20120904

कमल थापा र सुर्य बहादुर थापाको बोलचाल समेत बन्द, के के भैरहेको छ नेपाली राजनीतिमा, को के भन्छन ल हेर्नुस् !

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजपा अध्यक्ष सूर्य वहादुर थापासंग एकता ढोका सदाका लागि वन्द भएको वताउनु भएको छ । हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थासंग सम्झौता गरेर कुनै पनि शत्तिसंग एकता र सहकार्य नगर्ने वताउँदै थापाले राजपासंगको एकता ढोका सदाका लागि वन्द भएको वताउनु भएको हो । थापाले राजपा अध्यक्ष सूर्यवहादुर थापाले गणतन्त्र र धर्म निरिपक्षेताको अडान नछाडेकाले ऊसंग एकताको वार्ता बहिष्कार गरेको वताउनुभयो । मंगलवार रिपोर्टस क्लब नेपालले आयोजना गरेको कार्यक्रममा थापाले पशुपति शमशेरले नेतृत्व गरेको राप्रपासंग भने एकताको सम्भावना जिवित रहेको र केही दिनभित्रै एकता अन्तिम टुंगो लाग्ने वताउनुभयो । वन्द कोठाभित्र संविधानसभाको पुनःस्थापानाको षडयन्त्र भइरहेको आरोप लगाउदै थापाले त्यस्तो षड्यन्त्र अस्वीकार गर्ने नभई जनताका वलमा विफल तुल्याउने दावी गर्नुभयो । राप्रपा नेपालले संविधान सभा पुनःस्थापाना गर्ने वारे भइरहेको षडयन्त्रको भन्डाफोर समेत गर्ने वताउनुभयो । यसैवीच राप्रपा नेपालले संविधानसभा पुनःस्थापाना गर्ने षडयन्त्र भइरहेको भन्दै त्यसको भन्डाफोर गर्न भदौ २२ काठमाण्डौको बसन्त्पुरमा विशाल आम सभाको आयोजना गर्ने भएको राप्रपा नेपालका युवा नेता मोहन श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार सोही दिन राजपाका पूर्वमहामन्त्री केशर वहादुर
विष्ट लगायत दूई दर्जन केन्द्रीय सदस्यहरु राप्रपा नेपाललमा प्रवेश गर्ने कार्यक्रम छ ।

९ बुँदे माग थमाएर हिँडेका असन्तुष्ट नेताहरुलाई फकाउन र भुलाउन एमाले नेतृत्वले बल गरेको गर्यै छ । कहिले छाडे छाड केही हुँदैन भन्ने कडा भाषामा र कहिले ठीकै छ मिलेर जाऔं भन्ने नरम पारामा प्रस्तुत हुँदै आएको नेतृत्वले सोमबार लामो प्रेमपत्र तयार पार्यो । रिसाएर हिँडेकी प्रेमिकालाई फकाउने शैलीमा निकै फूलबुट्टा र आकर्षक बुँदा भरेर तयार पारिएको प्रेम पत्र मंगलबार बिहानसम्म सबै असन्तुष्ट नेताहरुको हातमा पर्यो ।
असन्तुष्ट नेताहरु भाऊ खोजेर बसेकी प्रेमिकाजस्तै थिए । यसअघि पार्टीले बोलाएको छलफलमा यसो देखा परेका उनीहरुले यसरी मुखले भनेर हुँदैन लेखेरै दिनुपर्छ भनेर अडान लिए । हेरम के भनेर फकाउने रहेछन् भन्ने पारामा असन्तुष्टहरु पनि पत्रकै पर्खाइमा थिए । ‘प्रेमपत्र’ तयार भयो भन्ने कुरा उनीहरुले सोमबार साँझ नै सञ्चारमाध्यम मार्फत थाहा पाएका थिए । तर उनीहरुले पत्र भने मंगलबार मात्र पाए ।
मन नपरेको प्रेमीले लामो समयपछि पठाएको चिठी पढे झैं उनीहरुले अक्षर केलाई केलाई सबै पढे । तर अहँ उत्साहित र आशावादी हुने ठाउँ केही फेला परेन । ‘पहिले नेताहरुले हामीलाई मौखिक रुपमा जे भनेका थिए, त्यही कुरा छ’ असन्तुष्ट समूहका नेता विजय सुब्बाले भन्नुभयो -’पत्रमा नयाँ कुरा केही छैन, मात्र हामीलाई भुल्याउन खोजिएको छ ।’
९ बुँदे माग सम्बोधन गर्ने गरी पत्र पठाएको नेतृत्वले दावी गरेपनि असन्तुष्टहरुको मन बुझेको छैन । जातीय पहिचानको आधारमा राज्य पुनर्संरचना, संविधानसभा पुनस्र्थापना लगायतका मागमा एमाले नेतृत्वले एकल जातीय हुन नसक्ने र पुनस्र्थापनामा पनि लचिलो भएर काम भैरहेको जवाफ दिएको छ । तीन दलबीच यही कुराको सेरोफेरोमा छलफल केन्दि्रत भएकाले योभन्दा बढी भन्न नसकिने नेतृत्वको भनाई थियो । यस्तै कार्वाहीमा परेका नेताहरुलाई पहिल्यैकै पद दिने आश्वासन पनि नेतृत्वले दिएको थियो । ‘तर हाम्रो कुनै पनि माग सम्बोधन भएको छैन’ अर्का असन्तुष्ट नेता पृथ्वी सुब्बा गुरुङले भन्नुभयो -’पहिले आशावादी भए अनुसारका कुरा पत्रमा छैन ।’
हुन त असन्तुष्ट नेताहरुले पहिलेदेखि नै अब एमालेसँग मिलेर बस्न नसकिने भएकाले छुट्टै पार्टी खोल्ने बताउँदै आएका थिए । तर नेतृत्वले यसलाई घुर्कीको रुपमा लियो । हुन पनि असन्तुष्ट नेताहरुको अहिलेसम्मको गतिबिधि हेर्दा अलग पार्टी गठन गर्ने कुरा घुर्की मात्रै भएको बुझियो । किनकी आदिवासी जनजातिहरुले छट्टै पार्टी गठन गरेको बेला उनीहरु त्यसमा सहभागी भएनन् । पछि हुँदै जाँदा पृथ्वी सुब्बा गुरुङ, रामचन्द्र झा, राजकुमार लेखी लगायतका नेताहरु नरम देखिए । आफूहरुले जातीय आधारमा राज्य पुनर्संरचनाको माग नगरेको स्पष्टीकरण समेत दिए । छुट्टै पार्टी गठन नहुने पनि बताए । तर उपाध्यक्ष अशोक राई, विजय सुब्बा लगायतका नेताहरु भने पछिसम्म पनि नयाँ पार्टी गठनको तयारीमै थिए । तर झट्ट नयाँ पार्टी खोल्ने आँट चाहिँ उनीहरुले अझै गर्न सकेका छैनन् ।
अहिले नेतृत्वको ‘प्रेमपत्र’ले फेरि असन्तुष्टहरुलाई नयाँ पार्टी गठन गर्ने मनोबल बढेको छ । ‘अब हामी अलग हुन्छौं, त्यसकै तयारीमा लाग्नेछौं’ नेता विजय सुब्बाले भन्नुभयो । हुन त सुब्बाले यसअघि देखि नै यस्तै धारणा राख्दै आउनुभएको छ । पार्टीले बोलाएको छलफलमा पनि उहाँ सहभागी हुनु भएन । तर केही नरम देखिएका अरु असन्तुष्ट नेताहरु पनि घर फर्किने वातावरण बिग्रँदै गएको बताउँछन् । ‘पत्र हेरेपछि हामी झन् निराश भएका छौं’ नेता पृथ्वी सुब्बा गुरुङले भन्नुभयो -’अब के गर्ने भन्ने विषयमा हामी आन्तरिक छलफल गरेर निर्णय गर्नेछौं ।’
हुन न त पार्टी नेतृत्वले जातीय राज्यको वकालत गर्दैन भन्ने कुरा असन्तुष्टहरुलाई पहिलेदेखि नै थाहा थियो । पार्टीमा ‘सेफ लेन्डिङ’ हुन मात्र उनीहरुले पछिल्ला गतिबिधि देखाइरहेका हुन् भनेर अनुमान गर्नेहरु धेरै छन् । तर एमालेका असन्तुष्टहरुले अहिले नै यसै गर्लान् भनेर ठोकुवा गर्न चाहिं गाह्रो छ ।
 एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसभित्रको अन्तर्बिरोधका कारण गतिरोध लम्बिएको बताउनु भएको छ ।
संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले मंगलबार काठमाडौंमा गरेको सर्बपक्षीय छलफलमा गठवन्धनका अध्यक्ष समेत रहेका प्रचण्डले दलहरुबीचको अविश्वास हटिसकेको दावी गर्नुभयो । ‘अहिले माओवादी-कांग्रेस, माओवादी-एमालेबीचमा अविश्वास छैन, कांग्रेसभित्रको अन्तर्विरोध नै मुख्य समस्या हो’ उहाँले भन्नुभयो -’राष्ट्रिय सहमतिको प्रधानमन्त्रीको उम्मेदबार को हो त भन्दा कांग्रेसले दिन सकेको छैन र कांग्रेसभित्र एउटा प्रधानमन्त्री बन्न खोजे अर्कोले बिरोध गर्छ । सहमति नहुनुको कारण नै कांग्रेस हो ।’
उहाँले कांग्रेसले छिटो प्रधानमन्त्रीको उमेदवार दिए सहमतिको लागि बाटो खुल्ने बताउनुभयो । सविधानका बिबादित बिषयमा सहमति नभई कांग्रेसलाई सरकारको नेतृत्व दिन नसकिने प्रचण्डले प्रष्ट पार्नुभयो । ‘संविधानका विवादित विषयमा सहमति गरेर संविधान घोषणा गर्नुअघि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न गठवन्धनमा सहभागी २१ दललाई कुनै आपत्ति छैन’ उहाँले भन्नुभयो-’सहमति नभई कांग्रेसलाई नेतृत्व दिन सकिन्न ।’
माओवादी अध्यक्ष प्रचण्डले दलहरु संविधानका विवादित विषयमा सहमति गरेर संविधानसभा पुनःस्थापना गर्न दलहरु सहमति नजिक रहेकेा बताउनु भयो । उहाँले पहिचान र सामथ्यका आधारमा १० प्रदेश बनाउने प्रस्ताव नै सहमतिको विन्दु हुनसक्ने बताउनु भयो । माओवादी अध्यक्ष प्रचण्डले आफूहरुको गठबन्धन सहमतिको लागि साधक भएको बताउनुभयो ।
संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले सबै पक्षसंग अन्र्तक्रिया गर्ने भने पनि छलफलमा प्रतिपक्षी दलहरु काग्रेस र एमाले सहभागी भएनन् ।

मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एकीकृत माओवादी संघीयता पक्षधर नभएको आरोप लगाउनु भएको छ । उहाँले एकीकृत माओवादीले सत्ता लम्ब्याउनका लागिमात्रै माओवादीले संघीयताको पक्षधरहरुको गठबन्धन निर्माण गरेको आरोप लगाउनु भयो ।
रिपोर्टस क्लबले मंगलवार आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो,’ एकीकृत माओवादी संघीयता पक्षधर हुन्थ्यो भने १२ बुँदे सम्झौता, अन्तरिम संविधानमा संघीयताको कुरा उठ्थ्यो तर मधेस आन्दोलनले मात्रै यसलाई स्थपित गर्यो । ‘ यादवले पहिले काँग्रेसमा रहेका विजय गच्छदार कहिलेका संघीयता पक्षधर हुन भनी व्यंग्य गर्नु भयो । यादबले भन्नुभयो,’ फोरमबाट चुनाव जितेकोले उनी बनेका मात्रै हुन् । त्यसैले संघीयता पक्षधरहरुको गठबन्धन नाटकमात्रै हो ।’ उहाँले माओवादीले सहमतिको रटान लगाएपनि काम भने मोर्चा बन्दी गरेर भिडन्त गर्ने गरेको आरोप लगाउनु भयो ।
संघीयता आउने भयो भनेरै तीन दलले संविधानसभा विघठन गरेको भन्दै उहाँले फेरि पनि संघीयता, पहिचान, गणतन्त्र, लोकतन्त्र र समावेसीता विनाको संविधान नेपाली जनताले मान्न नसक्ने स्पष्ट पार्नु भयो । यादवले मुलुकको साँचो भारतमा लगेर छाड्ने प्रधानमन्त्री डा बाबुराम भट्टराई राष्ट्रघाती वताउनुभयो । उहाँले कुनै पनि देशका राष्ट्रप्रमुखसँग प्रधानमन्त्रीले एक्लै भेट्नु राष्ट्रघात भएको आरोप समेत लगाउनुभयो । उहाँले भन्नुभयो -’प्रधानमन्त्रीको यो हर्कत नेपाली जनताको लागि धोका हो । यो हर्कतले देशको सम्मानमा प्रधानमन्त्रीले लात हानेका छन् । यस विषयमा प्रधानमन्त्रीले नेपाली जनतालाई जवाफ दिनु पर्छ । ‘ यस्तो घटनाले प्रधानमन्त्री र पराष्ट्रमन्त्रीवीच विश्वासको संकट प्रष्ट बनाएको भन्दै उहाँले परराष्ट्रमन्त्रीले जागिर खाने काम बाहेक केही गर्न नसकेको दावी गर्नु भयो ।
मुलुकलाई जारी राजनीतिक र संबैधानिक गतिरोधबाट निकाल्नकोलागी दलहरुलाई राष्ट्रपति डा रामबरण यादवले निश्चित समय सीमा सहित अल्टिमेटम दिनु पर्ने धारणा व्यक्त गर्नु भयो । संरक्षक र पालकको हैसियतले पनि मुलुकलाई असफल हुन बाट जोगाउन पहल गर्नु राष्ट्रपतिको कर्तब्य भएको यादवको भनाई छ ।
विपक्षि दल सम्बद्ध विद्यार्थी संगठनले आज साँझ सम्ममा पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लिन अल्टिमेटम दिएका छन् । मूल्य वृद्धि फिर्ताका लागि प्रधानमन्त्री बाबुराम भट्टराईलाई आज लिखित आग्रह गर्ने र त्यो साँझ सम्ममा कार्यान्वयनमा नआए सशक्त आन्दोलन गर्ने विद्यार्थीले चेतावनी दिएका छन् ।

मुल्यवृद्धिको विरुद्ध आन्दोलनमा उत्रिएका विपक्षी दलसँवद्ध विद्यार्थी तथा युवा सँगठनहरुले मशाल जुलुसदेखि उपत्यका बन्द सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको एमाले अखिलका अध्यक्ष माधव ढुंगेलले जानकारी दिनुभयो । अन्र्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य बृद्धि भएको भन्दै आइतबार राति नेपाल आयल निगमले पेट्रोलिय पदार्थमा मुल्य बृद्धि गरेको थियो ।

यता काठमाण्डौका प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माले भने सरकारले मुल्य बृद्धि नियन्तत्रणका लागि थप प्रयास सुरु गर्ने बताउनु भएको छ । उहाँले पेट्रोलिय पदार्थको मुल्यबृद्धिलाई मध्यनजर गर्दै आपुर्ती ब्यावस्था सहज बनाउने कालो बजारी गर्ने माथि नियन्त्रण र कारवाहि गर्न आफु तयार रहेको स्पष्ट गर्नुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक