20121225

शुशील कोइराला लाई बलीको बोको बनाउदै प्रचण्डद्वारा आफ्नै निवासमा आयोजित बैठकमा फेरी सँसद पुनर्स्थापना र बाबुराम नेत्रित्वकै सरकार बनाउने निर्णय, बुझी नसक्नु छ प्रचण्डको नाटक पनि !

संघीय लोकतान्त्रिक गणतन्त्रिक गठन्धनले विघठित संविधानसभा पुनःस्थापनामा चासो देखाएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा आज बसेको गठबन्धनको सचिवालय बैठकले संविधानसभा पुनःस्थापनका लागि छलफल चलाउने निर्णय गरेको छ । त्यसका लागि बुधबार पुनः परामर्श गर्ने एक सदस्यले जानकारी दिए । संविधान सभा पुनःस्थापनको विषय सेलाई सकेका बेला पुनः गठबन्धनले त्यसलाई उठाउने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री बाबुराम भट्टराईकै वर्तमान सरकाराई निरन्तरता दिने निर्णय गरेको छ । ‘वर्तमान सरकारलाई नै राष्ट्रिय सरकार बनाउने निर्णय भएको छ,’ एक सदस्यले भने, ‘पहिलो विकल्प वर्तमान सरकरालाई नै छ ।’ वर्तमान सरकारलाई सहमतीय सरकार बनाउन नसके नसके गठबन्धनबाटै प्रधानमन्त्रीको विकल्प खोजीने पनि निर्णयमा उल्लेख छ । ‘त्यो पनि नभए स्वतन्त्र व्यक्तिलाई दिन पहल गर्ने छौं,’ गठबन्धको निर्णयमा उल्लेख छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक