20120908

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस-एमालेलाई माओवादी र प्रचण्डको डर रहेको बताउनु भएको छ !

सरकारले सिफारिस गरेका चार अध्यादेश राष्ट्रपतिले ‘होल्ड’ गरेकोमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको असन्तुष्टि
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस-एमालेलाई माओवादी र प्रचण्डको डर रहेको बताउनु भएको छ । बासु स्मृति दिवसको अबसरमा गोरखाको आँपपिपलमा शनिबार आयोजित कार्यक्रममा प्रचण्डले कांग्रेस र एमालेलाई शंकाले लंका नजलाउन र सहमतिमा आउन आग्रह गर्नुभयो । ‘कांग्रेस र एमालेलाई माओवादी र प्रचण्डको डर छ । अहिले लर्‍याङमर्‍याङ गरेर संविधानसभा पुनःस्थापनामा सहमति गरिहाल्छ, पछि सभासदहरुले मानेनन भने फेरि आफ्नै कुरा लाद्छ भन्ने उहाँहरुलाई लाग्या छ’ उहाँले भन्नुभयो-’कांग्रेस-एमाले शीर्ष नेताहरुलाई म आग्रह गर्न चाहन्छु, शंकाले लंका नजलाउनुस् ।’ उहाँको भदौभित्र निकास निकाल्ने गरी आफूले मार्गचित्र प्रस्तुत गरेपनि कांग्रेस र एमालेले आलटाल गरेको आरोप लगाउनु भयो । कांग्रेस नेताहरु पार्टीको आन्तरिक काममा देश दौडाहमा लाग्दा पनि गतिरोध अन्त्यको प्रयासमा जारी छलफल प्रभावित भएको उहाँको भनाई थियो । माओवादी अध्यक्ष प्रचण्डले माओवादीले ३०/४० वर्ष शासन गर्न भन्ने डरले कांग्रेस र एमालेका कट्टर नेताहरुले संविधान जारी गर्न नदिएको बताउनु भयो । ‘संविधान बनेको भए माओवादीले ३०-४० वर्ष लगतार जित्छ भन्ने डर कांग्रेस र एमाले थियो’उहाँले भन्नुभयो-’माओवादीकै नेतृत्वमा
संविधान घोषणा भए प्रचण्डलाई राष्ट्रपति बन्नबाट रोक्न नसकिने डरसमेत उनीहरुमा थियो ।’ प्रचण्डले अहिले सरकारको कारणले नभइ दलहरुबीचको असहमतिका कारण मुलुकमा अन्योल छाएको बताउनु भयो ।

सरकारले सिफारिस गरेका चार अध्यादेश राष्ट्रपतिले ‘होल्ड’ गरेकोमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले असन्तुष्टि जनाउनु भएको छ ।  सरकारले वेपत्ता खोजिवन आयोग गठनसम्वन्धीसहितका चार अध्यादेश जारी गर्न सिफारिस गरेपनि राष्ट्रपति डा. रामवरण यादवले जारी गर्नु भएको छैन । राष्ट्रपति कार्यालय श्रोतका अनुसार दलहरुबीच सहमति नभई ल्याएका अध्यादेश होल्ड गर्ने राष्ट्रपतिको रणनीति रहेको छ ।
अन्तराष्ट्रिय साक्षारता दिवसको अबसरमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री डा. भट्टराईले सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको अध्यादेशहरु जारी नहुँदा समस्या भएको बताउनु भयो । ‘कक्षा ८ सम्मको अधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य बनाई माध्यमिक शिक्षालाई एकीकृत गर्ने समेत लामो समयदेखि बाँकी रहेका शिक्षक व्यवस्थापनसम्बन्धी समस्यालाई सम्बोधन गर्ने गरी शिक्षा ऐनमा संशोधन गर्ने अध्यादेश सम्माननीय राष्ट्रपतिज्यूसमक्ष पेस भइसकेको छ’ उहाँले भन्नुभयो-’त्यसलाई जारी गर्न ढिलाइ हुँदा शैक्षिक क्षेत्रको सुधारको प्रयास अवरुद्व भैरहेको तितो यथार्थप्रति सवैको ध्यान जानु जरुरी छ ।’
प्रधानमन्त्री डा. भट्टराईले वेरोजगार उत्पादन गर्ने शिक्षा प्रणालीको अन्त्य गर्दै वैज्ञानिक, रोजगारमूलक, जनमुखी शिक्षा प्रणालीको विकास गर्नु धेरै ढिलो भइसकेको बताउनु भयो । उहाँले निरक्षरताको पूर्ण उन्मूलन गर्ने कार्यमा लाग्न समेत सबैलाई आग्रह गर्नुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक