20120917

अमेरिकामा बस्दै आएकी शान्ता राणाको जग्गालाई नक्कली शान्ता राणा खडागरी बिक्रि गरेको फेला परेपछि

पर्यटकीय नगरी पोखराको मुटु मानिने लेक साईडमा रहेको करोडौं मूल्य पर्ने जग्गाको नक्कली जग्गा धनी खडा गरी बिक्रि बितरण गर्ने एउटा गिरोहलाई प्रहरीले काठमाडौं र पोखरामा पक्राउ गरी कारवाही अगाडी बढाएको छ । हाल अमेरिकामा बस्दै आएकी शान्ता राणाको जग्गालाई नक्कली शान्ता राणा खडागरी बिक्रि गरेको फेला परेपछि प्रहरीले ती भूमाफियाहरुलाई कारवाही अगाडि बढाएको हो । भूमाफियाहरुले नुवाकोट घरभई कालिमाटीमा फुटपाथमा तरकारीको ब्यापार गर्दै आएकी आशा लामालाई नक्कली शान्ता राणा बनाएर लेकसाईडस्थित होटल प्याम्पल ट्रि नजिकै रहेको १४ आना जग्गा बिक्रि गरेको रहस्य खुलेपछि प्रहरीले उक्त काण्डमा संलग्न २२ जनालाई पक्राउ गरेको छ । ईश्वर कार्की र रामचन्द्र भण्डारीले नक्कली शान्ता राणा खडा गरी उक्त जग्गा कार्कीकी श्रीमती बविता कार्कीको नाममा पास गरेका थिए । कार्की र भण्डारीले लामालाई चितवन लगेर नक्कली नागरिता बनाउन लगाएको र उक्त जग्गामा उनको फोटो राखे वापत उनीहरुले लामालाई ५ लाख रुपियाा दिएको लामाले प्रहरीसागको बयानमा उल्लेख गरेकी छिन् । जग्गाको बढी कारोवार हुने ठाउा मध्येको एक पोखरामा भूमाफियाहरुले नक्कली जग्गा धनी खडा गरेर थुप्रै ब्यक्तिहरुलाई बिचल्लीमा पारेका छन् । कार्की, भण्डारी र मालपोत कार्यालय कास्कीका कर्मचारीहरुको मिलेमतोमा आशा लामालाई नक्कली शान्ता राणा बनाएर उक्त जग्गाको कारोवार गरेको हाल प्रहरीको हिराशतमा रहेकी लामाले जानकारी
दिइन् ।
प्रहरीका उच्च अधिकारीको संरक्षण रहेका कार्की र भण्डारीले अहिले लामालाई फसाउन प्रहरीका उच्च अधिकारीहरुको सहारा लिने प्रयास गरेको भएपनि जिल्ला प्रहरी कार्यालय कास्कीले २२ जना बिरुद्ध मुद्धा चलाउने तयारी गरिरहेको छ ।
मालपोत कार्यालयका कर्मचारी र भूमाफियाहरुले राजधानीमा फुटपाथमा बसेर ब्यवसाय गर्दै आएकी लामालाई ५लाख दिएर पोखरा लगेका र पोखरामा पनि मालपोत कार्यालयमा नलगी एउटा होटलमा लगेर लामालाई राखेपछि मालपोत कार्यालयका कर्मचारीले ढड्डा नै बोकेर होटलमा आएर लामाको फोटो टाासेर उक्त जग्गा कार्कीले आफ्नी श्रीमतीको नाममा पास गराएका थिए ।
भूमाफिया कार्की र भण्डारीले उक्त जग्गा ०६८ असोजमा कार्कीकी श्रीमती बविताको नाममा पास गरेर लिएको दुई महिना पछि पोखराकै चन्द्रबहादुर गुरुङ र निर्मल गौतमलाई १ करोड २५ लाख रुपियाामा बिक्रि गरेका थिए । अमेरिकामा बस्दै आएकी राणाले आफन्तलाई आफ्नो जग्गामा घर बनाइदिन भनेपछि आफन्तले जग्गा खोजी गर्दै जाादा भूमाफियाहरुले नक्कली ब्यक्ति खडागरी जग्गा बिक्रि गरेको थाहा पाएपछि उनीहरुले जग्गा खोजी गर्दै जाादा कार्की र भण्डारीले उक्त काम गरेको पत्ता लगाएपछि प्रहरीमा खवर गरेका थिए ।
प्रहरीले उक्त घटनामा संलग्न रहेकी लामा र उनकी छोरी सुष्मा लामालाई काठमाडौंबाट पक्राउ गरेपछि उक्त रहस्य खुलेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले पछिल्लो पटक जग्गा खरिद गर्ने गुरुङ र गौतमको खोजी गरीरहेको छ भने मालपोत कार्यालयका कर्मचारीहरु भने अहिले कारवाही परिने डरले एमाओवादीका स्थानीय नेताहरुलाई हारगुहार गरी रहेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक