20120910

एउटा खुशीको खबर नेपालीमनहरुका लागि : अमेरिकालाई आठ विकेटले हराउँदै नेपालले क्रिकेटमा ऐतिहासिक सफलता


 अमेरिकालाई आठ विकेटले हराउँदै नेपालले क्रिकेटमा ऐतिहासिक सफलता पाएको छ । मलेसियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–४ को फाइनलमा नेपालले आठ विकेटले अमेरिकाल हराएर च्याम्पियन बनेको हो । पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभर १ बलमा १ सय ४५ रनमा समेटिएको थियो । १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले २८ ओभरमै खेल जितेको थियो । दुई वर्ष अघि नेपालले काठमाडौंमा डिभिजन ५ को उपाधि जितेको थियो । नेपाल र अमेरिका यस अघिनै डिभिजन–४ मा उक्लदै सन् २०१३ मा बर्मुडामा हुने डिभिजन–३ का लागि स्थान पक्का गरिसकेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक