20121228

बस दुर्घटना हुदाँ १३ जनाको घटना स्थलमै मृत्यु !


सुर्खेतको पुर्वी दशरथपुर गाविस वडा नं ६ स्थित गमखोलामा यात्रुबहाक बस दुर्घटना हुदाँ १३ जनाको घटना स्थलमै मृत्यु भएको छ भने २० बढी घाईते भएका छन् । ग्ुमी गाविसबाट वीरेन्द्रनगरतर्फ आउर्दै गरेको ना २ प ५७४१ नंम्बरको यात्रुबहाक बसको एक्कासी ब्रेक फेल हुदाँ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । बस गमखोलाबाट करिब १ सय मिटर तल खोल्सामा खसेको थियो । शुक्रवार विहान करिब ९ बजेतिर भएको दुर्घटनामा २० भन्दा बढी यात्रुहरु घाईते भएका छन् । बस दुर्घटनामा मृत्यु हुनेहरुमा एउटै गाविसका ३ जना रहेका छन् भने चितवन घर भई सुर्खेतको दशरथपुर स्थित नेपाली सेनाको ब्यारेकमा कार्यरत नेपाली सेनाका एक जना जवानको पनि घटनास्थलमै मृत्यु भएको सुर्खेत प्हरी प्रमुख एसपी विश्वनिरन्जन प्रधानले जानकारी दिनुभएको छ ।  धुलियाविट भेडावारी कच्ची सडकखण्डमा पर्ने गमखोलामा शुक्रवार भएको दुर्घटना भएलगत्तै दशरथपुर, गुमी, कल्याणका गाउलेहरुले उदार कार्य गरेका थिए । दुर्घटनामा कल्याण गाविस ८ निवासी चन्द्रकला रावत, लेखफर्सा गाविस ९ निवासी थमन मिदुन, गुमी गाविस ४ निवासी केशर श्रीसर सर्जन श्रीस दशरथपुर गाविस ७ निवासी मानबहादुर गाहा, दैलेखका थर नखुलेका प्रताप ,दशरथपुर
गाविस ५ निवासी कुमार पौडेल, साटाखानी गाविस निवासी दिपा ढकाल, दशरथपुर गाविस ३ निवासी ममता खड्का चितवन घर भएका नेपाली सेनाका जवान राम रानाभाट, गुमी गाविस ५ निवासी राजेन्द्र गुरुङ,र दिपेन्द्र गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रमुख एसपी प्रधानले नेपाल समाचारपत्रलाई जानकारी दिनुभएको छ । उहाँका अनुसार दुर्घटनामा ज्यान गुमाउने एक जनाको सनाखत हुन सकेको छैन् ।

दुर्घटनामा मृत्युहुनेहरुको शवलाई वीरेन्द्रनगर स्थित क्षेत्रीय अस्पातलमा पोष्र्टमार्टम गरिएको छ । दुर्घटनामा भाईतेभएका २० जना यात्रुहरुलाई प्रहरी स्थानीयवासी र नेपाली सेनाको टोलिले उदार गर्ेर वीरेन्द्रनगर स्थित क्षेत्रीय अस्पतालमा उपचारका भएको छ । घटना भएको जानकारी पाए लगत्तै वीरेन्द्रनगरबाट नेपाली सेना, प्रहरीको टोलि गमखोलामा पुगेको थियो । घटनामा ज्यान गुमाउनेहरु सबै गमखोला आसपासका गाविसका स्थानीय भएको कारण दशरथपुर कल्याण, गुमी लेखफर्सा गाविसका गाउलेहरु शोकमा परेका छन् । बसका चालक र सहचालकको खोजी भईरहेको प्रहरीले जनाएको छ । अस्पतालमा उपचारकालागि ल्याईएका घाईतेहरुको उपचारमा संलग्न क्षेत्रीय अस्पताल सुर्खेतका चिकित्सकहरुले घाईतेहरुमध्ये १२ जनाको अवस्था गम्भीररहेको बताएका छन् भने ८ जनाको अवस्था सामान्य रहेको जनाईएको छ ।

उदारमा संलग्न नेपाली सेनाले घाईतेलाई उपचारका लागि गमखोलाबाट वीरेन्द्रनगरमा ल्याउन सवारीसाधन नपाएपछि मोटरसाईकलको बीचमा राखेर भएपनि कच्ची बाटोमा मोटरसाईकल घचेट्र्दै अस्पताल पुर्‍याएका थिए । यो सडक खण्डमा बसको सिट क्षमताभन्दा दोब्बर यात्रुहरु बसको छतमा समेत बोक्र्दै आउने गरेका छन् । सिट क्षमताभन्दा बढी यात्रुहरु बोक्दै आईरहेको भएपनि जिल्ला स्थित टा्रफिक प्रहरी कार्यालयले भने यसको नियन्त्रण गर्नेतर्फ कुनै सक्रियता नदेखाएको स्थानीयले गुनासो गर्दै आएका छन् । यता ट्राफिक प्रहरी प्रमुख प्हरी निरिक्षक कृष्णराज सापकोटाले दुर्घटनाको कारण वारे शुक्रवारबाटै अनुसन्धान जारी राख्ने बताउनुभएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक