20121003

उनासी बर्षका दाँत फुक्लेका हजुर बा लाई बिहे गर्न मन लागेपछी पोखरामा यस्तो पनि भयो !

 - मानबहादुर गुरुङ, उमेर ७९ वर्ष।
-  यमश्री गुरुङ उमेर ६० वर्ष।
 दुवैको तालबराही मन्दिरमा आईतबार धार्मिक विधी अनुसार विवाह भयो। एकल जीवन विताईरहेका दुवैलाई छोराबुहारीले जोडी मिलाईदिए। छोराले वावुको विवाह हेर्न हुदैन् भन्ने धार्मिक विश्वास छ। तर कास्की ढिकुरपोखरी गाविसका ४९ वर्षिय कुलबहादुर गुरुङ(कुलु)ले आफनै चार बीस एक कम उमेरका बावुको घरजम बसाए। डेढवर्ष अघिमात्रै आमा गुमाएका कुलुले रुपाकोट९ मोहिरयाकी ६० वर्षिया यमश्रीलाई वुवाको धर्मपत्नी बनाई घर भित्रयाए। घरपरिवारसागै आफन्तजन विवाहमा सरिक थिए। मन्दिरमा विधि पुर्वक विवाह हुदाा मन्दिर पुग्ने सर्वसाधारण पनि बुढेसकालमा विवाह गरेको देखेर छक्क र दंग
बने। विवाह समारोहमा राप्रपा कास्कीका अध्यक्ष जेवी कुावर, पुर्व जिविस सभापति कमलमान गुरुङ, स्थानीय समाजसेवी सन्तबहादुर गुरुङ, कास्की जिल्ला फुटबल संघका अध्यक्ष खेमबहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो। मानबहादुर व्रिटिस आर्मीबाट रिटार्यड हुन्। विगत १४ वर्षदेखि हङकङ बस्दै आएका थिए। पहिलो श्रीमतीलाई हङकङमै गुमाएपछि एकल बनेका मानबहादुरलाई तीसवर्षदेखि एकल जीवन विताईरहेकी यमश्रीसाग दोस्रो विवाह जुरेको थियो। यमश्री पनि अघिल्लो श्रीमानसित सम्बन्ध विच्छेद गरी माईतमा बस्दै आएकी थिईन्। दुई नाति एक नातिनीका हजुरबा हुन मानबहादुर। पेन्सन आएपछि मानबहादुर लामो समयसम्म लुम्ले कृषि अनुसन्धान केन्द्रमा जेटिए रुपमा कार्यरत थिए। उमेरको हदबन्दीपछि जेटिएको नोकर छोडेपछि मानबहादुर हङकङमा बस्नै आएका थिए।

‘अर्को डोला चढ्ने उमेरमा विवाहको डोलामा चढ्नुपर्‍यो।’ मानबहादुर विवाहपछि भन्दै थिए‘छोरा बुहारीले विहे गरिदिए। अर्को विहे गर्दिन भन्दा भन्दै मन्दिरमा विवाहको चााजोपााजो मिलायो।’ विवाह उमेरले छेक्दैन् भन्ने भनाईलाई पनि उनको विवाहले छर्लङ पारिदिएको छ। जोडी पहिलेदेखि नै बनेको हुन्छ भन्ने धार्मिक विश्वास अनुसार एकल जीवन विताईरहेका उनीहरुको विवाहले जीवनमा नयाा उमंग थपिदिएको छ। कुलु गाउा पञ्चायतका उपप्रधानपन्च समेत हुन् र अहिले राप्रपाका क्षेत्र नं ४ का सभापति हुन्।

बुढेसकालमा सुखदुखको गफ र सहारा समेत बन्दा पारिवार मात्रै नभई छरछिमेक अनि ईष्टमित्र समेत खुशीमा सहभागि बनेका छन्। ‘हामी छौं भन्ने मात्र हो। तर सुखदुखका कुरा सुनिदिने हुदैन नि।’ बुहारी स्यानु कुलु गुरुङले भनिन‘त्यसैले यो उमेरमा भएपनि बावुको विवाह गरी घरजम बसाईदिएका हौं।’

मानबहादुर १९५५ मा बेलायती सेनामा भर्ती भएर पेन्सनमा आएपछि गाउा विकासको लागि खटिएका थिए। ढिकुरपोखरी गाविसको माछापुच्छ्रे उच्चमाविको पुर्व अध्यक्ष, धारापानी माविको संस्थापक हुन्। पाउादुरकोट प्रावि स्थापनापछि चौरमा पठन पाठन हुने गरेको देखेपछि उनकै पहलमा विद्यालयको भौतिक पुर्वाधार निर्माण भएको थियो। धार्मिकदेखि विकास निर्माणमा सदैव सक्रिय रहने उनी पञ्चायती समयमा वडाध्यक्षदेखि जिल्ला विकास समिति कास्कीको सदस्य समेत रहेका थिए। ‘अरुलाई पनि प्रेरणा मिलोस भन्ने उद्देश्यले दिदीको विवाह गराईदिएका हौं।’ नवदुलहीका भाइ पुर्व फिफा रेफ्री समेत रहेका बुद्धि गुरुङले भने‘एकल जीवन विताउनुभएको थियो। भावना मिल्यो। सबैको सहयोगमा विवाह सम्पन्न गरिदियौं।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक