(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20121007

‘कुरा त ६ वर्ष देखि गर्दै आएको हो, यस अवधिमा कति सहमति सम्झौता भयो खै कार्यान्वयन भएको ?’ : सुशिल कोइराला

नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले एकिकृत माओबादीले छलछामको मात्र राजनीति गरेकोले मुलुक अहिलेको अप्ठेरो अवस्थामा पुगेको बताउनु भएको छ । माओबादीले धोका दिने र ढााटछल गर्ने कामलाई अबपनि निरन्तरता दिए ऊ बढारीनेछ भन्दै उहााले इमान्दारीताका साथ प्रस्तुत हुन आग्रह गर्नुभयो । नेपाली कांग्रेसले मुलुकमा विद्यमान समस्या शान्तिपुर्ण रुपमा समाधान होस भन्ने चाहेकोले एमाओबादीलाई पटक–पटक सम्झाई राखेको सभापति कोइरालाले बताउनुभयो । एमाओवादीका अध्यक्ष प्रचण्डले कुरा गर्दा अहिले नै समस्या समाधान गरौंला झैं गर्ने तर कार्यान्वयन केहि नगर्ने गरेको समेत बताउनुभयो । प्रचण्डलाई शुक्रबारको भेटमा पनि इमान्दारीताका साथ प्रस्तुत हुन आग्रह गरेको उहााको भनाई थियो । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर– ८ को क्षेत्रिय भेला उद्घाटन गर्दै शनिवार सभापति कोइरालाले भन्नुभयो– ‘माओबादी बाधा अड्चन गर्दै जान्छ भने अब बढारिन्छ ।’ अहिले सम्मको भए गरेका सम्झौता कार्यान्वयन गर्न माओबादीलाई गरिएको आग्रहलाई कमजोरी ठाने यसको परिणाम नराम्रो हुने उहााको भनाई थियो । ‘हिजो (शुक्रवार) पनि एमाओबादी अध्यक्ष प्रचण्ड अब मिल्नुपर्छ कुरा गरौं भन्दै आएका थिए’ कोइरालाले भन्नुभयो– प्रचण्ड कुरा मात्र गरौं भन्छन्, कति कुरा मात्र गर्ने, अब भएगरेका कुराहरुको कार्यान्वयमा जानुपर्छ ।  ‘प्रचण्ड कुरा गर्दा अत्यन्त फरासिलो गर्नुहुन्छ । तर कार्यान्वयन केहि गर्नु हुन्न’ कोइरालाले भन्नुभयो– ‘कुरा त ६ वर्ष देखि गर्दै आएको हो, यस अवधिमा कति सहमति सम्झौता भयो खै कार्यान्वयन भएको ?’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________