20121027

नेपाली मूलका -नेपाली अमेरिकन सैनिक सरलकुमार श्रेष्ठ अमेरिकाको वाशिंगटन डिसीमा एक भब्य कार्यक्रममा ‘बर्ष २०१२ को सैनिक ‘ पुरस्कार द्वारा सम्मानित

नेपाली मूलका -नेपाली अमेरिकन सैनिक सरलकुमार श्रेष्ठ अमेरिकाको वाशिंगटन डिसीमा एक भब्य कार्यक्रममा ‘बर्ष २०१२ को सैनिक ‘ पुरस्कार द्वारा सम्मानित भएका छन । अमेरिकन सैनिक पुरस्कार समारोहमा उक्त घोषणा अमेरिकन सैनिक समाचार सेवाद्वारा जनाईएको छ । उच्च शिक्षाको लागि १७ बर्षको
कलिलो उमेरमा २००६ मा सयुक्त राज्य अमेरिका आएका श्रेष्ठ सन् २००९ मा अमेरिकन सेनामा प्रवेश गरेका थिए । श्रेष्ठ कम्प्युटर तथा सूचना बिज्ञान संजालमा स्नातक तथा बिधुत उत्पादन उपकरणका प्राबिधिक पनि हुन् । अमेरिकाको बिशेष सैनिक दलको फोर्ट ब्राग ( Fort Bragg ) उत्तर क्यारोलिनामा कार्यरत तथा दरबन्दी रहेको छ । अमेरिकी सेनामा तीन बर्ष अफगानस्थानमा आफ्नो जिम्मेबार पुरा गरि अमेरिका फर्केका छन् भने आफ्नो सफलताको लागि उनकी धर्मपत्नी एलिशा रहको बताएका छन् । सरल कुमार श्रेष्ठ,डा रमेशकुमार श्रेष्ठका कान्छा सुपुत्र हुन् र यी काठमाडौँ नक्साल निवाशी हुन् । सरल आफ्नी धर्मपत्नीका साथ पूर्ण सैनिक पोसाकको साथ नेपाली राजदूताबास, वाशिंगटन डिसीमा भ्रमण गरेका थिए र नेपाली दूताबासका उपनियोग प्रमुख अर्जुनकान्त मैनाली तथा अन्य दूतावास परिवारले भब्य स्वागत गरेका थिए ।







No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक