20120910

क्यानाडा सरकार द्वारा ११ हजार भन्दा बढी झुटो विवरण पेश गरी ग्रीन कार्ड र नागरिकता लिने लाई त्यो खोसेर देश निकाला गर्ने घोषणा, कतीपय नेपाली पनि पर्ने सम्भावना !

क्यानडा सरकारले गैरकानूनी तवरले क्यानेडिएन स्थायी बसोवास भिसा (Permanent Residency Visa – PR) र नागरीकता प्राप्त गरेका गरीब ११,००० व्यक्तिहरुको बारेमा अनुसन्धान गरिरहेको र ती व्यक्तिहरुले कानून तोडेको ठहरेमा देश निकाला गरिने समेत चेतावनी दिएको छ । आज क्यानडाको नागरीकता तथा अध्यागमन विभाग (Citizenship and Immigration Canada – CIC) ले जारी गरेको प्रेस विज्ञप्तीका अनुसार करीब ३,१०० व्यक्तिहरुले गैरकानूनी तवरले क्यानेडिएन नागरीकता लिएको प्रमाणित भएकोले उनीहरुको नागरीकता खोस्ने प्रक्रिया प्रारम्भ भइसकेको छ । क्यानडाका अध्यागमन मन्त्री जेसन केनीले भने, “क्यानेडिएन नागरीकता विक्रीको लागि हैन "। हामीले जो कोही पनि जसले गैरकानूनी र गलततवरले क्यानडाको PR वा नागरीकता लिएको छ त्यस्तालाई कडा कारवाही गरिने छ ।” करीब ५,००० स्थायी भिसा (PR) प्राप्त गरेका व्यक्तिहरुले कानून मिचेर आफ्नो PR कायम राखेकोसमेत देखिएकोले उनीहरुको बारेमा अनुसन्धान भइरहेको विज्ञप्तीमा जनाइएको छ । ती मध्ये अधिकांश व्यक्तिहरु हाल क्यानडा बाहिर रहेको र उनीहरुलाई क्यानडा प्रवेश गर्नबाट रोक लगाइनेसमेत जनाइएकोछ । प्रेस विज्ञप्तीकाअनुसार अन्य २,५०० क्यानेडिएन PR प्राप्त व्यक्तिहरुकोबारेमा भने ठोस प्रमाण नपाइएको तर उनीहरुको बारेमा क्यनडा सरकारले अवलोकन गरिरहेको छ । क्यानडामा PR लिएता पनि उक्त PR कायम राख्नका लागि लगातार ५ बर्षको अवधिमा कम्तिमा २ बर्ष क्यानडामा नै बसोवास गरेको हुनुपर्ने कानून रहेकोमा कतिपय व्यक्तिहरुले उक्त विवरण झुठो पेश गरी क्यानेडिएन PR कायम राखेको विज्ञप्तीमा जनाइएको छ । “हामी कसैलाई पनि ठगी गर्न र झुटो विवरण पेश गरेर क्यानेडिएन नागरीकता दिनेछैनौं,” मन्त्री केनीले अगाडी भने, “यस प्रकारका जानकारी कसैसँग छ भने हामीलाई तत्काल खबर गर्न म आग्रह गर्दछु ।” हालसम्म ६०० भन्दा बढीको PR खारेज भइसकेको र ५०० जनाको नागरीकता समेत अस्वीकृत गरिसकेको विज्ञप्तीमा उल्लेख छ । क्यानडामा बर्षेनी सयौंको संख्यामा नेपालीहरु PR लगाएत विभिन्न भिसामा प्रबेश गर्ने गरेका छन् भने हालसम्म करिब १५,००० नेपालीहरु क्यानडामा रहेको अनुमान लगाउन सकिन्छ । PR बाहेक अन्य अस्थायी भिसा लिएर आउने नेपालीहरुमध्ये अधिकांसले क्यानडामा शरणार्थी आवेदन गर्ने गरेका छन् भने हालसम्मको आकंडाअनुसार करीब ७० प्रतिशत नेपालीहरुको शरणार्थी आवेदन स्वीकृतहुने गरेको पाइएको छ । तथापी नेपालमा बदलिँदो परिस्थीतिसँगै क्यानडामा नेपालीहरुले शरणार्थी पाउन झनै मुस्किल हुने अड्कल छ ।
अन्तराष्ट्रिय न्रित्य प्रतियोगितामा प्रथम हुनेलाई अमेरिकी एक हजार डलर पुरस्कार प्रदान गरिने
अन्तराष्ट्रिय कलाकार मँच केन्द्रिय समिति अमेरिकाको आयोजनामा विश्वमै पहिलो पटक नयाँ ढंग बाट अन्तराष्ट्रिय न्रित्य प्रतियोगिता हुने भएकोछ । संसारका जुन सुकै देश बाट, जुन सुकै उमेरका, जुन सुकै प्रतिभाहरुले उक्त प्रतियोगितामा भाग लिन पाउने ब्यबस्था गरिएको छ । नेपाली वा अङ्रेजी भाषाका गीतहरुमा वा सँसारको जुनसुकै देशको जुनसुकै भाषाको म्युजिकमा जो कसैले पनि न्रित्य प्रतियोगितामा भाग लिन पाउने उक्त अन्तरराष्ट्रिय न्रित्य प्रतियोगितामा  प्रथम हुनेलाई एक हजार अमेरिकी डलर पुरस्कार, दोस्रो हुनेलाई  पाँच सय अमेरिकी डलर पुरस्कार, तेस्रो हुनेलाई तिनसय अमेरिकी डलर पुरस्कार, चौथा  हुनेलाई दुइसय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।  प्रतियोगितामा सहभागी हुन कम्तिमा दुई मिनेट र बढीमा ६ मिनेट सम्मको न्रित्य हुनुपर्ने, एक जनाको एकल वा बढीमा २० जना सम्मको ग्रुप न्रित्यलाई प्रतियोगितामा समाबेश गरिने मँचले स्पस्ट पारेको छ । प्रतियोगिता मुल्याकनका लागि कला क्षेत्रका बिशिस्ठ हस्तिहरुलाई निर्णायक (जज) राखिएको छ । अन्तराष्ट्रिय कलाकार मँचका सल्लाहकार एबम प्रसिद्ध नायक सरोज खनाल, मँचका केन्द्रिय सदस्य एबम चर्चित नायिका गौरी मल्ल, मँचकी उपाध्यक्ष एबम नायिका जल शाह , महा - सचिब एबम लोकप्रिय नायक रमेश उप्रेती, मँचका केन्द्रिय सदस्य  एबम न्रित्यमा माहिर नायिकाहरु सारँगा श्रेष्ठ र अनुपमा प्रसाइ, चलचित्र क्षेत्रका धेरै नायक नायिकालाई न्रित्य निर्देशन गरेका बरिस्ठ   न्रित्य निर्देशक, न्रित्यकार, मँचका केन्द्रिय सदस्य नबिन केसी, अन्तराष्ट्रिय रुपमै न्रित्यमा ख्याती कमाएका न्रित्य नायकहरु मँचका केन्द्रिय सदस्य श्याम खड्की र यज्ञमान शाक्य, सचिब एबम गीतकार प्रकाश नेपाल रहनुभएको छ । त्यसै गरी मँचका सल्लाहकार बरिस्ठ लोक गायक, अमेरिकाका लागि महा बाणिज्यदुत प्रेम राजा महत जुरी रहनुभएको कुरा मँचका केन्द्रिय अध्यक्ष रामप्रसाद खनालले बताउनुभएको छ ।  यो प्रतियोगिता संसार भरी रहेका नेपाली र अन्य कलाकार र लुकेका प्रतिभाहरुलाई समेत कोशेढुँगा साबित हुने कुरामा मँच पूर्ण रुपमा आशाबादी छ भन्दै अध्यक्ष खनाल ले यो प्रतियोगिता सफल पार्न संसार का २५ भन्दा बढी देश मा स्थापित मँचका शाखा महा शाखा सबै सक्रिय भएर लाग्ने बताउनुभएको छ । विश्वमै पहिलो पटक आयोजना गर्न लागिएको यस प्रकार को नौलो र पहिलो कार्यक्रम हो ।  मँचका सल्लाहकार, बरिस्ठ लोक गायक, अमेरिकाका लागि महा बाणिज्यदुत प्रेम राजा महत "यो त साह्रै राम्रो कदम भयो । संसार भरिका कलाकार र लुकेका प्रतिभाले प्रतियोगितामा भाग लिन पाउनु, पहिलो पटक यस किसिम को आयोजना हुनुले आफु उत्साहित भएको" बताउनुहुन्छ । प्रतियोगितामा समाबेश हुन इच्छुक ब्यक्ती वा समुहले सेप्टेम्बर ३० तारिख भित्रमा आफुले न्रित्य गरेको भिडियो यु ट्युबमा  (YouTube) अपलोडगरी भिडियोको लिंक  (एउटै सर्टमा खिचिएको हुनुपर्ने, एडिट गर्न वा जोड जाड गर्न नपाईने) मँचको ईमेल Internationalartistsforum@gmail.com ,  IafAmerica@gmail.com मा पठाउनुपर्ने, जुन सुकै क्यामराले खिचिएको भए पनि हुने तर  भिडियोमा न्रित्य हाउभाउ सबै प्रस्ट देखिने गरी खिचिएको हुनुपर्ने मँचले स्पस्ट पारेको छ । निर्णायकहरुले भिडियोको आधारमा मुल्याङ्कन गरी निर्णय सार्वजनिक गर्ने र प्रथम, द्वितिय र त्रितिय हुने ब्यक्ती वा समुहलाइ अमेरिकाको वाशिङ्टन डिसीमा एक कार्यक्रमा आयोजना गरी अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माको हात बाट पुरस्कार प्रदान तथा सम्मान गरिने छ ।   संसार भरका जो सुकै पनि समाबेश हुन सकुन भनेर यस किसिम को प्रतियोगिता पहिलो पटक गर्न लागिएको र प्रतियोगितामा भाग लिन कोही पनि बन्चित नहुने आयोजक अन्तराष्ट्रिय कलाकार मँच को विश्वाश छ । मँचको केन्द्रिय समितिमा रहेका पदाधिकारी, सदस्य, निर्णयकहरु र तिनका छोरा छोरी बाहेक अरु जो सुकैले पनि प्रतियोगिता मा भाग लिन पाउने छन ।    कार्यक्रम सम्बन्धी थप  जानकारीका लागि अन्तराष्ट्रिय कलाकार मँचको वेब साइट www.IAFAmerica.com  भिजिट गर्न सक्नुहुन्छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक