20120925

काठमाडौंमा पानीको अझै हाँहाकार बढ्ने भयो, मेलम्चीको ठेक्का रद्ध, अब के हुने टुंगो छैन, मेलम्चीको सपना देख्दा देख्दै जाने भयो युग !

सरकारले काठमाडौंको तीर्खा मेटाउने एक मात्र आयोजनाका रुपमा हेरिएको मेलम्ची खानेपानी आयोजना निर्माण गर्ने जिम्मा पाएको चिनियाँ कम्पनीसँगको निर्माण सम्झौता तोड्ने निर्णय गरेको छ । मेलम्ची खानेपानी विकास समितिको कार्यकारी समितिको मंगलबार बसेको बैठकले आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको चाइना १५ रेल्वे ब्युरो कर्पोरेसनसँगको सम्झौता तोड्ने निर्णय गरेको हो । समितिका कार्यकारी निर्देशक कृष्णप्रसाद आचार्य भन्नुभयो-’हामीले ठेक्का सम्झौता तोड्ने सूचना दिएका छौं र जमानत वापतको रकम हाम्रो खातामा जम्मा गर्न भनेका छौं ।’ सुधारका लागि दिएको सूचना अनुसार काम नभएको र कम्पनी स्वयंमले ठेक्का तोड्ने घोषणा गर्दै सर्तहरु अघि सारेकाले समिति ठेक्का तोड्ने निर्णयमा पुगेको उहाँले बताउनु भयो । ठेक्का पाएको कम्पनीले हालै मात्र एकतर्फी रुपमा ठेक्का तोडेको घोषणा गरेको थियो । त्यसलगतै उसले आफ्नो केही सर्तहरु
पूरा भए पुनः काम गर्ने बताएको थियो । यसप्रति सरकारले ऋणदाता एसियाली विकास बैंक असुन्तष्ट थियो । पूर्व सम्झौता अनुसार सन् २०१३ डिसेम्बरसम्ममा कम्पनीले सुरुङ खनिसक्नु पर्ने हो । तर, अहिलेसम्म २१ किलोमिटरमध्ये साढे ६ किलोमिटर मात्र सुरुङ खनिएको छ । समितिका कार्यकारी निर्देशक आचार्यका अनुसार अब चिनियाँ कम्पनीले एकसाताभित्र औजार र कागजहरु सरकारलाई बुझाइसक्नुपर्छ ।अब मेलम्ची खानेपानी विकास समितिले नयाँ ठेक्काका लागि बोलपत्र आहृवान गर्नेछ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक