20120906

आन्मा/नासियाको आठौं सँयुक्त सम्मेलनमा अन्तराष्ट्रिय नेपाली साहित्य समाजले नेपाली कविता महोत्सबको आयोजना

- गीता खत्री
इन्डियाना राज्यको इन्डियानापोलिस सहरमा सेप्टेम्बर २, २०१२ आईतबारका दिन सम्पन्न आन्मा/नासियाको आठौं सँयुक्त सम्मेलनमा अन्र्तराष्ट्रिय नेपाली साहित्य समाजले नेपाली कविता महोत्सबको आयोजना गरेको थियो । उक्त कार्यक्रम इण्डियानापोलिस सहरको सेराटन होटलमा भएको थियो । कार्यक्रमको सभापतित्व अन्र्तराष्ट्रिय नेपाली साहित्य समाजकी अध्यक्ष श्रीमती गीता खत्रीले गर्नु भएको थियो । कविता महोत्सबको प्रमुख अतिथिमा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदृ्त डा. शकर प्रसाद शर्मा हुनुहुन्थ्यो । अन्य अतिथिहरुमा आन्मा नासिया संयुक्त सम्मेलनका संयोजक श्री गोपेन्द्र भटराई, नासियाका अध्यक्ष डा. सन्जिब
सापकोटा, आन्माका अध्यक्ष श्री राजेन्द्र खतिवडा साथै पत्रकार गोबिन्द गिरी प्रेरणा हुनुहुन्थ्यो ।
  कार्यक्रम संयोजक तथा अनेसास इण्डियानापोलिस च्याप्टरकी अध्यक्ष श्रीमती राधा पौडेलले स्वागत मन्तव्य दिनु भएको थियो भने अनेसास केन्द्रीय कार्यसमितिको अध्यक्ष श्रीमती गीता खत्रीले धन्यवाद ज्ञापन गर्दै सभाको विर्सजने गर्नु भएको थियो । आन्मा∕नासिया आठौं संयुक्त सम्मेलनका संयोजक श्री गोपेन्द्र भटराईले शुभकामना मन्तव्य दिनु हुदैं नवौं सम्मेलनमा आफुपनि साहित्यमय नेपाली बोल्न सक्ने भएर आउने बाचा गर्नु भएको थियो । महामहिम राजदृ्त डा शंकर प्रसाद शर्माले प्रवासमा नेपाली भाषा, साहित्य, संस्कृति र कलाको सम्र्बधनको लागि अनेसास दिनरात खटिरहेको मैले देखिरहेको छु, यो सार्है सराहनीय कार्य हो भन्नु भएको थियो । प्रतियोगितात्मक कविताको मृ्ल्यांकन कर्ताहरुमा डा. गोविन्द कोइराला, श्रीमति भारती गौतम, र श्री प्रकाश नेपाल हुनुहुन्थ्यो । कविता सम्मेलनमा चार जना बालकविहरुले आ-आफ्नो कविता बाचन गरेका थिए भने प्रतियोगी र अप्रतियोगी गरेर १४ जना कविहरुको आ-आफ्नो कविता बाचन गर्नु भएको थियो ।हालसालै स्थापना भएका अनेसासको दुई नया च्याप्टर इण्डियानापोलिस र पेन्सिलभानिया च्याप्टरका अध्यक्षहरुलाई शुभकामना पनि दिइएको थियो । इण्डियानापोलिस च्याप्टरकी अध्यक्ष श्रीमती राधा पौडेल हुनुहुन्छ र पेन्सिलभानिया च्याप्टरकी अध्यक्ष श्रीमती कुन्ति थापा हुनुहुन्छ ।

पुरस्कार आयोजकहरुमा प्रथम पुरस्कार राधाकृष्ण साहित्य पुरस्कार श्रीमती राधा पौडेल, दोस्रो पुरस्कार अनेसास न्युयोर्क च्याप्टर  र कोलोराडो च्याप्टर, तेस्रो पुरस्कार श्री कृष्ण श्रेष्ठ, अध्यक्ष फ्लोरिडा च्याप्टर र चारओटा सान्त्वना पुरस्कार श्री प्रकाश नेपाल, अध्यक्ष डि.सी. मेट्रो च्याप्टरबाट भएको थियो ।  प्रतियोगितामा श्री हरिओम प्रधान, प्रथम, श्री उत्तम पौडेल, दोस्रो र श्री माधव अधिकारी तेस्रो हुनुभएको थियो । कविता बाचन गर्ने चारै जना बालकविहरुलाई नगद सान्त्वना पुरस्कार दिइएको थियो । नगद पुरस्कारकार प्रमुख अतिथि महामहिम राजदुतबाट प्रदान गरिएको थियो । स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम करिब तीन घण्टाजति चलेको थियो । कार्यक्रम सँचालन अनेसास ल्फोरिडा च्याप्टरको अध्यक्ष श्री कृष्ण श्रेष्ठले गर्नु भएको थियो ।



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक