20121020

बिदेशको दशैँ के दशैं ?? - रामप्रसाद खनाल

बिदेशको दशैँ के दशैं ??
न आमा बाउ छन साथ
न दिदी बहिनी दाजुभाइ !
न अन्य परिवार जन
केबल घडीको सुइ मात्र छ साथ !
जमरा र टिका मा होइन
काम मा मात्र छ हात
मावली, ससुराली, आफन्त जन
सबैले पराइ ठान्न थाले होलान
साथीभाइ इस्ट मित्र झन टाढा
जिन्दगी खै कस्तो जिन्दगी !?
आँखा खोले देखी नचिम्ले सम्म
यस्तै न होकी जिन्दगी !?
अब त हुँदा हुँदा भइयो लाहुरे
अमेरिकाको लाहुरे, बस्तबमा बन्धकी !!
जे जस्तै परे पनि गर्नै पर्ने रहेछ सामना
औपचारिकता नै सहि के भनौँ त अब
बिजया दशमीको हार्दिक शुभकामना !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक