20121102

एमाओवादीले स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउन प्रस्ताव, नयाँ निर्वाचनमा जाने सहमतिको नजिक पुगे प्रमुख दल

नयाँ निर्वाचनमा जाने सहमतिको नजिक पुगेका प्रमुख दलको बैठकमा एमाओवादीले राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि स्वतन्त्र व्यक्ति प्रस्ताव गरेको छ । ललितपुरमा आज बसेको बैठकमा एमाओवादीले स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्रीका लागि विभिन्न व्यक्तिका बारेमा छलफल भएको भन्दै उनले स्वतन्त्र व्यक्तिलाई पनि प्रधानमन्त्री बनाउन सकिने उल्लेख गरे । उनले वर्तमान सरकारलाई निरन्तरता दिने तथा संविधानसभा पुनःस्थापना गरेर नयाँ संविधान जारी गर्न पनि एमाओवादीले प्रस्ताव गरेको बताए । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बैठकमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहमति भए आफूहरुले प्रधानमन्त्री एक घण्टा
भित्रै दिने बताएको उल्लेख गरे । एमाले नेता भीम रावलले नयाँ निर्वाचनमा जानका लागि सबै दल तयार रहेको भन्दै यथास्थितिमा सहमति हुन नसक्ने बताए । उनले वर्तमान सरकार रहे सम्म सहमति हुन नसक्ने भन्दै आन्तरिक छलफल पछि सहमतिको प्रयास गरिने उल्लेख गरे । यस अघि आजै विहान राष्ट्रपति डा.रामवरण यादवले प्रमुख दलका शीर्ष नेताहरुलाई बोलाएर छिटो सहमति जुटाउन दवाद दिएका थिए । बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदार, तमलोपाका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक