20121110

"नारायणहिटी सफा गरेर राजा बस्ने ठाउँ मिलाउ" प्रधानमन्त्री बाबुराम भट्टराई लाई चुनौती दिँदै कमल थापाले भने !

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नारायणहिटी सफा गरेर राजा बस्ने ठाउँ मिलाउन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । हेटौंडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजसंस्था फर्कने निश्चत भएको भन्दै यस्तो आग्रह गरेका हुन् । कार्यक्रममा उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारायणहिटीमा राजाकै हैसियतमा बस्ने ठाउँ मिलाउन आग्रह समेत गरे । अध्यक्ष थापाले कांग्रेस एमाले लगायतका दलहरुले गर्ने आन्दोलनमा जनता नआउने समेत बताए । देशमा निर्वाचन भएपछि आमूल परिवर्तन हुने भावनाका साथ अघि बढे मात्रै नागरिक सडकमा आउने उनको भनाई छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक