(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20121009

नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यकी ५६ बर्षीय पत्नी सुष्मा पोखरेल कक्षा ७ मा पढ्दै

काठमाण्डौं । एक ५६ बर्षकी गृहिणी हरेक विहान साढे नौ बजे झोला बोकेर घरबाट निस्किन्छिन् । उनलाई नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यकी पत्नी भनेर चिन्नेहरुले ठान्लान् पार्टी कामको चटारोमा दौडिएकी होलिन् । तर, यतिबेला उनी हान्निदै हुन्छिन् स्कूलतिर । आमगृहिणी एवं नेता-पत्नीहरुको भन्दा विल्कुलै फरक जीवनशैली छ सुष्मा पोखरेलको । उनी गृहिणी मात्रै नभएर एक स्कुले विद्यार्थी पनि हुन् । घर व्यवहार र पढाइलाई सँगसँगै अगाडी बढाउन सजिलो छैन् । ‘लौ आज मिसले पिट्नु हुने भो, होमवर्क नै सकेको छैन् । बिहान अलि सवेरै उठ्नुपर्ने रै’छ । आज घरमा अलि धेरै भेट्न मान्छे आए, खाना, खाजा गर्दा पढ्ने समय नै पुगेन ।’ घरबाट निस्किएपछिको करिव २० मिनेट हिँडाइएमा उनको मनमा यस्तै तर्कना खेलिरहेका हुन्छन् । उमेरले
गुरुआमाभन्दा जेठी सुष्मालाई विद्यार्थी बनेर नातिनी उमेरका नानीहरुकै लहरमा मिसिन कुनै संकोच लाग्दैन् । उनी पढ्ने गोंगबुस्थित चेतना महिला माध्यमिक विद्यालय मुल सडकबाट देब्रेतर्फ करिब २ सय मिटर भित्री बाटो छ । टिनको छानो भएको एउटा कोठामा १३/१४ बर्षका १०/१२ जना छात्रा हुन्छन् । यो हो कक्षा सात । सुष्माको सिटचाँही देव्रेतिरको अघिल्लो बेन्च रहेछ। कक्षाकोठामा पुग्नासाथ झालामा मिलाएर राखेको किताब कापी अनि कलम निकाल्छिन् । पावरदार चस्मा आँखामा भिर्छिन् । आडैकी किशोरी साथीलाई कानमा सुटुक्क सोध्छिन्, आजको पाठ कुन रे ‘ पाको भइसकेको दिमागले सायद सजिलै सम्झदैन् क्यारे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________