20121118

अमेरिकामा यसरी मनाइयो लक्ष्मी जयन्ती, संसारभरिबाटै लक्ष्मी जयन्तीका खबर आउँदै


अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्र र डि.सी. मेट्रोको आयोजनामा स्थानीय सेन्ट्रलभिल लाइब्रेरीमा आइतबार लक्ष्मी प्रसाद देवकोटा स्मृति कार्यक्रम सम्पन्न भयो । प्रमुख अतिथी अमेरिकाका लागि
नेपाली राजदूत डा. शंकर शर्माले त्रि.वि. केन्द्रीय नेपाली शिक्षण विभागका पूर्व प्रमुख प्रा. ठाकुरप्रसाद शर्मालाई अभिनन्दन गर्नुको साथै अनेसासले असंख्य कृतिहरुको प्रकाशन गरेर नेपाली भाषा संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको वताउनु भयो । अभिनन्दित व्यक्तित्व पराजुलीको कृतित्व, व्यक्तित्व र योगदानकाबारेमा प्रो हरि घिमिरेले प्रष्ट पार्नु भएको थियो । 
आफ्नो योगदानको कदर भएकोमा खुशी प्रकट गर्दै प्रो. पराजुलीले डि.सी. मेट्रोद्धारा प्रकाशित अनेक डायस्पोराका कविता पुस्तकको विस्तृत समालोचना गर्नु भएको थियो । 
सो अवसरमा राजदूत शर्मा र प्रो पराजुलीले महेश सुवेदीद्धारा लिखित अमेरिकी नेपाली डायस्पोराको औपन्यासिक समालोचना, प्रकाश नेपालको नयां कविता संग्रह राती फूल्ने फूलहरु, होमनाथ सुवेदीद्धारा लिखित समालोचनात्मक पुस्तक गंगाका समीक्षा, कपिल सिटौलाको पुस्तक देश दुखेको म, किसन उपाध्यायको आफ्नै जीवनका घटनाहरु समेटिएको पुस्तक द लाष्ट अरेन्ज र डा. मोहन जोशीद्धारा लिखित गीतहरुको सी.डी. कहां छ ठाउंको संयुक्त रुपले विमोचन गर्नु भयो । 
अनेसास बोर्ड अफ ट्रष्टिका अध्यक्ष होमनाथ सुवेदीले अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रका गतिविधिहरु सहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहांले कतार, मलेसिया, अमेरिका, नेपाल लगायत संसारका विभिन्न स्थानहरुबाट प्राप्त देवकोटा सम्बन्धी कार्यपत्रहरुको संश्लेषणात्मक प्रस्तुति गर्नु भएको थियो । साथै संसारभरिबाट प्राप्त कार्यपत्रहरुलाई समेटेर अनेक डायस्पोरामा देवकोटा भन्ने पुस्तक छिट्टै नै अनेसास केन्द्रले प्रकाशित गर्न लागेको जानकारी पनि उहांले गराउनु भयो । कार्यक्रममा डा. गोपी उप्रेतीले देवकोटाको योगदान बारेमा प्रष्ट पार्नु भएको थियो भने कवि प्रेम संग्रौलाले देवकोटाप्रति समर्पित कविता र कलाकार तथा अनेसास डि.सी. मेट्रोका सल्लाहकार, अन्तराष्ट्रिय कलाकार मँचका अध्यक्ष   रामप्रसाद खनालले यात्री गीत र तिहार सँग सम्बन्धित गीत प्रस्तुत गर्नु भएको थियो । 
यसैगरी बालबालिकाहरुको रचना प्रतियोगितामा श्रेया पराजुली प्रथम, तेजस्वी पाण्डे द्धितीय र सीतल लुइटेलले तृतीय स्थान प्राप्त गरेका थिए । डा. मोहनप्रसाद जोशी, रामप्रसाद खनाल, भीम रेग्मी र सीता पाण्डे निर्णायक मण्डलमा रहनु भएको थियो भने आलिशा विश्वकर्मा, इशान विश्वकर्मा, कृतिका ओली, विशाखा ओली र आशिश सुवेदीले उत्कृष्ट स्थान हासिल गरेका थिए ।  
कार्यक्रम अनेसास लक्ष्मीप्रसाद देवकोटा जयन्ती आयोजक मूल समारोह समितिका संयोजक तथा अनेसास डि.सी. मेट्रोका अध्यक्ष प्रकाश नेपालको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य अनेसास बोर्ड अफ ट्रष्टीका सदस्य तथा अनेसासका सल्लाहकार खेम भट्टचनले गर्नु भएको थियो । गुणराज लुइंटेलले संचालन गर्नु भएको सो साहित्यिक कार्यक्रममा अप्रतियोगी कविता प्रस्तुत गर्नुहुने कवि कवियत्रीहरुमा गोपाल रेग्मी, रामप्रसाद खनाल, लक्ष्मण सत्याल, गंगा लिगल, दीपा अधिकारी, शुभद्रा पराजुली, सरिता परियार, शान्ति विश्वकर्मा, शारदा खाती, सीता पाण्डे एवं गुणराज लुइटेलले आआफ्ना कविताहरु बाचन गर्नु भएको थियो ।














































टेक्सासमा  लक्ष्मी जयन्ति

- बिकाश राज न्यौपाने , टेक्सास,अमेरिका 
           अमेरिका, टेक्सासको प्लानो शहरमा यहि नोवेम्बेर १७,२०१२  शनिबारका  दिन  एक 'अन्तरङ्ग कवि गोष्ठी'को आयोजना गरिएको थियो  ।अन्तरराष्ट्रिय नेपाली साहित्य समाज टेक्सासले लक्ष्मी जयन्तिको अवसर पारेर गरेको सो गोष्ठीमा शैलेस आचार्य, विप्लव प्रतीक, भीम कार्की, सुमन काजी, विकास राज न्यौपाने तथा भर्जिनियावाट आउनु भएका गोविन्द गिरी प्रेरणाले कविता वाचन गर्नु भयो  भने कार्यक्रम संचालन अ.ने.सा.स का अध्यक्ष श्री बासु शर्मा ले गर्नु भएको थियो 
         सो अबसरमा गायक रविन भण्डारी, बासु शर्मा, प्रभात दीक्षितले मधुर गीतहरु प्रस्तुत गर्नुभयो ।कार्यक्रमको सभापतित्व श्रीमती नर्बदा ले गर्नुभएको थियो !  सो अबसरमा यस्तो गोष्ठी नियमित रुपमा गर्ने निधो समेत गरियो र आगामि गोष्ठी रविन भण्डारीले आयोजना गर्ने घोषणा गर्नु भयो ।








No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक