20121202

धम्की नायक प्रचण्डले फेरी यसरी घुमाउरोगरी धम्क्याउँदै हुनुहुन्छ एमाले, कङ्रेस सहितका बिपक्षीहरुलाइ, देखिएनन जबाफ दिने कोही, के सबै प्रचण्डका लाचार छायाँ मात्र हुन त ??!!

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रगमनकारी र प्रतिगमनकारी शक्तिबीच संघर्ष जारी रहेको भन्दै जनताले विद्रोह गरेर आफ्नो भाग्य आफैँले फैसला गर्ने बताउनु भएको छ । कसले सहमतिका लागि साँचै पहल गरेको छ र को कुर्सीका निम्ति मरिमेटेको छ भनेर जनताले हेरिरहेको भन्दै उहाँले यथास्थितिबादीहरुले यसलाई बुझ्न नसके विद्रोह गर्ने चेतावनी दिनुभयो । ‘समस्या समाधानको निम्त कसले आफ्नो तर्फबाट त्याग गर्न तयार भयो र कसले त्याग गर्न तयार भएन, को साँचै कुर्सीको निम्ति मरिमेटेको छ त्यो नेपाली जनताले हेरेको छ’ शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले भन्नुभयो-’यदि यथास्थितिबादीहरुले यसलाई बुझेनन् भने एक दिन त्यस्तो दिन आउनेछ, जनताले फेरि नयाँ ढंगले विद्रोह गरेर आफ्नो भाग्य आफैँले फैसला गर्ने छन् ।’ आफू दलहरुबीच सहमति जुटाउन प्रयासरत रहेको भन्दै उहाँले छिट्टै सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो । माओवादी अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुने दौडमा नरहेको र लोकतान्त्रिक आन्दोलनको उपलब्धी रक्षाका लागि चिन्तित रहेको बताउनु भयो । संविधानसभाको निर्वाचनलाई सफल बनाउन सबै दलहरु मिल्नुको विकल्प नभएको भन्दै प्रचण्डले भन्नुभयो-’दलहरुकै सहमतिमा राष्ट्रिय
सहमतिको सरकार गठन हुन्छ ।’ वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारमा परिणत गरेर अगाडि बढ्नु नै संवैधानिक र व्यावहारिक भएको उहाँको भनाइ थियो ।
भारतीय कुटनीतिज्ञ करण सिंह नेपाल आएपछि यहाँको राजनीतिक गतिरोध घट्ने कतिपयको अनुमान गलत सावित भएको छ । सिंह दिल्ली नपुग्दै नेपालका नेताहरु नयाँ प्रधानमन्त्रीका लागि सहमति खोज्नुको साटो थप विवादतर्फ धकेलिएका छन् ।
वर्तमान सरकारलाई प्रतिस्थापन गर्ने गरी नयाँ सरकारको आह्वान गरेका राष्ट्रपतिले शनिबार पोखरामा आफ्नै आह्वानलाई काट्ने गरी यही सरकारको निरन्तरतामा सहमति भए सुनमा सुगन्ध हुने बताएपछि प्रतिपक्षी दलका नेताहरु आक्रोशित बनेका छन् ।
एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रपतितर्फ संकेत गर्दै बाबुराम भट्टराईको नेतृत्वलाई कुनै पनि हालतमा नस्वीकार्ने अडान दोहोर्‍याउनुभएको छ ।
कांग्रेस सभापति सुशील कोइरालाले नेकपा-माओवादीका नेतासितको भेटपछि पत्रकारहरुसित कुरा गर्दै बाबुरामको नेतृत्व मान्य नहुने बताउनुभएको छ ।
केही दिनपछिले राष्ट्रपतिलाई भेटेर आफूहरुलाई तेस्रो शक्तिको मान्यता दिनुपर्ने माग गरेका माओवादी नेता सीपी गजुरेलले सत्तारुढ एमाओवादी र मधेसी मोर्चाको नेतृत्व स्वीकार्य नहुने बताउनुभएको छ । वर्तमान सरकारविरुद्ध मिलेर आन्दोलनमा जानेसमेत कांग्रेस सभापति कोइरालासित सहमति भएको गजुरेलले जानकारी दिनुभएको छ ।
राष्ट्रपति डा. रामवरणले यही सरकारको निरन्तरता भए सुनमा सुगन्ध हुने भनी दिनुभएको अभिव्यक्तिलाई विश्लेषकहरुले करन सिंहको सल्लाह अनुसार आएको भनाइका रुपमा विश्लेषण गरेका छन् । एमाले अध्यक्ष खनालले विदेशीको दबाब आफूहरुलाई मान्य नहुने सञ्चार माध्यमलाई प्रतिक्रिया दिनुभएको छ ।
शुक्रबार नेपाल आएर आइतबार र्फकेका करन सिंहले राष्ट्रपति र प्रधानमन्त्री मिलेर अघि बढ्नुपर्ने प्रतिक्रिया दिएपछि राष्ट्रपति यादवले पुरानो कदमबाट एककदम पछि हट्दै यही सरकारमा सहमति भए सुनमा सुगन्ध हुने बताउनुभएको हो । सिंह र यादवका यी भनाइपछि भारतीय संस्थापन पक्ष बाबुराम भट्टराईकै निरन्तरताको पक्षमा रहेको मनोवैज्ञानिक सन्देश नेपाली राजनीतिमा प्रवाह भएको छ ।
करन र रामवरणको सार्वजनिक अभिव्यक्तिपछि विपक्षी नेताहरुहरु आक्रोशित भएका छन् भने सत्तारुढ नेताहरुले चाँहि सन्तोषको सास फेरेका छन् ।
एमाओवादीले आफ्नै नेतृत्व माग्ने र विपक्षीले बाबुरामलाई नस्वीकार्ने अडान यथावत् रहेमा आउँदो २१ गतेको समयसीमा पनि परिणामविनै गुज्रने सम्भावना बढेको विश्लेषकहरुले अनुमान लगाउन थालेका छन् ।
सहमतिमा प्रधानमन्त्रीको नाम सिफारिस नगरिए आफूले अन्तरिम संविधानको धारा ३८ -२) अनुसार थप कदम नचाल्ने राष्ट्रपति कार्यालयका अधिकारीहरुले यसअघि नै जनाउ दिइसकेका छन् ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक