सरकारले काठमाडौंको तीर्खा मेटाउने एक
मात्र आयोजनाका रुपमा हेरिएको मेलम्ची खानेपानी आयोजना निर्माण गर्ने
जिम्मा पाएको चिनियाँ कम्पनीसँगको निर्माण सम्झौता तोड्ने निर्णय गरेको छ । मेलम्ची खानेपानी विकास समितिको कार्यकारी
समितिको मंगलबार बसेको बैठकले आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको चाइना १५
रेल्वे ब्युरो कर्पोरेसनसँगको सम्झौता तोड्ने निर्णय गरेको हो । समितिका
कार्यकारी निर्देशक कृष्णप्रसाद आचार्य भन्नुभयो-’हामीले ठेक्का सम्झौता
तोड्ने सूचना दिएका छौं र जमानत वापतको रकम हाम्रो खातामा जम्मा गर्न भनेका
छौं ।’ सुधारका लागि दिएको सूचना अनुसार काम
नभएको र कम्पनी स्वयंमले ठेक्का तोड्ने घोषणा गर्दै सर्तहरु अघि सारेकाले
समिति ठेक्का तोड्ने निर्णयमा पुगेको उहाँले बताउनु भयो । ठेक्का पाएको
कम्पनीले हालै मात्र एकतर्फी रुपमा ठेक्का तोडेको घोषणा गरेको थियो ।
त्यसलगतै उसले आफ्नो केही सर्तहरु
पूरा भए पुनः काम गर्ने बताएको थियो ।
यसप्रति सरकारले ऋणदाता एसियाली विकास बैंक असुन्तष्ट थियो । पूर्व सम्झौता अनुसार सन् २०१३
डिसेम्बरसम्ममा कम्पनीले सुरुङ खनिसक्नु पर्ने हो । तर, अहिलेसम्म २१
किलोमिटरमध्ये साढे ६ किलोमिटर मात्र सुरुङ खनिएको छ । समितिका कार्यकारी
निर्देशक आचार्यका अनुसार अब चिनियाँ कम्पनीले एकसाताभित्र औजार र कागजहरु
सरकारलाई बुझाइसक्नुपर्छ ।अब मेलम्ची खानेपानी विकास समितिले नयाँ ठेक्काका लागि बोलपत्र आहृवान गर्नेछ । (नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)
Subscribe to:
Post Comments (Atom)
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक