20121018

माओवादी फेरी खतरनाक खेल खेल्दै, राष्ट्रपतिले आफुले भनेको नमाने पछी राष्ट्रपती नै हटाउने तयारीमा, प्रचण्डले भने अब राष्ट्रपतिको चुनाव गरौँ ! निरीह एमाले कङ्रेसले अझै बुझेनन !!


माओवादीले संविधान घोषणा नगरी ताजा जनादेशमा जाने भए राष्ट्रपतिको पनि निर्वाचन गर्ने प्रस्ताव गरेको छ । विपक्षी कांग्रेस-एमालेले संविधानसभा पुनःस्थापनाको विकल्प अस्वीकार गरेपछि माओवादीले राष्ट्रपतिको पनि निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेको हो । कांग्रेस सभापति सुशील कोइरालासहितका शीर्ष नेताहरुसँग बिहीबार भएको भेटमा माओवादी अध्यक्ष प्रचण्डले नयाँ चुनावमा गए वर्तमान राष्ट्रपतिले संविधान जारी नभएसम्म निरन्तारता पाउने भन्ने भ्रम रहेको भन्दै संबिधानसभाको चुनावपछि संसदले राष्ट्रपतिको नयाँ चुनाव गर्नु पर्ने बताउनु भयो । ‘संविधान नबनाई चुनावमा जाँदा राष्ट्रपति भने रहन्छ भन्ने भ्रम केहीमा छ’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका माओवादी नेता देवेन्द्र पौडेलले अनलाइनखबरसँग भन्नुभयो-’नयाँ चुनावको
घोषणासँगै उहाँको कार्यकाल स्वतः समाप्त हुन्छ । त्यसपछि संविधानसभा/संसदबाट नयाँ राष्ट्रपति चयन गर्नुपर्छ ।’ पछिल्ला दिनमा राष्ट्रपति पुर्नस्थापनाको बिपक्षमा उभिनुको भित्री कारण नयाँ चुनावमा गए अर्को कार्यकाल पनि निरन्तरता पाइन्छ भन्ने भ्रम रहेको माओवादीको बुझाई छ । नयाँ चुनावमा जाने भएपछि सवै निकायको नयाँ चुनाव हुनुपर्ने प्रचण्डको प्रस्ताव थियो । प्रचण्डले संविधानसभा पुनःस्थापना गरेर यही सरकारले नयाँ संविधान जारी गर्ने र चुनावी सरकारको नेतृत्व कांग्रेसलाई दिने प्रस्ताव गर्नुभएको छ । नयाँ संबिधान जारी नभएसम्म सरकारको नेतृत्व नछाड्ने प्रष्टपार्दै प्रचण्डले संविधान जारी नभई चुनावमा जाने हो भने यही सरकारलाई राष्ट्रिय सहमतिको बनाएर चुनावमा जान प्रस्ताव गर्नुभएको छ । ‘राष्ट्रिय सहमति सबैभन्दा ठूलो पार्टीको नेतृत्वमा हुनुपर्छ । फेरि सरकारको नेतृत्व बदल्ने भन्ने कुराले फाइदा गर्दैन’ भेटपछि प्रचण्डले भन्नुभयो-’संविधानमा सहमति गरौं, नेपाली कांग्रेसको नेतृत्वमा सहमतिको सरकार बनाउँ । अहिले संविधानमा सहमति हुन सक्दैन र अर्को संविधानसभाकै निर्वाचनमा जाने हो भने माओवादीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउुनपर्छ भन्ने प्रस्ताव राख्यौं ।’ नयाँ चुनावमा जान माओवादी नडराएको भन्दै प्रचण्डले संविधान पनि जारी नहुने र सरकारको नेतृत्व पनि कांग्रेसलाई दिनुपर्ने सर्त माओवादीलाई मान्य नहुने बताउनु भयो । सहमति भएका बिषयलाई समेटेर संबिधान जारी गर्ने र नमिलेका बिषय नयाँ चुनावबाट मिलाउने बिकल्प मुलुकका लागि सुरक्षित हुने उहाँको भनाई थियो ।
भेटमा सभापति कोइरालाले भने ताजा जनादेशमा जानु पर्नेमा जोड दिनु भएको छ । उहाँले आफैले घोषणा गरेको निर्वाचन गर्न नसक्ने वर्तमान सरकारलाई राष्ट्रिय स्वरुप दिन नसक्ने भन्दै पहिले सरकार हट्नु पर्नेमा जोड दिनुभएको छ । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले भन्नुभयो-’नयाँ राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रधानमन्त्रीले मार्गप्रसस्त गर्नुपर्छ । र, प्रमुख राजनीतिक दलहरु बसेर छिट्टै राजनीतिक सहमति गर्नुपर्छ ।’ कांग्रेस सभापति कोइराला पुनःस्थापनाका बिपक्षमा भएपनि बरिष्ठ नेता शेरबहादुर देउवा र संसदीय दलका नेता रामचन्द्र पौडेल भने संविधानसभा पुनःस्थापनाका पक्षमा छन् । नयाँ चुनावमा जानका लागि संविधान संशोधन गर्नुपर्ने भएकाले त्यसका लागि पनि पुनःस्थापना हुनुपर्ने दुई नेताको तर्क छ । माओवादीले पनि पछिल्ला दिनमा पुनःस्थापनालाई जोड दिइरहेको छ ।
कांग्रेसका केन्द्रीय सदस्य प्रकाशसरण महतले एमाओवादीको सत्ता कब्जाको रणनीतिमा राष्ट्रपति बाधक बनेकाले राष्ट्रपतीय निर्वाचनको कुरा उठाएको आरोप लगाएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले सत्ताकब्जाको बाधा हटाउन एमाओवादीले राष्ट्रपतिको नयाँ निर्वाचनको कुरा गरेको दाबी गरे । ‘राष्ट्रपति सत्ताकब्जामा बाधक भए पछि एमाओवादीले षडयन्त्र थालेको छ,’ उनले भने, ‘एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सोंचे जस्तो केही पनि हुन सक्दैन ।’
एमाओवादी अध्यक्ष दाहालले कांग्रेस नेताहरुसँगको भेटमा राष्ट्रपतीय निर्वाचनमा जान प्रस्ताव गरे पछि विरोध हुन शुरु भएको छ ।
संविधानका विवादित विषयमा सहमति बन्ने सम्भावना एकदमै न्यून रहेकाले संविधानसभा पुनःस्थापना भन्दा निर्वाचन नै अहिलेको गतिरोध अन्त्यको उपयूक्त विकल्प भएको उनको भनाई छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक