20121026

आतंकवादीलाई चेतावनी दिँदै अमेरिकाले तेस्रो विश्वयुद्ध जमिनमा नभएर इन्टरनेट (साइबर स्पेस) मा हुने बतायो !

अमेरिकाले तेस्रो विश्वयुद्ध जमिनमा नभएर इन्टरनेट (साइबर स्पेस) मा हुने जनाएको छ । यसबाट जनभन्दा पनि धन र स्रोतको क्षति यसअघिका विश्वयुद्धहरूमा भन्दा निकै ठूलो हुनेछ । अमेरिकी रक्षामन्त्री लियोन प्नेटाले आक्रमणकारीले बैंक तथा वित्तीय संस्थालाई निसाना बनाउन थालेकाले भविष्यमा युद्धको मैदान साइबर स्पेस हुने बताएका छन् । आतंकवादीले पावर गि्रड र सरकारी प्रणालीलाई नष्ट गर्ने क्षमता विकसित गरिरहेको उनले बताए । सबभन्दा बढी सैन्य प्रतिष्ठान भएको अमेरिकाको भर्जिनिया सहरको नोरफोकको एक कार्यक्रममा उनले यो ताजा धारणा सार्वजनिक गरेका हुन् । उनले मुलुकको अगाडि साइबर स्पेसको रूपमा युद्धको नयाँ चुनौती तेर्सिएको बताए । 'यतातिर ध्यान दिनु आवश्यक छ किनकि भविष्यको युद्ध साइबर स्पेसमा हुनेछ,' उनले भने । शंकास्पद इरानी हयाकरले त्यहाँको वित्तीय संस्थानमा लगातार आक्रमण गरिरहेका छन् । आफूले यो वक्तव्य दिइरहेको बेला पनिअमेरिकामा साइबर आक्रमण जारी रहेको उनले बताए । प्नेटाले यो क्रममा कसैको नाम लिएका छैनन् । साइबर स्पेसमाथिको आक्रमण पत्ता लगाउनलाई अमेरिकाले साइबर फोरेनसिकमा उल्लेखनीय लगानी गरिरहेको उनले बताए । 'हामी उनीहरूलाई समाउन र कानुनी दायरामा ल्याउन सक्षम छौं,' उनले साइबर आतंकवादीलाई चेतावनी दिँदै भने ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक