20121202

यो मिठो रास्ट्रीय गीत छातीमा हात राखी हेर्नुहोला !

बरिस्ठ गीतकार तथा कवी काली प्रसाद रिमालका शब्द तथा बरिस्ठ संबिधानविद डा.भीमार्जुन आचार्यको स्वर तथा हरिबँश आचार्य, राजेश हमाल,र प्रेम बानीया को अभिनय रहेको यो मिठो रास्ट्रीय गीत तपाईहरुको अगाडी पस्कदै छु समय मिलेमा सबैले छातीमा हात राखी हेर्नुहोला ! रास्ट्रभक्ति भावना पोख्नुहुने देशभक्त डा.भीमार्जुन आचार्य लगायत टिमका सबै सदस्य हरुलाई म ह्रिदय भित्रै बाट धन्यबाद प्रकट गर्दछु !


सबैले त देश बाट लिन्छु केवल लिन्छु भने
तिमी चाँहि देशलाई म त दिन्छु केही भन्देउन है
अँध्यारो ले ढाक्दै ल्यायो लौन मेरो यो देशलाई
उज्यालो को पहिलो पहिलो किरण तिमी बन्देउन है
तिमी चाँहि देशलाई म त दिन्छु केही भन्देउन है


तातो रातो रगत ले लेखिएका निशान हरू
कहाँ गए नाला पानी काङ्गडाका सन्तानहरू
कोहि नेवार, क्षेत्री, बाहुन, शेर्पा कोहि छन् मगुराली
तिमी चाँहि जातै मेरो नेपाली हो भन्देउन है
सबैले त देश बाट लिन्छु केवल लिन्छु भने

देखिदैनन् आज भोलि देश दुख्ने छातीहरु
बिरभद्र, अमर सिंह ज्युँदा छोरा नातिहरू
हाम्रो क्षेत्र भिन्दै भन्छन् धर्म पनि भिन्दा भिन्दै
तिमी चाँहि धरमै मेरो नेपाली हो भन्देउन है
सबैले त देश बाट लिन्छु केवल लिन्छु भने
तिमी चाँहि देशलाई म त दिन्छु केही भन्देउन है
तिमी चाँहि जातै मेरो नेपाली हो भन्देउन है
तिमी चाँहि धरमै मेरो नेपाली हो भन्देउन है

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक