20121229

दिल्लीमा बलात्कृत छात्राको सिंगापुरमा उपचार हुँदाहँदै निधन, शाहरुख खानले समेत आफू पुरुष भएकोमा लज्जित भएको प्रतिक्रिया दिए

हामी नेपालीहरुमा अझैसम्म खासै संवेदनशीलता पलाएको छैन 
दिल्लीमा बलात्कृत छात्राको सिंगापुरमा उपचार हुँदाहँदै निधन भएपछि शनिबार सिंगै भारत शोकाकुल भयो । बलिउड अभिनेता शाहरुख खानले समेत आफू पुरुष भएकोमा लज्जित भएको प्रतिक्रिया दिए । तर, नेपालमा भने बर्दियाकी शिवा हासमी, बाराकी बिन्दू ठाकुर र काठमाडौंकी सररस्वती सुवेदी मर्दा हामी नेपालीहरुमा अझैसम्म खासै संवेदनशीलता पलाएको छैन । पछिल्लो समय नेपालमा महिला हिंसाका घटना बढेका छन् । मंसिर अन्तिममा बर्दिया गुलरियाकी शिवा हासमीलाई पेट्रोल खन्याएर आगो लगाई हत्या गरिएको छ भने बारामा टु्यसन पढ्न गएकी बिन्दू ठाकुरको आगो लगाई यसै साता हत्या
भएको छ । अनामनगरमा रहस्यमय मृत्यु भएकी सरस्वती सुवेदीका परिवारले घटनाको छानविन गर्न माग गरेका छन् । शनिबार दिल्ली शोकमग्न भएकै दिन नेपालमा पनि महिला हिंसा रोक्न माग गर्दै शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्मै प्रधानमन्त्री निवास बालुवाटारमा महिला अधिकारवादी सङ्घसंस्थाहरुले धर्ना दिएका छन् । महिला अधिकारकर्मीहरुले धर्ना दिएपछि प्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि महिला हिंसामा संलग्न दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपालमा यतिबेला देशभर महिला हिंसा बढिरहेको भन्दै यसको नियन्त्रण र दोषीलाई कडा कारबाही र पीडितलाई राहतको माग गर्न महिला अधिकारकर्मीहरूको टोलीले डा. रेणुराज भण्डारीको नेतृत्वमा प्रधानमन्त्री डा. भट्टराईसँग भेट गरेपछि प्रधानमन्त्रीले दोषीलाई कारवाहीको प्रतिवद्धता जनाउनुभएको हो । महिला अधिकारकर्मीसँगको भेटमा प्रधानमन्त्रीले हालै अनामनगरमा मारिएकी घरेलु कामदार सरस्वती सुवेदीको पुनः शव परीक्षण गरी मृत्युको कारणबारे छानबिन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।त्यस्तै यसैसाता अध्यागमनमा साउदीबाट र्फकेकी भोजपुरकी युवतीलाई लुट्ने दोषीलाई कडा कारबाही गर्ने बचन पनि प्रधानमन्त्रीले दिनुभएको छ । प्रधानमन्त्रीले पीडित महिलाबारे आˆना मागहरू लिखितरूपमा ल्याउन आग्रह गर्नुभएको छ ।
महिलाका पक्षमा नेपालीहरुभन्दा भारतीयहरु बढ्ता सम्वेदनशील देखिएका छन् । नयाँ दिल्लीमा डिसेम्बर १६ मा सामूहिक बलात्कारबाट पीडित छात्राको शनिबार बिहान सिङ्गापुरमा मृत्यु भएपछि भारतीय प्रधानमन्त्री मनमोहन सिंहले दुख व्यक्त गर्नुभयो । बलात्कृत छात्राको शनिबार बिहान सिङ्गापुरको माउन्ट एलिजावेथ अस्पतालमा मृत्युभएपछि प्रधानमन्त्री सिंहले आफ्नो वेबसाइटमा उनको मृत्युलाई खेर जान नदिने उल्लेख गर्नुभयो । दिल्लीमा ६ व्यक्तिको समूहले २३ वषर्ीया छात्रामाथि बलात्कार गरेको विरोधमा भारतभर अहिलेसम्म विरोध प्रदर्शन भइरहेका छन् । विरोध प्रदर्शनका क्रममा एक प्रहरीकोसमेत ज्यान गइसकेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक