(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20121027

अमेरिकामा काठमाडौं ताहाचलका सुजन शाक्यको गोली हानी हत्या, अर्का गोली लागि घाइते भएका ललितपुर गावाहालका रोजिन मुल्मीको अमेरिकामै उपचार हुँदै !


काठमाडौं ताहाचलका सुजन शाक्यको अमेरिकामा हत्या भएको छ भने अर्का एक नेपाली गम्भीर घाइते भएका छन् । अमेरिकाको अलबामा राज्यको मोवाइल भन्ने ठाउँमा ग्यास स्टेशनमा काम गर्ने २५ वर्षिय सुजन शाक्यको नचिनेका मान्छेको समूहले गोली हानी हत्या गरेको उहाँका दाजु सुदीप शाक्यले जानकारी दिनुभयो । अर्का गोली लागि घाइते भएका ललितपुर गावाहालका रोजिन मुल्मीको अमेरिकामै उपचार भइरहेको छ । ग्यास स्टेशन को विजुलीको लाइन काटेर आक्रमण भएको सुदीपले जानकारी दिनुभयो । लुटेराहरुले उहाँहरुको साथमा रहेको २ हजार अमेरिकी डलर पनि लुटेर लगेका छन् । डिभी परेर अमेरिका पुगेका सुजन साढे २ वर्षदेखि अमेरिकामा बस्दै आउनु भएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक