20120909

हेर यो बाबुराम सररकारको लाजको बेइज्यत : प्रधानमन्त्रीले अडान नछाडे सरकार छोड्ने निचोडमा मधेसी मोर्चा, प्रहरी महानिरीक्षक नियुक्तिको विवादले गठबन्धन सरकार संकटमा


प्रहरी महानिरीक्षक नियुक्तिको विवादले गठबन्धन सरकार संकटमा पर्ने देखिएको छ । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बरिष्ठताका आधारमा कुवेरसिंह रानालाई महानिरीक्षक बनाउन चाहेका छन् भने मधेसी मोर्चाले पनि आफ्नो भनाइ अनुसारको नियुक्त नभए सत्ता छाड्ने चेतावनी दिएपछि सरकार संकटमा परेको हो । प्रधानमन्त्रीले अडान नछाडे सरकार छोड्ने निचोडमा मधेसी मोर्चा पुगेको छ । मधेसी मोर्चाको नेतृत्व गरिरहेका उप प्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले आफ्नो प्रस्ताव अनुसार महानिरीक्षक नबनाए सरकार छाड्ने चेतावनी दिएका छन् । आफू विभागीय मन्त्री भएको हैसियतले आफ्नो प्रस्ताव स्वीकार हुनुपर्ने उनको तर्क छ । भिष्म प्रसाई नभए नवराज ढकाललाई बनाउनु पर्ने गच्छदारको अडान छ । विवाद बढेपछि एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले एक दिनको समय मागेका कारण यस अघिको छलफल टुङ्गिएको थियो । प्रधानमन्त्रीले भने महानिरिक्षक नियुक्तीको विवाद बाहिर नलैजान आग्रह गरेको बुझिएको छ । उता मोर्चोले राजधानीमा छुट्टै बैठक बसी आफ्नो अडान नछाड्ने निर्णय गरेको छ । स्वाथ्यमन्त्री
राजेन्द्र महतोले प्रसाइका विषयमा अडान राखेको स्वीकार गरे । एमाओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईबीच पनि यस विषयमा छलफल भएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक