20121129

मनिषा कोइराला क्यान्सरको उपचारका लागि अस्पताल भर्ना

मनिषा कोइराला, नेपाली चेली जसले भारत मा गएर त्यहा का एक से बढकर एक भनिने प्रसिद्ध कलाकार हरुलाई माथ गर्दै आफ्नो इतिहास बनाइन । संसार भर प्रसिद्ध भइन, उनी नै पहिलो र हाल सम्मको एक नेपाली चेली हुन जसले अर्काको देश मा गएर पनि यस्तो ईतिहास रचिन । यि सधैं नेपाली नै रहिन पनि । आज उनै चेलीको यो दु:खद समाचारले उनका शुभचिन्तक हरुमा स्तब्धता छाएको छ । हामी नेपालीले राम्रो गर्ने को मुक्त कण्ठले कहिलै प्रशँशा गर्न जान्दैनौ । मरेपछी बल्ल सम्झिने देशमा मनिषाको पनि मुल्य उनी जिउँदो छौन्जेल बुझिएन । उनलाई बरु राजनीतिक आरोपमा गाली मात्र बर्षाइयो । हेर्नु छ अब के के बर्षा हुनेहो ! उनको शिघ्र स्वास्थ्यलाभको कामना 

बलिउड हिरोइन मनिषा कोइराला क्यान्सरको उपचारका लागि अस्पताल भर्ना भएकी छिन्। केही दिनअघि काठमाडौंमै विरामी भएकी मनिषालाई क्यान्सर भएको देखिएपछि मुम्बईको जसलोक अस्पतालमा भर्ना गरिएको टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले जनाएको छ। दुई दिनअघि कोइरालालाई मुम्बई ल्याइएको हो। यो महिनाको सुरुदेखि नै मनिषा काठमाडौंमा रहँदै आएकी थिइन्। केही दिन अघि विरामी भएपछि उनलाई काठमाडौंको नर्भिक अस्पतालमा लगिएको थियो। सुरुमा फुड प्वाइजनिङ भएको आशंकमा उनको उपचार सुरु गरिएको थियो। बेहोस नै हुन थालेपछि उनलाई थप उपचारका लागि मुम्बई लगियो। मनिषाकी आमा सुषमा उनीसँगै मुम्बई पुगेकी छिन्। बाबु प्रकाश र भाई सिद्धार्थ पनि मुम्बई जाँदैछन्। नेपाली राजनीतिका शिखर पुरुष विशेश्‍वरप्रसाद कोइरालाकी नातिनी मनिषामात्र होइन उनको पूरै परिवार क्यान्सर पीडित थियो। कृष्णप्रसादकी तेस्री तथा कान्छी श्रीमती दिव्याको कोखबाट जन्मिएका बिपी, केशव र तारणीप्रसाद तिनै जनाको क्यान्सरबाट मृत्यु भएको थियो। पूर्व प्रधानमन्त्री गिरजाप्रसाद कोइरालाको पनि क्यान्सरकै कारण मृत्यु भएको हो। तारिणीकी छोरी कल्पनाको पनि क्यान्सरबाट मृत्यु भएको थियो ।
'कोइराला परिवारमा क्यान्सर वंशानुगत रोग बन्यो, बिपीलाई क्यान्सर भयो, तारिणी बुबालाई क्यान्सर भयो, केशव बुबालाई क्यान्सर भयो,' श्रीहर्षले केही अघि भनेका थिए। गिरिजाप्रसादका बाबु कृष्णप्रसादले दोस्रो विवाह गरेकी धादिङकी मोहनकुमारीका सन्तान भने प्रायः दिमागको रोगबाट मृत्यु भएको थियो । उनका सन्तान मातृकाप्रसाद र उनका दुई छोराको मस्तिष्कको रोगले मृत्यु भएको थियो । त्यस्तै मोहनकुमारीकी नातिनी शैलजाको पनि पछिल्लो समयमा मस्तिष्कमै समस्या देखिएको थियो । मातृकाका छोरा विमल र सञ्जयको पनि निधन भइसकेको छ । श्रीहर्षले भनेका थिए, 'मोहनकुमारीपट्टीका सन्तानमा दिमागको रोग देखिएको छ भने दिव्यातिर क्यान्सर देखिएको छ ।'

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक