(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20121102

‘अबरोध भए विपक्षीको ढोका फोडेर भए पनि सरकारले पूर्ण बजेट ल्याई छाड्छ, चार सय पचास अर्बको हाराहारीमा पूर्ण बजेट ल्याउने तयारी’

- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले विपक्षी दलको अवरोध तोडेर पूर्ण बजेट ल्याउनु पर्ने बताएका छन् । उनले सरकारले चार सय पचास अर्बको हाराहारीमा पूर्ण बजेट ल्याउने तयारी गरेको बताए । काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, ‘अबरोध भए विपक्षीको ढोका फोडेर भए पनि सरकारले पूर्ण बजेट ल्याई छाड्छ ।’ अर्थविद् डा.तिलक रावलले सहमतिमा बजेट ल्याउनु पर्ने बताए । उनले भने, ‘पूर्ण बजेट नआउँदैमा मुलुकको अर्थतन्त्रमा खासै प्रभाव पर्दैन ।’ मुलुकको अर्थतन्त्र सबै तिरबाट धरासायी भएको भन्दै बजेट नआउँदा तलब खाने कर्मचारीलाई बाहेक अरुलाई तात्विक असर नपार्ने बताए । अर्थविद् डा.चिरञ्जीवी नेपालले तानाशाही र कम्यूनिष्ट शासन बाहेक संसारमा कुनै पनि सरकारले विना सहमति बजेट नल्याएको बताए । उनले भने, ‘बजेट राजनीतिक सहमतिकै आधारमा
ल्याउनु पर्छ ।’ अर्थविद् डा.विश्वम्भर प्याकुरेलले बजेटमा राजनीति गर्न नहुने बताए ।
नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर हिमालय सम्शेर जवराले सहमतिका लागि अधिकतम प्रयत्न गरेर भए पनि मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन पूर्ण बजेट ल्याउनु पर्ने बताए ।
अर्थविद् केशव आचार्यले पनि सहमतिमा पूर्ण बजेट आउनु पर्ने आवश्यकता औल्याए । उनले सहमति नभए पनि क्रमांगत आयोजनालाई कार्यान्वयन गर्ने गरी खर्च धान्ने बजेट ल्याउनु पर्ने बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष शुरेसकुमार बस्नेतले सहमतिमै पूर्ण बजेट आउनु पर्ने भन्दै सहमतिमा बजेट नआए त्यसको सार्थकता नहुने स्पष्ट पारे ।
अर्थविद् कोषराज पाण्डेले बजेट आय ब्ययको अनुमान मात्रै नभई राजनीतिक दस्तावेज समेत भएकाले जनताको प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमतिमा आउनु पर्ने बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक