20121111

अमेरिकामा बिर्खे लीला !!! - सुचित्रा शर्मा, वाशिङटन डिसी

सुचित्रा शर्माको यो कबिता "अमेरिकामा बिर्खे लीला !!!" अत्यन्त मार्मिक र ब्यंगात्मक बाण जस्तो लाग्यो । पदलोलुपहरुको घैँटोमा घाम लागोस, उनिहरुलाई यो कबिताले सुधार्न सकोस कामना गर्दै सन्देश मुलक यो कबिता यहाँ साभार गरिएको छ ।
अमेरिकामा बिर्खे लीला !!!
- सुचित्रा शर्मा, वाशिङटन डिसी
ढंग न ढाल, खानको काल
बिर्खे चिट्ठा परि अमेरिका झरेकोछ
अर्थहिन भाषाले मुख भरेको छ
माइक्रो फोन देख्नै हुन्न, समाउन गैहाल्छ
पद पाए उ जसको पनि भैहाल्छ
टोल टोलको नाम राखेर संस्था खोल्छ
उ मात्र विद्वान, अरु सबै मुर्ख जस्तो गरेर बोल्छ
आची गर्ने लाई भन्दा लाज !!!
फुर्सदिलो छ उ छैन कुनै काम काज
अर्ती उपदेश, भाषा, साहित्य, समाजसेवा
लाटोको देशमा गाँडा तन्नेरी जस्तो गर्न खोज्छ
तर बिचरा बिर्खेलाई के थाहा
उसको हैसियत, उसको बिगत !!
उसको क्षमता, उसको ल्याकत
अझ सिकाउन खोज्छ अरुलाई
अर्थ नलाग्ने भाषाहरु
दुनियाँलाई हँसाउदै उ आदेश दिन्छ "ताली मार्नुस !"
मानौं उ मालिक हो, अरु सबै उसका दास
आजकाल उ बढीनै ओकल्छ
अरुको मान मर्दन गर्दै अभिब्यक्ती दिन्छ
ढंग नभै नभै उ छेउँ न टुप्पाका लेख पनि लेख्छ !
के थाहा उ समाज मा कती गन्हाइसकेको छ
आफैले आफैलाइ "बेशरम पद लोलुप" बनाइसकेको छ
पैतालाको धुलो चाटेर हिड्दैमा
चाकडी चाप्लुसी गरी तथानाम पद भिर्दैमा
उ ठुलो मान्छे हुने भए
महिला संघ बाहेक धेरै तिर पदहरु भिरिसकेको उ !
बाराक ओबामा भन्दा माथि हुन्थ्यो होला
तर स्याल र ब्वांसाहरु
कहिलै बाघ बन्न सक्दैनन, यो उसले बुझेकै छैन
मान्छे बिनै माइक्रो फोन भए पुग्ने उ
आफैले आफैलाइ सोंच्दछ "म त बाघ हुं बाघ !"
वा बिर्खे वा ! तेरो लीला बुझी नसक्नुछ
अमेरिकामा गरी खा !!!

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक