20121109

पुर्वराजा ज्ञानेन्द्रको नागार्जुन दरवारपनि खोस्ने मान्छे मार्ने "डाक्टर" उपाधी पाउनुभएका प्रधानमन्त्री बाबुराम भट्टराईको चेतावनी

नेपालको इतिहासमा सत्रहजार मान्छेका गला रेट्न लगाएपनी प्रधानमन्त्री हुनु अगाडि लोकप्रियताको शिखर चुमेका, प्रधानमन्त्री बनिसकेपछी भने बिगतका सबै प्रधानमन्त्री भन्दा अलोकप्रिय साबित, मान्छे बचाउने होइन मान्छे मार्ने डाक्टर उपाधी पाउनुभएका प्रधानमन्त्री बाबुराम भट्टराईले  पुर्व राजाको सम्पुर्ण अधिकार खोस्ने चेतावनी दिनुभएको छ  !!!

  पुर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार नवलपरासीको गोपालपुर स्थित गोरखनाथ मन्दीरमा पुजा पछि आयोजित सार्वजनिक कार्यक्रममा सम्बोधन गरी राजनीतिक दलप्रति असन्तुष्टी देखाउनुभए दुइ दिनपछि प्रधानमन्त्री डा. भट्टराईले राजधानीमा आयोजित एक कार्यक्रममा सो चेतावनी दिनुभएको हो । उहाले आगामी दिनमा नेता झै सार्वजनिक मन्तब्व दिदै हिडे नागार्जुन दरवारपनि खोस्ने चेतावनी दिनुभएको छ । सबै विश्वविद्यालयका कुलपति रहनुभएक प्रधानमन्त्री डा. भट्टराईले पुर्व राजालाई आफ्नो हैसियतमा बस्न समेत आग्रह गर्नुभएको छ । सरकारको स्वामित्वमा आइसकेको दियालो बंगलाबाट आफ्नो यात्रा शुरु गरी तराइमा पुगेका पुर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्सन थालेको उल्लेख गर्दै अब आइन्दा यस्तो अभिव्यक्ती नदिन र राजनितीक क्रीयाबलाप बन्द गर्न समेत चेतावनी दिनुभयो । नेपाल पब्लिक क्याम्पस संघको नवौ महाअधिवेशनको दोस्रो दिन सम्बोधन गर्न पुग्नुभएक प्रधानमन्त्री डा. भट्टराईले देश अहिले नयाा संविधान जारी गरी गणतन्त्रलाई पूर्ण संस्थागत गर्ने र आर्थिक विकासको रणनैतिक योजना निर्माण र कार्यन्वयनका लागि तयारीमा एकजुट हुनुपर्ने अबस्थामा दुर्भाग्यवस देशमा विद्यमान अग्रगमनकारी र यथास्थितिवादी शक्तिवीचको द्वन्दका कारण नयाा संविधान जारी हुन नसकि राज्य पुनर्संरचनाको कार्यभार पूरा गर्न बााकी नै रहेको समेत बताउनुभयो ।

उहाँले मुलुकलाई आर्थिक संकटबाट जोगाउन बजेट अपरिहार्य रहेको बताउदै त्यसको निम्ति सबै दल सचेत हुनुपर्ने उल्लेख गर्नुभयो । प्रम भट्टराईले बजेट पारित नभए देश थप संकटतर्फ धकेलिने उल्लेख गर्नुभयो ।

उहाले हाम्रा उच्च शिक्षण संस्थाहरु वेरोजगार उत्पादन गर्ने फ्याक्ट्री वनिरहेसम्म शिक्षा क्षेत्रमा अपेक्षित र आवस्यक क्रान्तिकारी परिवर्तन एक मिथक मात्र वनिरहने धारणा व्यक्त गर्नुभयो ।

शिक्षा मन्त्री दिनानाथ शर्माले शिक्षा मन्त्रालयका संरचनालाई सरकारले समयअनुकुल परिवर्तन गर्दै गएको औल्याउदै पब्लिक क्याम्पसले गरेको विश्वविद्यालयको मागलाई सरकारले पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

3 comments:

  1. ek sarbasadharan bhaisakeka shree 5 gyanendra birabikram sahadeb lai hamra pram baburam le yasari dhamki dine ani sarbasadharan janata vaisakeko manchhe sotantra suple hiddul ani sabha gostee ma jana rokne hamro baburam sarakar ko haisiyat kasto raichha bhanne kura prasta hunchha.

    yasari sigha dekhda tarsine baburam sarakar le bish kasari garla achamma lagne ani haso uthne kura haina ra yo?

    nepal ma prajatantra ani loktantra aisakeko belama yasari simple nagarik lai bandesh garna khojnu bhaneko ta loktantra ko khilli udaunu hainara ?

    ReplyDelete
  2. Baburam ji ab nepali janatale bhane din aayo dukha paiyo baburam timilai paler .baru purb king maa ta naitikta thiyo timi sanga ta teti pani 6en ab palo timro ho feri jau jungle ab nepali janatale bhanchhan jungle jau bhaner.

    ReplyDelete
  3. Baburam has to go...there is no alternative. IS there a new leader that can lead Nepal if so please identify few who have not been in any controversy so far?

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक