20121029

साउदी अरब पाँचजना साथीको करिब चार लाख नेपाली रूपैयाँ ठगी गरेर एक नेपाली फरार

रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दी पुलाचौर-५ चिप्लेटीका बाबुराम खत्रीलगायत उनका पाँचजना साथीको करिब चार लाख नेपाली रूपैयाँ ठगी गरेर एक नेपाली फरार भएका छन् । साउदी अरबको जुबेल सहरस्थित बिसिइजी रोयल कम्प्लेक्स कम्पनीमा काम गर्दै आएका खत्रीलगायतका ६ जनालाई आफ्नै रुमपार्टनर धादिङ गजुरीका करिब ४२ वर्षीय जलविक्रम मल्लले ठगी गरेका हुन् । उक्त कम्पनीमा कार्यरत म्याग्दीका खत्रीलगायत रोल्पाका सूर्यबहादुर घर्ती मगर र टीकाराम पुन, रुकुमका कृष्ण कुँवर, दाङका विक्रम कुँवर गरी पाँचजनाको ३/३ हजार रियल र रुकुमका मान रावलको दुई हजार ९०० रियल गरी कुल १७ हजार ९०० रियल अर्थात नेपाली करिब रु चार लाख रकम लिएर मल्ल फरार भएको पीडित बाबुराम खत्रीले टेलिफोनमार्फत जानकारी दिनुभयो । नेपालबाट काम गर्ने भनेर गएको कम्पनीमा राम्रो कमाई नभएपछि उनीहरु अवैधानिकरुपमा बिसिइजी कम्पनीमा काम गर्दै आएका थिए । लुकेर काम गर्दा आफ्नो कुनै परिचय खुल्ने प्रमाण नभएको र रुमपार्टनर मल्लले आफ्नो साथीको नामबाट घरमा पैसा पठाइदिन्छु भनेपछि उनीहरु सबैले दसैँखर्चस्वरुप जनही करिब ३/३ हजार रियलको दरले पैसा दिएका थिए । पैसा दिएको लामो समयसम्म कुर्दा पनि ऊ फर्केर आएन, मोबाइल फोन पनि अफ गरेको छ, पीडित बाबुराम खत्रीले टेलिफोनमा बताउनुभयो । विगत १८ महिनादेखि एउटै कम्पनीमा काम र एउटै कोठामा बास थियो हाम्रो, साथीको विश्वासले गर्दा पैसा दियौँ, तर साथीले नै विश्वासघात गरेपछि झन्डै तीन महिना दुःख गरी कमाएको पैसा सबै खेर गयो, उहाँले दुःखेसो पोख्नुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक