(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20121006

माओवादीले सिकाएको अपहरण शैली अरुले पनि सिकेपछी : दाजु/भाईबीच लेनदेनमा कुरा नमिले पछि दाईले आफ्नै भाईको अहरण गराए

काठमाडौंमा दाजु/भाईबीच लेनदेनमा कुरा नमिले पछि दाईले आफ्नै भाईको अहरण गराएका छन् । काठमाडौं महानगरपालिका–३५, कोटेश्वरबाट अपहरित किराना व्यवसायी भुवन केसीलाई प्रहरीले सकुशल उद्धार गरेको जनाएको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा–७ घर भई हाल काठमाडौं जोरपाटी–४, नारायणटार बस्ने कृष्ण घिसिङको कोठाबाट केसीलाई अपहरण मुक्त गरिएको हो । भक्तपुरको गठ्ठाघर बस्ने एलबी मोक्तानलगायतको समूहले १९ वर्षीय केसीलाई अपहरण गरेका हुन् । दोलखा जिल्ला स्थायी घर भएका केसीलाई शुक्रबार बेलुका मोक्तानको समूहले अपहरण गरेको थियो । अपहरणमा संलग्न सिन्धुपाल्चोक जिल्ला चौतारा–७ बस्ने ३७ वर्षीय भीमबहादुर तामाङ र कृष्ण घिसिङसहित ५ जना पक्राउ परेको प्रहरीले जनाएको छ । दाई राजकुमार
केसीसँगको लेनदेनको विषयलाई लिएर केसीलाई ट्याक्सीमा जवरजस्ती बसालेर अपहरण गरेको सूचना पाए लगत्तै प्रहरीले खोजतलास गरेको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________