20121002

डिभी को आवेदन सुरु : आज राति पौने १० बजेबाट सुरु हुने डीभी आवेदनको अन्तिम म्याद आगामी कात्तिक १८ गते राति पौने १० बजे बन्द हुने


  अमेरिकी राजदूतावासले सन् २०१४ मा अमेरिका लैजाने गरेर आजबाट डिभी को आवेदन सुचारु गर्ने तयारी गरेको छ । आज राति पौने १० बजेबाट सुरु हुने डीभी आवेदनको अन्तिम म्याद आगामी कात्तिक १८ गते राति पौने १० बजेनै बन्द हुने दूतावासले जनाएको छ । तपाँई आफै डिभी भर्न चाहनुहुन्छ भने आज राति पौने १० बजेपछि यो लिङ्कमा क्लिक गर्नुहोस । डिभी चिट्ठामा सहभागी हुन कुनै शुल्क नलाग्ने र आवदेकहरूले डिभी २०१४ डाइभर्सिटी भिसा चिठ्ठाका लागि आवेदन इलेक्ट्रोनिक माध्यमद्वारा दर्ता अवधिभित्र पेस गरिसक्नुपर्ने छ । भिसाका लागि योग्य हुन डिभी विजेताहरूले कम्तीमा बाह्र कक्षा बराबरको औपचारिक शिक्षा हासिल गरेको हुनुपर्ने र उच्च शिक्षाका कुनै पनि संस्थानमा कुनै पनि विषय पढ्न पाउने गरी नेपाल सरकारले मान्यता दिएका सीटीईभीटीलगायतका व्यावसायिक डिग्रीलाई मात्र औपचारिक शिक्षा सरहको मान्यता दिइने जनाइएको छ । सीमित उच्च शैक्षिक कार्यक्रममा मात्र सहभागी हुन पाउने खालका व्यावसायिक डिग्रीलाइबाह्र वर्षे औपचारिक शिक्षा सरहको मान्यता नदिइने पनि दूतावासले विज्ञप्तिमा मार्फत जानकारी दिएको छ । दूतावासले डिभी पर्दैमा ढुक्कसाथ अमेरिका गहिहाल्न नपाइने जनाउदै आफ्नो भिन्नै नीतिको भने सहभागिले पालना गर्नुपर्ने बताएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक