20121130

अमेरिकी सँसद ले डिभी भिसा बन्द गर्ने पक्ष मा मतदान, पक्षमा २४५ जना ले मतदान गरेका थिए भने बन्द नगर्ने पक्षमा १३९ जनाले

डिभी लोटरी बाट अब अमेरिका जाउँला भन्ने हरुको सपना माथि अमेरिकी साँसदहरुले धावा बोलेका छन । भर्खरै अमेरिकी सँसद ले डिभी भिसा बन्द गर्ने पक्ष मा मतदान गरेको छ र बहुमतले त्यो प्रस्ताब पारीत पनि गरेको छ । सँसदमा डिभी ग्रीन कार्ड बन्द गर्ने पक्षमा २४५ जना ले मतदान गरेका थिए भने बन्द नगर्ने पक्षमा १३९ जनाले । बन्द गर्ने प्रस्ताब अत्यधिक मतले पारीत भएको छ । अब डिभी को सट्टा यहाँ उच्च शिक्षा, प्राबिधिक शिक्षा हासिल गरेकालाई ग्रीन कार्ड दिने कानुन बनाइने छ भन्छन पक्षधर साँसदहरु ।  । हरेक बर्ष बिभिन्न देश बाट डिभी लोटरी बाट अमेरिकाले ५५ हजार आप्रबासी भित्र्याउने गरेको थियो । डिभी लोटरी बाट अमेरिका छिरेकाहरु निकै कम योग्यता र क्षमता का मानिस भएको र यसले अमेरिका लाई फाईदा होइन घाटा पुगेको , अमेरिका कै बेज्यत भएको छ भन्दै यसलाई रोक्नुपर्छ भन्दै
अभियान छेडेका साँसदहरुको प्रयासले जितेको छ र जित पछी उनिहरु खुशी छन । यस पछी सिनेटमा लगिने यो बिल पास हुन्छ हुँदैन सिनेट बाट हेर्न बाँकिनै छ ।   नेपाल बाट पनि यो डिभी लोटरी बाट करिब चालिस हजार नेपालीले अमेरिकामा ग्रीन कार्ड पाइसकेका छन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक