20121207

साहित्यकार ज्ञानेन्द्र गदाललाई अन्तर्राष्ट्रिय सम्मान

नेपालमदर डटकम परिवार मित्र गदाल जि लाई यस शुभ अबसरमा हार्दिक बधाई ज्ञापन गर्दछ । 
भारतीय दलित साहित्य अकादमी, नयाँ दिल्लीले यस बर्षको Dr. Ambedkar International Brotherhood Award-2012 गीतकार श्री ज्ञानेन्द्र गदाललाई प्रदान गरेको छ | विभिन्न क्षेत्रबाट विश्व समुदायमा मानवीय सहअस्तित्व कायम गर्न तथा विश्व-भाइचाराको निम्ति योगदान पुर्याउने बिशिष्ठ महानुभाबहरुलाई हरेक बर्ष दिइने यो सम्मान समाज सेवा तथा साहित्यको माध्यमद्वारा विश्व-समाजमा पिछाडिएका समुदायको उत्थानको निम्ति सक्रिय रुपमा योगदान पुर्याएबापत सन् २०१२का लागि श्री गदाललाई प्रदान गरिएको कुरा अकादमीबाट प्राप्त पत्रमा जनाइएको छ | साहित्यकार गदाल दुई दशक भन्दा बढीदेखि सामाजिक सेवा तथा साहित्यमा गीत लेखनका माध्यमबाट सक्रिय रुपले संलग्न
हुनुहुन्छ | बिगत १४ वर्षदेखि वहाँ अमेरिकाको कोलोराडो राज्यमा सपरिवार रहँदै आउनुभएको छ |  

यसैगरी सो संस्थाले अन्य बिभिन्न क्षेत्रबाट सामाजिक उत्थानमा सेवा गर्ने अन्य ६ जनालाई पनि निम्न बमोजिम सम्मान प्रदान गरेको छ |
१. Premlal Pokherel, Nepal: Dr Ambedkar Excellency Award - 2012
२. Ms Sushila Sirpali (Thakuri), Nepal: Dr Ambedkar Distinguish Service Award - 2012
३. Ms Mina Maya Khatri, Itahari, Nepal: Dr Ambedkar Kalashree National Award - 2012
४. Mr Prakash Chandra Pariyar, Nepal: Dr Ambedkar Kalashree National Award - 2012
५. Mr Rabindra Kurung, Nepal: Dr Ambedkar Sewashree National Award - 2012
६. Mr Dilip Kumar Chaudhari, Nepal: Guru Ravidas National Award - 2012  

यहि डिसेम्बर ९-१० मा दिल्लीमा आयोजना गरिने बिशेष कार्यक्रमको अवसरमा पुरस्कृत व्यक्तित्वहरुलाई सम्मान गरिने कार्यक्रम रहेको छ | यस गरिमामय सम्मानबाट सम्मानित सबै महानुभावहरुलाई हार्दिक बधाई तथा शुभकामना |


































1 comment:

  1. Congratulations Gyanendra ji and all and wish you all the best!

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक