20121130

सिकिस्त बिरामी भए पछी उपचार गराइ फर्केका केपी ओलीको अर्को गोली : ‘जनवाद ल्याइदिन्छु भनेर अरुलाई गोली खुवाउनेले बरु गोली खान्छु वालुवाटार छोड्दिन भन्छ, कसरी सम्झाउनु ।’

काठमाडौं, १५ मंसिर । एमाले नेता केपी ओलीले एमाओवादी अब मुलुकको खासै समस्या नरहेको टिप्पणी गरेका छन् । युवा संघ नेपालको विधान सम्मेलनको आज काठमाडौंमा उद्घाटन गर्दै ओलीले एमाओवादी समस्या अन्तिम किस्ताका रुपमा सिंहदरवारमा मात्रै बाँकी रहेको वताए । ‘केही अवशेष बाहेक अब एमाओवादी खासै समस्या रहेन,’ उनले भने, ‘सिंहदरवारमा अन्तिम किस्ता बाँकी छ ।’
‘जनवाद ल्याइदिन्छु भनेर अरुलाई गोली खुवाउनेले बरु गोली खान्छु वालुवाटार छोड्दिन भन्छ,’ उनले भने, ‘कसरी सम्झाउनु ।’ जनवाद ल्याउन सहिद हुने उद्घोष गर्ने एमाओवादी वालुवाटार बस्नकै लागि सहिद हुने घोषणा गर्न थालेकोमा आफू आश्चर्यचकित भएको नेता ओलीको भनाई थियो । नेता ओलीले सहमतीय सरकार गठन गर्ने राष्ट्रपतिले गरेको आव्हान चित्त नबुझे प्रधानमन्त्री बाबुराम भट्टराई र उनका वकिलहरुलाई सर्वोच्च अदालत जान सुझाव दिए । ‘बाबुराम र उनका वकिललाई राष्ट्रपतिको आव्हान चित्त बुझेको छैन भने सर्वोच्च अदालत जाउन्,’ उनले भने, ‘देखेका छैन भने सिंहरवारको पश्चिम ढोकावाट बाहिर
निस्केर बायाँ मोडियुन्, त्यही छ सर्वोच्च अदालत ।’ उनले आफ्नो बेडरुममा बसेर राष्ट्रपतिको आव्हान संबैधानिककि असंबैधानिक भनेर जाँच्ने अधिकार नरहेको बताए । शुक्रवार सुरु भएको संघको विधान सम्मेलन आइतवारसम्म चल्नेछ । बन्द सत्रमा देशभरका ५ सय १३ प्रतिनिधिले भाग लिनेछन् । प्रमुख दलहरुले राष्ट्रिय सहमतिको सरकार बनाउन नसकिरहेका समयमा भारतीय नेता करण सिंह काठमाडौंमा आएका छन् ।
नेपालको राजनीतिलाई नजिकबाट हेर्ने सिंह आज मात्रै काठमाडौं आईपुगेका हुन् । काठमाडौंमा रहँदा उनले एमाओवादी, कांग्रेस, एमाले, मधेसी मोर्चालगायतका दलका प्रमुख नेताहरुसँग परामर्श गर्ने छन् ।
दास्रो जनआन्दोलनका समयमा पनि काठमाडौं आएर दलहरुलाई मिलेर जान सहयोग गरेका उनले यस पटक पनि दलहरुलाई मिल्न दवाव दिने स्रोतको भनाई छ ।
जानकारहरुले नेपालको राजनीतिमा भारतले हस्तक्षेप गर्ने गरेको आरोप लगाई रहदाँ नेता सिंह काठमाडौं आएका छन् । सिंहलाई पठाएर भारतले यस पटक नेपाली राजनीतिमा हस्तक्षेप गरेको वुद्धिजीवीहरुको आरोप छ । उनको भ्रमणलाई लिएर पुनः एक पटक भारत आलोचित हुन पुगेको छ ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि भेटगर्ने स्रोतले जनाएको छ । नेता सिंह पूर्व राजपरिवारको नजिकका नातेदार पर्छन् । भारत जाँदा पनि पूर्व राजा ज्ञानेन्द्र शाहले सिंह र उनको परिवारलाई भेटगर्ने गरेको सहयोगीहरुको भनाई छ ।
नेता सिंह भारत फिर्ता भए लगत्तै भारतीय पूर्व विदेश सचिव श्यमशरण नेपाल आउने कार्यक्रम छ ।

1 comment:

  1. oli g le kahilei pani galat bolnu hudaina..

    www.ramrosamachar.com

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक