20121227

नेपाली फोहोरी राजनीतिका धुर्त खेलाडी प्रचण्डले भने " कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री बन्ने सम्भावना सकियो"

"मलाई प्रधानमन्त्री चाहियो मात्र भनेर हुन्छ र ? आधार हुनुपर्‍यो नि"
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री बन्ने सम्भावना सकिएको बताउनुभएको छ । कोइरालाले प्रचण्डकै प्रस्तावमा आफू उम्मेदवार बनेको दावी गरेकै भोलिपल्ट बिहीबार प्रचण्डले अब कोइराला प्रधानमन्त्री बन्न नसक्ने दावी गर्नु भएको हो ।आफ्नै नेतृत्वको ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठवन्धन’को बैठकमा प्रचण्डले कोइराला प्रधानमन्त्री नबन्ने ठोकुवा गर्नुभएको हो । ‘सुशील प्रधानमन्त्री बन्दैनन् । उनको सम्भावना शून्य जस्तै छ’ प्रचण्डको भनाई उदृत गर्दै एक नेताले भन्नुभयो-’मलाई प्रधानमन्त्री चाहियो मात्र भनेर हुन्छ र ? आधार हुनुपर्‍यो नि ।’ सुशीलले लचकता नदेखाएको र कुनै पनि विषयमा सहमति गर्नै नचाहेको प्रचण्डको भनाइ छ । प्रचण्डले दलहरुबीच सहमतिको
प्रयास गर्ने र नभए संविधानसभाको पुनःस्थापनाको एजेण्डा पुनः उठाउनु पर्ने बताउनुभयो । कांग्रेसलाई नेतृत्व दिंदा आइलाग्ने खतराबारे चर्चा गर्दै प्रचण्डले बाधा अड्काउ फुकाएर अघि बढ्दा अदालतले रोक्न सक्ने बताउनुभयो । बाधा अडकाउ फुकाउविरुद्ध रिट पर्न सक्ने र राष्ट्रपतिले पारित गरेका अध्यादेश पनि खारेज हुनसक्ने खतरा औंल्याउँदै प्रचण्डले त्यस्तो अवस्थामा कांग्रेसको नेतृत्वमा सरकार हुने तर चुनाव नहुने अवस्था आउन सक्ने बताउनुभयो । बैठकले २५ गतेसम्म सहमतिको सरकार गठन गरेर निर्वाचनमा जान सहमतिको प्रयास गर्ने र नभए २६ गतेबाट पुनःस्थापनाको एजेण्डा पुनः उठाउने निर्णय गरेको छ । २६ गतेबाट निर्वाचन आयोग आयुक्तविहीन हुँदैछ । आयोगले पदाधिकारी नियुक्ती, आवश्यक ऐन कानुन संशोधनलगायतमा सहमतिका लागि २५ गतेसम्मको समयसीमा दिएको छ । बैठकले बाबुराम भट्टराई नेतृत्वमा सहमतिको सरकार गठनको पहल गर्ने निर्णयलाई कायम राख्दै सरकार गठनका लागि तीन विकल्प अघि पारेको छ । भट्टराईकै नेतृत्वमा सहमतीय सरकार गठनलाई पहिलो विकल्पका रुपमा अघि सारेको गठवन्धनले दोस्रो विकल्पमा गठवन्धनभित्रैबाट र तेस्रो विकल्पमा खुला राख्ने भनेको अन्लाइन खबरमा जनाइएकोछ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक