20120908

गुल्मीको तम्घासबाट काठमाडौं आउंदै गरेको लु १ ख ५५८३ नम्बरको बस गुल्मीको श्रृंगामा दुर्घटना हुंदा १३ जनाको मृत्यु

गुल्मीको तम्घासबाट काठमाडौं आउंदै गरेको लु १ ख ५५८३ नम्बरको बस गुल्मीको श्रृंगामा दुर्घटना हुंदा १३ जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । मृतकको सनाखत हुन सकेको छैन भने प्रहरी र स्थानीयवासीले उद्दार गरिरहेका छन् । बस सडकबाट करिब दुई सय मिटर तल खोचमा खसेका कारण मृतकको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको छ ।बस गुल्मीको श्रृङ्गा र लुम्छाको बिचमा दुर्घटना भएको हो ।  सांघुरो बाटो र घुम्ती भएका कारण दुर्घटना भएको हुन सक्ने
अनुमान प्रहरीको छ ।
***************
नवलपरासीको नयाँ बेलानी गाविसस्थित अरुणखोलाका हिमाल सापकोटा र सूर्यप्रसाद पाण्डे सानैदेखिका मिल्ने साथी थिए। उनीहरुले व्यवसाय पनि एउटै गरेका थिए। दुबै जनाको फेन्सी पसल छ अरुणखोलामा। बुधबार बिहान पसलको सामान किन्नसंगै घरबाट विदा भएर काठमाडौँ हिँडेका दुई भाइ घर फर्कने क्रममा भोलिपल्ट धादिङमा सडक दुर
्घटना परेको खबरले उनीहरुको परिवारमा शोकले छाएको छ।

घरबाट एउटै मोटरसाइकलमा हिंडेका उनीहरु काठमाडौँको पसलको किनेर ट्रान्सपोर्टको जिम्मा लगाएर घर फर्कने क्रममा दुर्घटना भएको हो।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा गाविस-९ ज्यामिरेघाटमा बिहीबार साँझ साढे ६ बजेतिर ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा सापकोटाको घटनास्थलमै र पाण्डेको उपचारका क्रममा गजुरी असपतालमा निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमन्त थापाले जानकारी दिए।

1 comment:

  1. thousands are dying on road accidents every year, yet no one raising voice for road safety and proper regulation!!! How long will we continue seeing this trend?

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक