20120919

अमेरिकाको वाशिङ्गटन डी.सी. स्थित नेपाली राजदूतावासले तीजको उपलक्ष्यमा कार्यक्रमको आयोजना

DSC05331
कहाँ कहाँ के के भयो तिजमा हेर्नुस यहाँ ?
अमेरिकाको वाशिङ्गटन डी.सी. स्थित नेपाली राजदूतावासले तीजको उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गर्‍यो । महामहिम राजदूतको निवासमा आयोजित उक्त कार्यक्रममा वाशिङ्गटन डी.सी., भर्जिनिया, मेरिल्याण्ड र आसपासमा बसोबास गर्ने नेपाली दिदी बहिनीहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।  रातो पहिरन र गरगहनाले सजिएका दिदी बहिनीहरुको ओहोरदोहरले राजदूत निवास परिसर र वरिपरिको क्षेत्र साँच्चिकै रमणीय देखिन्थ्यो । साँझ ६ बजे देखि शुरु भएको कार्यक्रममा पाहुनहरुले सेल रोटी, आलुको अचार र अन्य नेपाली परिकारहरु निकै मिठो मानेर खाइरहेका थिए भने तीजको गीतमा नाच्नेहरुको तँछाड र मछाड देखिन्यो । कार्यक्रमको आयोजनाका लागि राजदुत डा शंकर शर्मा र वहाँकी धर्मपत्नी कल्पना शर्मालाई अमेरिकाबासि नेपालीको
तर्फबाट धन्यवाद । 



" कोलोराडोको अरोरामा भब्यताको साथ तीज कार्यक्रम सम्पन्न । "

- आचार्य प्रभा/ डेन्वर कोलोराडो



भव्य रुपमा सम्पन्न भयो तीज–२०१२ कार्यक्रम

भव्य रुपमा सम्पन्न भयो तीज–२०१२ कार्यक्रम
भव्य रुपमा सम्पन्न भयो तीज–२०१२ कार्यक्रम
नेपाली एसोसिएसन अफ नर्दन क्यालिर्फोनिया (एनएएनसी) ले तीज–२०१२ कार्यक्रम गत सेप्टेम्बर १५ का दिन सनफ्रान्सिस्कोस्थित ओम मण्डल हलमा भव्य रुपमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा झण्डै तीन घण्टा तीजको गीतमा महिला दिदीबहिनीहरुले नृत्य गरेर रौनकता थपेका थिए। कार्यक्रमको सांगीतिक माहौल र रमाइलो वातावरणका कारण उपस्थित सबैले भरपूर मनोरञ्जन लिएका थिए ।

महिला समाजसेवी कमला प्याकुरेलको प्रमुख आतिथ्यता तथा एनएएनसीका सल्लाहकार श्रीमति गीता श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपस्थित सबैलाई कार्यक्रमकी संयोजक संगीता गुरुङ शर्माले स्वागत गर्नुभएको थियो । उक्त कार्यक्रममा बोल्दै एनएएनसीका सभापति घनप्रसाद दवाडीले प्रत्येक बर्ष एनएएनसीले तीज कार्यक्रम गर्दै आएको स्पष्ट पार्दै उक्त कार्यक्रममा उपस्थित भई रौनक थपिदिनु भएकोमा उपस्थित सबैलाई धन्यवाद दिंदै कार्यक्रमका लागि सहयोग पु¥याउनेहरुप्रति कृतज्ञता व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा झण्डै २ सय ५० जनाको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा समाजका प्रतिष्ठित व्यक्तित्वहरु वयोवृद्ध समाजसेवी कीर्तिमान गुरुङ, लायन्स क्लब का पूर्व सभापति चन्द्र धिताल, एनएजीसीको अन्तर्राष्ट्रिय सभापति मणि नेपाली पनेरु, बे एरियाका प्रतिष्ठित समाजसेवी हरिहर दाहाल, सन्नी समाजका सभापति ईश्वर सापकोटा, तमु समाजका सभापति गम गुरुङ, मेची महाकालीका सभापति तथा एनएएनसीका सल्लाहकार उत्तम कार्की, एनएएनसीका सल्लाहकार ईश्वर सिटौला, तामाङ को– अपरेटिभका उपसभापति कुमार दोङ लगायत एनएएनसीका पदाधिकारीहरु महासचिव सुरेन्द्र मल्ल, वरिष्ठ उपसभापति दिनेश पोखरेल, उपसभापति चन्द्र शेरचन, कोषाध्यक्ष प्रेम लामा र नेहरु गिरी, बिष्णु शाह लगायतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा दरको व्यवस्थापनका लागि प्रेम लामा, नेहरुराज गिरी, चन्द्र शेरचन, रमा शर्मा लगायत स्वयंसेवकहरु हरि कार्की, धनमाया खनाल, खुशा राई, हेमा पनेरु, अरुणा खड्का, शर्मिला खड्का, ललिता शेरचन, सुजाता शेरचन, सञ्जिव राना, मदन सिंह, कल्पना लामा, कमला लामा र मिनु भण्डारीले उल्लेखनीय सहयोग गर्नुभएको एनएएनसीले जनाएको छ । कार्यक्रममा बुद्ध लो र आङ गेलु शेर्पाले संगीतको व्यवस्थापन गर्नुभएको थियो ।



मलेसिया स्थित क्वालालम्पुर शहरका नेपालीहरुले भव्यताका साथ तीज मनाएका छन् । मलेसिया मूलका नेपालीतथा नेपालबाट आएका नेपालीहरुको कार्यक्रममा बाक्लो उपस्थित रहेको थियो । हरेक वर्ष मलेसियामा यसरी नै भव्य रुपमा तिज मनाउँदै आएको छ । विगतको तिजभन्दा यस पटकको तिजमा नेपाली मूलका मलेसियन नागरिकहरुको उपस्थितीले झनै निक्कै रमाईलो वनाएको थियो । विषेश गरी महिलाहरुको चार्ड भएतापनि पुरुषहरुको पनिवाग्लो उपस्थिती रहनुको साथै उपस्थिती नारीहरुले रातो साडीमा सजिएका थिए।
गायिका रोजीथापाको स्वागत मनतव्यबाट सुरु गरिएको कार्यक्रममा उपस्थिती नारीहरुले तिज गितमा कम्मर मर्काइ मर्काई  नाँच्नुको कार्यक्रममा गायिका रोजी थापा, सुमन गुरुङ, वुद्ध थापा, शेरा थामीले गित गाएर उपस्थित सबैलाई निक्कै हौशलाको साथ थप मनारोन्जन दिएका थिए । त्यस्तै गरी कार्यक्रममा प्रभु रेमिटका विनय, नेपाल एअर लाईन्सका रोजु दिदी त्यस्तै गरी दुतावासका चक्र सुवेदी, सुर कल्वका प्रेम दाईले शुभकामना मनतव्य दिनु भएको थियो । कार्यक्रम सोमवार साँझ ७ वजे बाट ११ वजे क्वालालम्पुर स्थित सुर कल्वमा गरिएको थियो ।
  हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर १७ सेप्टेम्बर २०१२, अगुवा महिलाले आलुफेराको इन्डीयन ताज रेस्टुराँमा भब्यरुपमा तीज सम्पन्न भएको छ । कार्यक्रममा नेपाली परीकारको बेवस्था गरिएको थयो र  कार्यक्रममा बेलायती र पोर्तुगस महिलाको पनि उपस्थिती रहेको थियो । महिला दीदी-बहीनीको निमन्त्राणा स्विकार गर्दै पुरुष साथीभाइहरुको पनि सहभागीता रहेको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक