20121201

"कमरेड प्रचण्ड सहमतिका नाममा झगडा लगाउँदै र प्रधानमन्त्रीको पद बाँड्दै हिन्नु भएको छ ।” : केसी

राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले एमाओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको पद बाँड्दै हिँडेको आरोप लगाउनुभएको छ । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा केसीलेेभन्नुभयो-”कमरेड प्रचण्ड सहमतिका नाममा झगडा लगाउँदै र प्रधानमन्त्रीको पद बाँड्दै हिन्नु भएको छ ।” केसीले कांग्रेस-एमालेको विपक्षी गठबन्धनभित्र पनि प्रधानमन्त्रीकै लागि झगडा भइरहेको खुलासा गर्नुभएको छ । केसीको दल राष्ट्रिय जनमोर्चा पनि यो गठबन्धनमा सामेल छ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजद्वारा आयोजित “पर्यावरणको विश्वव्यापी समस्या र मानवजातिको रक्षाको प्रश्न” विषयक अन्तरक्रियामा केसीले अहिले राजावादी सल्बलाएको आरोपसमेत लगाउनुभयो । कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष मित्रलाल शर्माले ‘विश्व पर्यावरण समस्या र मानवजातिको रक्षाको प्रश्न’ विषयक अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा वातावरणविद् डा.तीर्थबहादुर श्रेष्ठ र डा.तारा सापकोटा लगायतको सहभागिता थियो । कार्यक्रम हनुमानथानस्थित मधेश मिडिया हाउसमा आयोजना गरिएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक