20121221

काङ्रेस सभापति शुशील कोइरालालाई जोक्कर बनाउन माओवादी भित्र अर्को नाटक, प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा पार्टीले प्रस्ताव अघि सार्नुपर्ने बताउनुभएको छ । राजधानीस्थित रोयल सिंघी होटलमा शुक्रबार आयोजित पार्टीका राज्यसमिति इञ्चार्जसहितको बैठकमा बोल्दै प्रधानमन्त्री डा. भट्टराईले आफ्नै सरकारको नेतृत्वमा सहमति हुन नसके ठूलो दलको हिसाबले पार्टी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गरिनुपर्ने बताउनुभएको हो । ‘पहिले यही सरकालाई प्राथमिकता दिऔं, त्यसमा पनि भएन भने ठूलो दलको हैसियतले तपाई (प्रचण्ड) लाई
अगाडि सारौं ।’- प्रधानमन्त्रीको भनाइ उधृत गर्दै बैठकमा सहभागी एक एमाओवादी नेताले  भन्नुभयो । ‘हामीले राखेका एजेन्डा गम्छन् कि भन्नेमात्र मेरो चिन्ता हो, मैले राजीनामा दिन्छु भनेर अध्यक्षजीलाई तीनपटकजति भनिसकेको छु । तर, चुनावको सुनिश्चिता पनि नभएको र अध्यादेश पनि स्वीकृत गर्न नदिइराखेको अवस्थामा निशर्त सम्झौता गर्न लागिएको हो कि भन्नेमात्रै मेरो आशंका हो, पदमा बसिराख्न खोजेको होइन ।’- बैठकलाई सम्बोधन गर्ने क्रममा पार्टी उपाध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री भट्टराईले भन्नुभयो । बैठकमा बोल्दै एमाओवादी अध्यक्ष प्रचण्डले आफू र प्रधानमन्त्री भट्टराईवीचको सम्बन्धले सिंगै देशमा तरंग आएको सुनाउनुभयो । ‘हामी दुईजनाको सम्बन्ध तातो-चिसो हुँदा देशै प्रभाव पर्दाेरहेछ, यो गौरब गर्नुपर्ने विषय पनि हो र चुनौतीको विषय पनि हो । हामीवीच राम्रो भए स्थिति सकारात्मक हुन्छ, सम्बन्ध चिसोभए देशकै वातावरण बिगि्रन्छ ।’- प्रचण्डको भनाइ उधृत गर्दै स्रोतले भन्यो । करिब दुईघण्टा बसेको बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले आशंका गरेजस्तो कांग्रेस एमालेसँग अन्तिम सम्झौता नभएको भन्दै लुकीछिपी सहमति नगरिने प्रष्ट पार्नुभएको थियो । ‘केही पनि फाइनल भएको छैन, पहिले यही सरकारलाई सहमतिको सरकार बनाउने प्रयास गरौं, दोस्रोमा कांग्रेसलाई दिऔं भनेको हो, यसबाट केही पनि दायाँ वायाँ भएको छैन । लुकेर केही पनि भएको गरिँदैन । विपक्षीले पनि पार्टीमा राख्छौं भनेका हुन्, फाइनल केही भएको छैन, बाबुारमजी त्यसदिन मुगुमा भएकाले कुरा हुन पाएन’-बैठकमा प्रचण्डको भनाइ थियो । एमाओवादीको बैठक बसिरहेका बेला राष्ट्रपतिको भारत भ्रमणबारे शुक्रबारै क्याबिनेटले टुंगो लगाउनुपर्ने भएपछि प्रधानमन्त्री बैठकबाट बाहिरिनुभएको थियो । शुक्रबार स्थगित बैठक शनिबार बिहान रोयल सिंघीमै बस्ने एमाओवादी नेताले बताएका छन् ।
राज्यसमितिका इञ्चार्ज, विघटित स्थायी समिति सदस्य, केन्द्रीय पदाधिकारी र कार्यालयका पदाधिकारीसहित करिब ३० जनाको सहभागिता रहने बैठकले महाधिवेशनका बारेमा पनि ठोस निर्णय गर्ने बताइएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कांग्रेस-एमाले संघीयता विरोधी भएको भन्दै उनीहरुलाई कुनै हालतमा सरकारको नेतृत्व नदिने निर्णय गरेको छ ।
फोरम लोकतान्त्रिकको कार्यालयमा शुक्रबार बसेको मोर्चाको बैठकले चुनावी सरकार गठनका लागि तीन विकल्प अघि सारेको छ । वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरेर चुनावमा जाने पहिलो विकल्पका रुपमा अघि सारेको मोर्चाले दोस्रो विकल्प गठवन्धनभित्रैबाट प्रधानमन्त्री बनाउने बताएको छ । ‘बाबुराम भट्टराईको नेतृत्वमा सहमति हुन सक्दैन भने गठवन्धनले मागेको ५ मिनेटभित्र हामी उम्मेदवार दिन तयार छौं’ तमलोपा नेपालका नेता दानबहादुर चौधरीले अनलाइनखबरसँग भन्नुभयो ।
मधेसी मोर्चाले तेस्रो विकल्पका रुपमा संघीयता स्वीकार गर्ने दलको नेतृत्वमा सरकार बनाउने प्रस्ताव अघि सारेको छ । यसको अर्थ कांग्रेस-एमालेलाई कुनै हालतमा सरकारको नेतृत्व नदिने नै भएको एक नेताले बताए । ‘कांग्रेस-एमाले संघीयता विरोधी हुन् भन्ने त घाम जत्तिकै र्झलङ्ग छ’ उनले भने-’पहिचानसहितको संघीयता स्वीकार नगर्ने दललाई कुनै हालतमा स्वीकार गर्दैनौं ।’

कांग्रेसलाई नेतृत्व नदिने रणनीतिका साथ मधेसी मोर्चाले प्याकेजमा सहमतिका लागि सर्तको सूची तयार पार्दैछ । श्रोतका अनुसार मधेसी मोर्चाको सर्तहरुमा विघटित संविधानसभाले संघीयतासहितका विषयमा गरेका छलफल र सहमतिलाई स्वीकार गर्नु पर्ने, मधेसमा दुई प्रदेश हुनु पर्ने, वैशाखभित्र संविधानसभाको चुनाव हुनु पर्ने, अब बन्ने संविधानसभाले संविधान नबनाएसम्म संविधानसभाको काम गर्ने र त्यसपछि मात्र संसदको काम गर्ने लगायतका छन् ।
यस्तै अब दलहरुको सहमतिमा बन्ने राष्ट्रिय सरकारले तोकिएको मितिमा चुनाव लगाउन नसके तत्काल सरकार छाड्नु पर्ने मोर्चाको सर्त छ । नेताहरुका अनुसार भोलि विहान बैठक बसेर अन्तिम रुप दिएपछि मधेसी मोर्चाले यसलाई सार्वजनिक गर्नेछ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक