(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20121211

प्रचन्डलाई झापड हान्ने पदम कुँवर रिहा, फुलमाला सहित अभिरयात्रा, बिदेश बाट नेपालीहरुले पदम लाई छुटाउन पैसा पठाएको थाहा पाए पछी लज्जित प्रचन्ड आफैले धरौटी जम्मा गराए, पदम र उनको परिवार प्रचन्ड सँग रुस्ट, उनिहरु भन्छन "धरौटी जम्मा गर्ने प्रचन्डको नौटँकी बुझिनसक्नु छ !"

जेलबाट छुट्ने बित्तिकै कुँवरलाई अबीर र मालाअब पदमले आफुलाई कुट्ने बिरुद्ध जाहेरी दिने 
झापड हान्नु, भौतिक रुपमा कसैले कसैलाई आक्रमण गर्नु, कानुन आफ्नो हातमा लिनु कदापी  प्रशँसनीय कुरा होइन तर पनि यो परिस्थिती किन आयो ? यसबाट प्रचन्डले मात्र होइन सबै नेताहरुले पनि शिक्षा लिनु पर्लाकी ! नेपाल मदरलाई यस्तो लाग्यो  
काठमाडौं प्रशासन कार्यालयले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई २५ दिनअघि भृकुटीमन्डपमा झाप्पड हान्ने पदम कुँवरलाई मंगलबार मुक्त गरेको छ । एमाओवादी अध्यक्ष दाहालले नै कुँवरका लागि २८ हजार रुपैयाँ धरौटी प्रशासन कार्यालयमा जम्मा गरेपछि कुँवर मुक्त भएका हुन् । यसअघि सोमबार प्रशासनले २८ हजार धरौटी लिएर तारेखमा छाड्ने आदेश दिएकोमा धरौटी तिर्न नसक्दा कुँवर जेल चलान भएका थिए । प्रशासनले कुँवरलाई उनका भिनाजु भिम भारतीको जिम्मा लगाएको छ । एमाओवादी अध्यक्ष दाहालकै तर्फबाट धरौटी रकम आएपछि कुँवर थुनामुक्त भएको काठमाडौंका सिडिओ चुडामणि शर्माले जानकरी दिए । दाहालका सहयोगी शिव खकुरेल धरौटी रकम लिएर प्रशासन कार्यालय पुगेका थिए । सिडिओ शर्माका अनुसार कुँवरलाइ ७ दिनको तारेखमा छाडिएको छ । उनको
अन्तिम फैसला हुन बाँकी छ । प्रशासन कार्यालयबाट भिम र पदम प्रहरीको गाडीमा केन्द्रिय कारागार गएका छन् । त्यहाँ अभिलेख राखेपछि उनी मुक्त हुनेछन् । विदेशीमा रहेका नेपालीहरुको दिएको धरौटी रकम लिएर प्रशासन पुगेका भिमलाई प्रशासनले धरौटी वाफतको रकम २८ हजार तिर्नु नपर्ने बताएको थियो । 'मलाई धरौटी तिर्नु पर्दैन्, माथीबाट यस्तो आदेश आएको छ भने' भिमले  भने । उनले अन्तिम घडीमा दहालले धरौटी तिरेकोमा आफुहरु सन्तुष्ट नभएको बताएका छन् । यसैगरी अब पदमले आफुलाई कुट्ने बिरुद्ध जाहेरी दिने पनि भिमले बताएका छन् । 'एउटा मुद्धा किनारा लाग्यो अब हामी अर्को मुद्धाको तयारीमा छौं' भीमले भने ।
-पदमबहादुर कुँवर

बाग्लुङ राजपुत–२ हो मेरो घर । २७ वर्षको भएँ । मेरी दिदी प्रतिभा कुँवर र दाजु टेकबहादुर कँुवर ०५६ देखि नै तत्कालीन माओवादी जनयुद्धमा लागे । मेरो बुबा प्रेमबहादुर कुँवर पनि जनयुद्धकै कारण विभिन्न मितिमा गरी चार वर्ष जेल पर्नुभयो । म बाग्लुङकै देवीस्थान–३ स्थिति देवीस्थान माविमा पढ्थेँ । हाम्रो परिवारै जनयुद्धमा लागेकाले सानैदेखि राज्यबाट मैले विभिन्न यातना भोग्नुपर्‍यो । ज्यान बचाउनै मुस्किल परेपछि १० कक्षा पढ्दापढ्दै भारतको पन्जाब पुगेँ । एक वर्षसम्म मैले त्यहीँ एक कारखानामा क्लिनर्सको काम गरेँ ।
शान्तिसम्झौता भएलगत्तै म गाउँ फर्किएँ । त्यस बेलासम्म स्थिति बदलिएको थियो । मैले अध्ययनलाई निरन्तरता दिन सकिनँ । युद्धकै कारण मेरा दाइ र दिदी अपांग भएका थिए । सहयोगका लागि विभिन्न स्थानमा पुगियो । वर्षमान पुन शान्तिमन्त्री हुँदा मन्त्रालय पनि धाइयो । तर, पार्टीबाट कुनै राहत त के सहानुभूतिसमेत मिलेन । विक्षिप्त बनेको हाम्रो परिवारमा तनाव बढ्दै गयो । चिन्ताकै कारण आमाले मानसिक सन्तुलन गुमाउनुभयो । केही सिप नलागेपछि म यसपालि विदेश जाने सुरले काठमाडौं बस्ने दिदीभिनाजुकहाँ आएको थिएँ ।
घटनाको अघिल्लो दिन भाइटीका थियो । बेलुका भिनाजुका आफन्तलाई मुटुको बिरामी भएकाले गंगालाल अस्पतालमा ल्याइयो । सबै अस्पतालमा थिए । मेरो जिम्मा खाना पकाउने थियो । खर्च नभएकाले हामी तनावमा थियौँ । भोलिपल्ट पनि कोठामा मैले नै खाना बनाएँ । जाडो बढ्दै गएकाले ज्याकेट किन्नुपर्ने थियो । खुलामञ्चको बजारमा सस्तोमा ज्याकेट पाइन्छ भन्ने सुनेको थिएँ । पैसा पनि थिएन । सस्तोमा ज्याकेट किन्ने मनसायले म साढे १ बजे कोठाबाट निस्किएँ । २ बजेतिर रत्नपार्क पुगेँ । त्यहाँ केही मानिस ‘आज भृकुटीमण्डपमा माओवादीको चियापान कार्यक्रम छ’ भन्दै थिए । सुनेपछि म पनि एक कप चिया भए पनि खान पाइन्छ भनेर भृकुटीमण्डपतिरै लागेँ । झन्डा र मानिसले भरिएको रहेछ, भृकुटी मण्डपभित्रको बगैँचा ।
छिर्न र बाहिरिन छुट्टाछुट्टै गेट रहेछ । अरूसँगै म पनि भित्र छिरेँ । तीन चारवटा लाइन रहेछन् । म पनि लाइनमा बसेँ । करिब ४५ मिनेट लाइन बसेपछि म मञ्चनजिकै पुगेँ । मञ्चमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दहाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल र एमाले अध्यक्ष झलनाथ खनाल सँगैसँगै थिए । लाइनबाट उनी नजिक पुग्न मलाई १५ मिनेट जति लाग्थ्यो होला । उनीहरूले पालैपालो सहमतिका कुरा गर्न लागेको सुनेँ । अन्तिममा दाहाल बोले । म सुन्दै गएँ ।
सहमतिका कुरा गर्ना साथै मेरो कन्सिरी तात्न थालिसकेको थियो । मलाई लागेको थियो, ‘हाम्रा काँधमा बन्दुक बोकाएर प्राप्त गणतन्त्रलाई सहमतिका नाममा यिनीहरूले बन्धक बनाइराखेका छन् ।’ म अझ नजिकै गएँ । दहालको भाषण मेरा कानमा विष जसरी पस्दै गयो । म आक्रोशको ज्वालामा दन्किएँ । उनको भाषणसँगै मेरा आँखामा अपांग दाजु, दिदी, बुबा, बिरामी आमा सल्बलाइरहेका थिए ।
जसै अध्यक्ष प्रचण्ड नजिक पुगेँ, मैले आफूलाई सम्हाल्न सकिनँ । एकाएक मेरो हात उठ्यो र उनको गालामा बजारियो । ‘ऐया †’ भन्दै उनी पछि हटे । उनको आँखाबाट चस्मा झरेको देखेँ । त्यसलगत्तै कसैले मलाई खुट्टामा ताने । अर्काले टाउकाबाट ठेले । म घोप्टो परी भुइँमा बजारिएँ अनि बर्सिन थाले– लात र मुक्का ।
‘यसलाई सिध्याइदे, यसले मुख छोपेको छ, यसको मुख फुटाइदे, यसलाई मारिदे’ यस्तै यस्तै डरलाग्दा अवाज मेरा कानमा परे । ममाथि लात र मुक्का बर्सिरहेकै थिए । भिडमा कसैले पछाडिबाट मेरो अण्डकोष समात्यो । असह्य पीडा भएपछि मैले दुवै हातले अण्डकोष छोपेँ । अब लात मुखमा बर्सिन थाल्यो । नाकबाट रगतका फोहरा छुट्न थाल्यो । त्यही बेला ज्याकेट घाँटीमा पुगेर कसिएछ । त्यसले त मेरो सास नै रोकियो । अब मार्ने रहेछन् जस्तो लाग्यो । त्यही बेला एक प्रहरीले ‘मार्न लागे, ए मोरा चिच्या न चिच्या’ भनेको सुनेँ । बाँचिने आसले म चिच्याएँ ।
अब पिटाइ अलिक कम भयो । मलाई प्रहरीले उठाए । उनीहरूबाट फुत्काउँदै बाहिर निकाल्न लागे । कुटाइ त्यति गर्दा पनि रोकिएन । प्रहरीले लाडी चार्ज गरेपछि मात्रै कुटाइ रोकियो । मलाई प्रहरीले महेन्द्र पुलिस क्लब लग्यो । र, पछि उपचारका लागि प्रहरी अस्पताल लग्यो । तीन दिनको उपचारपछि मलाई हनुमानढोका लगियो । त्यसपछिका मेरा दिन महाराजगन्जस्थित २ नम्बर गणमा बिते ।
घटनाप्रति मलाई खासै पछुतो लागेन । तर, सुत्नेबेला भने मलाई त्यो घटनाले बढी दु:ख दिन्थ्यो । मलाई लाग्छ, मैले उठाएको कदम गलत हो । तर, मैले भोगेको पीडा साँचो थियो, जसको सिकार म भएँ । सायद यही भएर मलाई देशविदेशबाट सहानुभूति मिल्यो । मैले पाएको सहानुभूतिलाई गम्भीर रूपमा विश्लेषण गर्नु जरुरी छ । किनकि मेरा लागि संकलन भएका सहानुभूति नेताका लागि प्रहार हो । यसैबाट बुझ्न सकिन्छ नेताप्रति जनता कति आक्रोशित रहेछन् भन्ने ।



नेपाल मदर डट कम (www.NepalMother.com) का लागि संसार भर फोटो, भिडियो सहित समाचार लेख्न जान्ने बिशेष प्रतिनिधिहरुको आवश्यकता छ । कृपया इच्छुक  फोटो, भिडियो सहित समाचार पस्कन सक्छु भन्ने उत्साही नेपालीहरुबाट आफ्नो एक फोटो र बायोडाटा सहित ईमेल निबेदन आह्वान गरिन्छ । सँसारका बिभिन्न देशहरुबाट र नेपालमा  काठमाडौं, पोखरा, बुटवल, नारायणगढ, नेपालगन्ज, बिराटनगर लगायतका बिभिन्न शहरहरुबाट समेत निबेदन पठाउन सक्नुहुनेछ । अमेरिकाबाट बिगत चार बर्ष अघी देखी प्रकाशित भै हाल सँसारका ११५ देशमा नेपालीहरु बिच लोकप्रिय बनेको यो अनलाइन नेपाल मदर डटकम (www.NepalMother.com) लाई हामी संसार भरिका नेपालीको मुख पत्र बनाउन अग्रसर छौं । निबेदकहरु पत्रकारिता क्षेत्रकै हुनुपर्छ भन्ने छैन तर समाचार लेख्न, टाइप गर्न, फोटो र भिडियोको बारेमा अलिकती नै सहि थाहा भएको ब्यक्ती हुनुपर्ने छ । तपाईंलाई हामी वास्तविक पत्रकार बनाउने छौं । 
 बायोडाटा पठाउने ईमेल ठेगाना :  info@NepalMother.com      

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक