20121014

‘पुष्पकमल दाहालले शेरबहादुर देउवा, रामचन्द्र पौडेल, केपी ओली, झलनाथ खनाल र मलाई समेत प्रधानमन्त्री बनाउने ‘ललिपप’ बाँडेको छन् ।’ : कांग्रेस सभापति सुशील कोइराला

कांग्रेस सभापति सुशील कोइरालाले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेका प्रमुख नेताहरुलाई प्रधानमन्त्री बनाउने भनेर ‘ललिपप’ बाँडेको आरोप लगाएका छन् । गृह जिल्ला बाँकेमा नेपाल प्रेस युनियनले आज आयोजिना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘पुष्पकमल दाहालले शेरबहादुर देउवा, रामचन्द्र पौडेल, केपी ओली, झलनाथ खनाल र मलाई समेत प्रधानमन्त्री बनाउने ‘ललिपप’ बाँडेको छन् ।’ दाहालको सोही व्यवहारका कारण दलहरुका बीच विवाद झन् लम्बिने गरेको उनले बताए । ‘कांग्रेस कसैको चालमा फस्दैन,’ उनले भने, ‘कांग्रेस भित्र प्रधानमन्त्री को बन्ने विषय अरुले भन्ने होइन ।’ उनले कांग्रेस भित्र नयाँ निर्वाचनमा जाने कुरामा कुनै विवाद नरहेको पनि स्पष्ट पारे । संविधानसभाको पुनःस्थापनामा अलमल्याएर एमाओवादी सत्ता लम्ब्याउने
खेलमा लागेको बताएका कोइरालाले कुनै पनि हालतमा संविधानसभा पुनःस्थापना नहुने बताए । आधिकारिक निर्णय हुनुभन्दा पहिले सबै आ–आफ्नो निजी धारणा राख्ने स्वतन्त्र रहेको भन्दै सभापति कोइरालाले भने, ‘आधिकारीक निर्णय भैसकेपछि सबै एक ढिक्का भएर लाग्छौं ।’ एमाओवादी माथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट दवाव श्रृजना गरेर सहमतिका लागि बाध्य पार्न विभिन्न अभियान चलाउनु जरुरी रहेको उनको भनाई थियो । ‘एमाओवादीले देशका राष्ट्रपतिलाई कांग्रेसको राष्ट्रपति मात्रै भनेर प्रचार गरेको छ,’ उनले भने, ‘साझा राष्ट्रपतिलाई एक दलमा सीमित पार्न खोज्नु हुँदैन ।’ उनले राष्ट्रपतिले कांग्रेसको अनुहार भन्दा देशको संविधानभित्र रहेर कदम चाल्नु पर्ने बताए ।
‘एमाओवादीको हालसम्मको व्यवहार र आचरणले गर्दा अविश्वासको संकट दिनदिनै बढ्दै गएको छ,’ उनले भने, ‘एमाओवादीलाई विश्वास गर्ने आधारहरु समाप्त हुँदै गएका छन् ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक