20121112

एमाओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक विनाकुनै निष्कर्ष सक्किएको छ , राष्ट्रपति डा.यादवले मंगलबार प्रमुख दलका शीर्ष नेताहरुलाई राष्ट्रपति कार्यालय शीतल निवासमा बोलाए

मुलुकको राजनीतिक निकासका लागि बसेको एमाओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक विनाकुनै निष्कर्ष सक्किएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा गतिरोध अन्त्यका लागि प्याकेजमा सहमति निकाल्ने विषयमा परामर्श भए पनि सहमति हुन नसकेको नेताहरुले जनाएका छन् । बैठकमा कांग्रेस र एमालेले वर्तमान सरकार विस्थापित गरेर सहमतीय सरकार बनाउन पनि प्रस्ताव गरेका थिए । बैठकमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पूर्ण बजेट ल्याउन दिन गरेको
आग्रहलाई विपक्षी दलहरुले पुनः अस्वीकार गर्दै प्याकेजमा सहमति खोज्नुपर्ने धारणा अघि सारेका थिए । छलफलमा एमाओवादीका अध्यक्ष दाहाल, कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलानाथ खनालको सहभागिता रहेको थियो । यसैबीच  राष्ट्रपति डा.यादवले मंगलबार प्रमुख दलका शीर्ष नेताहरुलाई राष्ट्रपति कार्यालय शीतल निवासमा बोलाएका छन् । सहमतिमा बजेट ल्याउन र गतिरोध अन्त्यको लागि दवाव दिन प्रमुख दलका शीर्ष नेताहरुलाई बोलाएको स्रोतले जनाएको छ । राष्ट्रपति डा.यादवले मंगलबार विहान साढे नौ बजेट शीर्ष नेताहरुलाई बोलाएका हुन् । यस अघि पनि उनले पटक पटक शीर्ष नेताहरुलाई सहमतिका लागि दवाव दिदै आएका छन् ।
पूर्ण बजेटका बारेमा निर्णय गर्न आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक राजनीतिक सहमति बन्न नसक्दा प्रभावित भएको छ । कांग्रेस, एमालेलगायतका विपक्षी दलहरुले अध्यादेशबाट ल्याउने भनिएको पूर्ण बजेटको विरोध जनाए पछि सहमतिका लागि भन्दै सरकारले बैठक स्थगित गरेको जनाएको छ । अर्थमन्त्री बर्षमान पुनले बजेटमा राजनीतिक सहमति जुटाउनका लागि मन्त्रिपरिषद बैठक स्थगित गरिएको जानकारी दिए । उनले भने, ‘सहमतिमा पूर्ण बजेट ल्याउने प्रयासमा मन्त्रिपरिषद बैठक स्थगित गरिएको हो ।’ विपक्षी दलहरुले राजनीतिक सहमतिमा मात्रै बजेट ल्याउन माग गरेर राष्ट्रपतिलाई लिखित पत्र समेत बुझाई सकेका छन् । राष्ट्रपति समक्ष आज लगिने भनिएको आर्थिक अध्यादेश (बजेट) सरकारले आज नलैजाने भएको छ। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले अध्यादेश तिहारपछि मङ्सिर १ गते लैजाने जानकारी दिए। शनिबार सत्तारुढ दलको बैठकले कात्तिक २७ गते बजेट लाने निर्णय गरेको थियो। प्रमुख दलबीच सहमति हुन नसकेपछि सत्तारुढ दलले विश्वासको मत लिएर सहमतिको आधारमा बजेट लाने प्रयास गर्ने भन्दै आजको लागि बजेट स्थगित गरिएको प्रधानमन्त्रीका सहयोगी प्रशान्त लामिछानेले बताए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक