20121011

दौरा सुरुवाल ढाका टोपी साथै गुन्यू चोलीमा सजिएर कलाकार टोली चन्द्र सुर्य अंकित नेपालको राष्ट्रिय झण्डा बोकेर जब स्टेजमा उक्लन्छन्

- रामचन्द्र कोइराला
दौरा सुरुवाल ढाका टोपी साथै गुन्यू चोलीमा सजिएर कलाकार टोली चन्द्र सुर्य अंकित नेपालको राष्ट्रिय झण्डा बोकेर जब स्टेजमा उक्लन्छन् तब दशौं हजार दर्शकको तालीको गडगडाहटबाट सम्मान पाउ“छन् तब नेपाली भएकोमा आफूहरुलाई गौरवान्वित ठान्दछन् । यो दृश्य हालै पोल्यण्डमा आयोजना गरेको International Folk Festival को हो । १५ राष्ट्रको सहभागीतामा मेलामा नेपालको तर्फबाट   Everest Nepal Cultural Group ले भाग लिएको थियो र प्रबन्ध निर्देशक रामचन्द्र कोइरालाको नेतृत्वमा गएको टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने प्रस्तुती प्रस्तुत गरी नेपाल फर्कियो । एभरेष्ट नेपाल कल्चरल गु्रपका वरिष्ठ नृत्य निर्देशक अष्टमाया कोइराला -मिना) तथा नृत्य निर्देशक मनि धन राईले नृत्य निर्देशन
गर्नु भएको थियो । सो Festival सितार, झ्याउरे, धिमाल, झीझिया, तामाङ, झोडा, झुम्रा, यक यति, मारुनी साथै २० भन्दा बढी नृत्य पर््रदर्शन गरिएको थियो । उक्त अवसरमा Everest Nepal Cultural Group का प्रबन्ध निर्देशक श्री रामचन्द्र कोइरालाले आगन्तुक माहानुभाव तथा कार्यक्रम आयोजकहरुस“ग भेटि नेपाली संस्कृतिका बारेमा चाखलाग्दा कुराहरु गरी नेपाललाई एक बहु सांस्कृतिक समूदायको राष्ट्र भनि चिनारी गराउनु भएको थियो र सोही अवसरमा प्रबन्ध निर्देशक कोइरालाले नेपालमा सांस्कृतिक पर्यटन पर््रबर्द्धन गर्न सकिने र भविष्यमा यस सम्बन्धी विशेष कार्यक्रम सरकारी तथा गैर सरकारी निकायहरुको सहयोगमा गर्न सकिने कुरा बताउनु भयो । साथै Everest Nepal Cultural Group ले हालै कोरियामा सम्पन्न  Cheonan World Dance festival मा पनि सहभागिताजनाएको थियो ।








No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक