20121230

सन् २०११ मा विश्वमा बनेका भवनहरुमध्ये उत्कृष्ट १० वटा भवनको सूचि सार्वजनिक

विश्वमा बनेका लाखौँ भवनलाई पछि पार्दै अमेरिकाको म्यानहटनमा बनेको एट स्प्रुस स्ट्रिट भवनले वर्षको उत्कृष्ट गगनचुम्बी भवनको उपाधि जितेको छ !
 - Jhon Ghotane Gurung
 सन् २०११ मा विश्वमा बनेका भवनहरुमध्ये उत्कृष्ट १० वटा भवनको सूचि सार्वजनिक भएको छ । उक्त वर्ष विश्वमा बनेका लाखौँ भवनलाई पछि पार्दै अमेरिकाको म्यानहटनमा बनेको एट स्प्रुस स्ट्रिट भवनले वर्षको उत्कृष्ट गगनचुम्बी भवनको उपाधि जितेको छ । ७६ तले यो आवासीय भवन २६५ मिटर अग्लो छ जसलाई
चिनको तियान्जिन वल्र्ड फाइनान्सियल टावर दशौँ उत्कृष्ट भवन
फ्रान्क गेरीले डिजाइन गरेका हुन् । उत्कृष्ट गगनचुम्बी भवनको दोश्रो स्थानमा कुवेतको राजधानीमा बनेको ४१२ मिटर अग्लो अल हामरा टावरा परेको छ, तेश्रो स्थान अबु धावीको इतिहाद टावरले ओगटेको छ ।चीनको के के सेन्झेन टावर चौथो उत्कृष्ट भवन बनेको छ जुन ४४१ मिटर अग्लो छ । स्विडेनको स्टकहोमस्थित भिक्टोरिया टावर पाँचौँ, अमेरिकाकेा ओहियोस्थित ग्रेट अमेरिकन टावर छैटौँ तथा पनामा सहरस्थित एफ एण्ड एफ टावर सातौँ स्थानमा परेका छन् । दक्षिण कोरियाको इन्चेनस्थित उत्तरपूर्वी एसियाली व्यापार टावर आठौँ, सिंगापुरमा बनेको रिफ्लेक्सन एट केप्पेल बे टावर नवौँ तथा चिनको तियान्जिन वल्र्ड फाइनान्सियल टावर दशौँ उत्कृष्ट भवन बन्न सफल भएको छ । हेरौँ यी उत्कृष्ट भवनहरु
अमेरिकाको म्यानहटनमा बनेको एट स्प्रुस स्ट्रिट भवन
कुवेतको राजधानीमा बनेको ४१२ मिटर अग्लो अल हामरा टावर (दायाँ) अबुधावीको इतिहाद टावर (बाँयाँ)
दक्षिण कोरियाको इन्चेनस्थित उत्तरपूर्वी एसियाली व्यापार टावर (दायाँ) सिंगापुरमा बनेको रिफ्लेक्सन एट केप्पेल बे टावर (बायाँ)
तथा पनामा सहरस्थित एफ एण्ड एफ टावर (बायाँ )तथा अमेरिकाको ओहियोस्थित ग्रेट अमेरिकन टावर (दायाँ)
चीनको के के सेन्झेन टावर (दायाँ) स्विडेनको स्टकहोमस्थित भिक्टोरिया टावर (बायाँ)
 

हिमाल हेर्दै घाम ताप्दै

Click on the slide!

धादिङको खाल्टे गाविसस्थित विद्यालयको चौरमा बसेर घाम ताप्दै वृद्धाहरु। तस्विर : रामेश्वर कार्की

आफ्नो भाषा, आफ्नै भेष...

Click on the slide!

चितवनको सौराहामा हात्ती दौड शुरु हुनु अघि निकालिएको शोभा यात्रामा सजिएका थारु युवती। तस्बिर : चाँदनी हमाल
 

मिठो मुस्कान

Click on the slide!

चितवनको सौराहामा आजबाट सुरु हात्ती दौडको उद्घाटनमा थारु युवती । तस्बिर : चाँदनी हमाल
 
सौराहामा हात्ती दौडको रौनक
Chitwan_Shovayetra
चितवनको सौराहामा आजबाट शुरु हात्ती दौडको शोभायात्राको झलक । तीन दिनसम्म यहाँ दौड प्रतियोगिता हुनेछ ।
 
मगर जातिको परिकार बन्दै
Gorkha-food-on-Gorkha-festi
गोरखामा भैरहेको आठौं गोरखा महोत्सवमा मगर जातिको झल्को दिने परिकार बनाउँदै मगरनी चेली शर्मिला थापा । महोत्सव स्थलमा बनाइएको घुमाउने घरमा प्रत्येक दिन फरक फरक जातिका परिकारहरु पाक्ने गरेका छन् । घुमाउने घर महोत्सवको आकर्षक केन्द्र बनेको छ ।
 
उफ ! कस्तो गर्मी
 
garmi
ब्युनर्स आयर्स स्ट्रीटमा रोड क्रस गर्दै दुई महिला । यतिबेला यहाँ गर्मी निकै बढेको छ । गर्मी बढेर ५० डिग्री सेल्सियससम्म पुगेको छ। एएफपी
 
 
 
पाल्पाको खानीगाउँ, ६ दैलातुङ्का कृष्णबहादुर बोटेको घर देखाउँदै बाबु गजबिर बोटे । यहाँका १२ घरपरिवार बोटेको अवस्था उनको जस्तै छ ।
फोटोग्राफर : माधब अर्याल/ईकान्तिपुर
 
क्रिसमसको अबसरमा ताप्लेजुङ सदरमुकाम फुङलिङमा नृत्य प्रस्तुत गर्दै इसाई धर्मावालम्बीहरु । फोटोग्राफर : आनन्द गौतम/ईकान्तिपुर
 
राष्ट्रपति डा. रामवरण यादव भारतको वाराणसीस्थित बनारस हिन्दु विश्वविद्यालयमा मंगलबार आयोजित विशेष कार्यक्रममा विश्वविद्यालयका कुलपति एवं भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष करण सिंहबाट 'डक्टर अफ ल’ को मानार्थ उपाधि ग्रहण गर्दै । साथमा (दायाँतर्फ) भारतीय राष्ट्रपति प्रणव मुखर्जी । तस्बिर सौजन्यः बनारस हिन्दु विश्वविद्यालय
 
जापानका नवनिर्वाचित प्रधानमन्त्री सिन्जो आवे टोकियोस्थित प्रधानमन्त्रीको सरकारी निवासमा । उनी संसदको तल्लो सदनबाट बुधबार निर्वाचित भएका हुन् ।
फोटोग्राफर : एपी
 
Cheerleaders of Los Angeles Lakers dance during the NBA basketball game between Los Angeles Lakers and New York Knicks in Los Angeles on Tuesday.
Photographer : Xinhua /Yang Lei
 जीवन यस्तै छ/ कहिले हांसो, कहिले रोदन/ हाँस्नुहोस स्वस्थ रहनु होस/ फोटो समाचार हेर्नुहोस/
 
किवीले ल्यायो परिवर्तन
 
साँखेजुङ–७ का टेकबहादुर विष्टको किवी बगान । उनले यसपटक १२ लाखको किवी बिक्री गर्ने लक्ष्य लिएको बताए ।
 
 तान्नै साथी तान
कञ्चनपुरको असैनाका महिलाहरु भारी  बोकेर घर तर्फ जाँदै ।
 
पुल नहुँदाको पीडा
 
रुकुम स्यालापाखा गाविसको गिलवाङबाट वाँफीकोटको बालुवाचौर जान विरालेमा रहेको झोलुङ्गे पुलबाट मोटरसाईल तार्दै २ युवा र पक्की मोटरेवल पुल निर्माणको काम गर्दै मजदुर । यस ठाउँमा निर्माण थालीएको मोटरेवल पुल निर्माण नहुँदा सर्वसाधारणमा समस्यामा परेका छन् ।
 
माछा खानु उत्तम
 
इटहरीको बुधवारे बजारमा बिक्रीका लागि राखिएको माछा पसलमा व्यापारीहरु ग्राहक कुर्दै ।
आगोको आक्रोश
 
झापाको दमकस्थित बेलडाँगीमा शिविरमा आगलागीबाट ध्वस्त भएका आफ्नो छाप्रामा गहना खोज्दै आगलागी पीडितहरु । आगलागीको तीनदिन बितेपनि कतै गरगहनाहरु भेटिहालिछ कि भनेर खोजी गरिरहेको उनीहरु बताउँछन् ।
जाडो छल्ने उपाय
 
पहाडी क्षेत्रमा बसोवास गर्दै आएका शेर्पा समुदायका महिलाहरु उच्च पहाडी क्षेत्रमा पाईने जडिबुटी सङ्कलन गरेर तराईका हाटबजारमा झरेर बिक्रीका लागि बसेको दृश्य । उनीहरु ताप्लेजुङ र संखुवासभाको उच्च हिमाली क्षेत्रबाट जाडो छल्नकै लागि जडीबुटीको व्यापार लिएर झरेका हुन ।
 
 
जनताको घरमा बास बस्ने अभियान अन्तर्गत कैलालीको टीकापुर स्थित मुक्तकमैया शिविर पुग्नुभएका प्रधानमन्त्री बाबुराम भट्टराईले मुसाको अचार, ढिकरी र जाँड खानुभयो । टीकापुर नगरपालीकाको विजयनगरका बाबुराम चौधरीको घरमा बस्नुभएका प्रधानमन्त्रीलाई थारु परम्परा अनुसार स्वागत सत्कार गरिएको थियो ।
 
प्रधानमन्त्रीलाई दिन तयार पारिएको जाँड देखेर उहाँले भन्नुभयो ‘मलाई मदिरा पिउने बानी छैन् तर, सम्मानको लागि एक घुट्को लिन्छु ।’ मुसाको अचार पनि प्रधानमन्त्रीले मिठो मानेर खानुभयो । थारु परम्परा अनुसार आफ्नो घरमा आउने पाहुनाहरुका लागि मुसाको चटनी, जाँड तथा ढिकरीको परिकार खुवाउने र खुट्टा धोएर ढोग्ने चलन रहेको छ ।
 
केट गर्भवती भएको खुरुखुरु बताउने नर्स मृत फेला
 
nurse
लण्डन, मंसिर २३ - बेलायती राजकुमार पत्नी केट गर्भवती भएको जानकारी बाहिर ल्याएको आरोप खेपेकी नर्स मृत भेटिएकी छन् । अष्टे्रलियाको एक रेडियोका सञ्चालकद्वयले आफू बेलायती महारानी एजिजावेथ र राजा भएको भन्दै फोन गरेपछि ४६ बर्षीया जेसिन्था सल्दान्हाले विश्वास गरेर केटबारे सम्पूर्ण विवरण बताइदिएकी थिइन् । उक्त रेडियोले यो वार्तालाप लगातार बजाइरहेको थियो ।
 
उनी मृत भेटिएपछि रेडियोले उक्त वार्तालाप बजाउन छाडेको छ भने झुक्याएर फोन गर्ने कार्यक्रम सञ्चालकहरुले आफू अत्यन्तै दुःखी भएको प्रतिक्रिया दिएका छन् ।
 
भारतको नागल्याण्ड राज्यको केन्द्र कोहिमामा भएको परम्परागत मेलामा नाच्दै आदिवासी नागा कलाकार । तस्बिरः सिन्हवा
 
 
अमेरिकी राष्ट्रपति बाराक ओबामा खि्रष्टमसको अवसरमा भएको एक कार्यक्रममा जेठी छोरी मलियासँगै गित गाउँदै । साथमा, पत्नी मिचेल र कान्छी छोरी ससा । फोटोग्राफर : एपी

सायद संयोगले खिचिए यी रोचक तस्वीर (फोटोफिचर)

हरेक फोटोग्राफरको एउटै इच्छा हुन्छ आफ्नो क्यामरामा त्यस्ता दृश्य कैद गर्ने जो अविस्मरणीय बनून् । यहीँ चाहनामा कोही क्रेजी फोटोग्राफरहरु एक क्लिक लिनकै लागि घण्टौसम्म एक्लै पर्खेर पनि बस्ने गर्छन् । तर त्यति गर्दा पनि सोँचेजस्तो तस्वीर क्यामरामा कैद नहुन सक्छ । कहिलेकाहीँ भने यस्तो तस्वीर अनायासै खिचिन्छ जुन खिच्ने बेलामा खासै महत्वपूर्ण नमानिएको हुनसक्छ, तर पछि हर्ेदा त्यो तस्वीर निकै महत्वपूर्ण, अविस्मरणीय, रोचक तथा अद्धितिय समेत बन्नसक्छ ।
 हामीले यहाँ इन्टरनेटमा प्राप्त त्यस्ता केही तस्वीर प्रस्तुत गरेका छौँ । यी तस्वीर खिच्नेको नाम थाहा नभएपनि तस्वीर हर्ेदा लाग्छ मात्र संयोग मिलेमा वा भाग्यले साथ दिएमा यस्ता तस्वीर कैद गर्न सम्भव हुन्छ ।
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक