभएको थियो । मगर संघ क्यानाडा का अध्यक्ष हेम थापा, क्यानाडाका प्रसिद्ध ब्यबसायी हेमलाल अर्यालले पनि खनाल, थापा र रिचार्डशन लाई सम्मान गर्नुभएको थियो । कार्यक्रमका फोटोहरु यसरी आफै बोल्छन ।







































































































































No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक