20121201

पाइन्टमा पिसाब फेर्ने ७ बर्षीया छोरालाई गाली गरेको आरोपमा पक्राउ परेको दुई भारतीय दम्पतिलाई डेढ बर्ष कैद सजाय माग गर्दै नर्वे प्रहरीले मुद्दा दायर !

७ बर्षीया छोरालाई गाली गरेको आरोपमा पक्राउ परेको दुई भारतीय दम्पतिलाई  डेढ बर्ष कैद सजाय माग गर्दै नर्वे प्रहरीले मुद्दा दायर गरेको छ । पाइन्टमा पिसाब फेर्ने ७ बर्षीय छोरालाई भारत पठाइदिने भन्दै धम्क्याएर तह लगाउन खोज्ने भारत आन्द्र प्रदेशका चन्द्रशेखर बल्लाभनेनी र उनका पत्नी अनुशिलालाई कति समय जेल राख्ने सोमबार फैसला हुनेछ । छोरा कुट्ने बुवालाई एक बर्ष छ महिना र आमाको लागि एक बर्ष तीन महिना सजाय माग गरिएको छ । चन्द्रशेखर सफ्टवेयर इन्जिनियर र उनकी पत्नी त्यहाँस्थित भारतीय राजदुतावासकी अधिकृत हुन् । उनीहरुका छोराले बिद्यालयका शिक्षकसँग आफ्नो अभिभावकले आफूलाई भारत पठाउने भन्दै धम्क्याउने गरेको भनी गुनासो गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । दम्पतिलाई सजाय नगराउन कुटनितिक पहल गरिदिने उनको भारस्थित परिवारले सरकारसँग माग
गरेको  छ । गत बर्ष पनि नर्वेमा रहेका भारतीय दम्पतिले छोराछोरी कुटेको भन्दै त्यहाँको एक संस्थाले उनीहरुको पालनपोषणको जिम्मा लिएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक