20130113

प्रधानमन्त्री बाबुरामले फेरी यसरी धम्क्याउँदै हुनुहुन्छ, वहाँ बिरुद्ध सर्बोच्च अदालत मा रिट, बैद्य भन्नुहुन्छ "प्रचण्ड र बाबुराम एक नम्बरका दलाल हुन"

* गाउँका जाली फटाहाले हिजोआज शहर पसेर दुःख दिन थाले:
 - प्रधानमन्त्री डा. बाबुराम भट्टराई
 * पत्रकार हत्याको छानविन रोकेर अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीलाई थप लज्जित बनाए - काँग्रेस 
* प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणको छानविन गरी कारवाही भए शान्ति प्रक्रिया भंग हुने  चेतावनी
* सत्य निरुपण आयोगको जामा पहिर्याएर जघन्य मानवता विरोधी घटनालाई ढाकछोप गर्ने प्रयत्न भएको दावी- एमाले
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गाउँका जाली फटाहाले हिजोआज शहर पसेर दुःख दिन थालेकाले उनीहरुबाट सबैले सतर्क बन्नुपर्ने बताउनुभएको छ । लमजुङ जिल्लाको भलायखर्क- ८, बोराङमा अवस्थित महेन्द्र वालविकास माविको ३७ औं वाषिर्कोत्सवमा आइतबार प्रमुख अतिथि बन्नुभएका भट्टराईले भन्नुभयो- ‘फटाहाहरुको चालबाजी बुझ्न जरुरी छ, हिजो गाउँमा जालसाजी गर्नेहरु शहरका महलमा थुपि्रएका छन् । अनेक जालझेल गरेर यिनीहरुले जनताको अधिकार खोस्छन्, हामी सतर्क हुनुपर्छ ।’ विपक्षीहरुले सरकारको आलोचना तीव्र पारिरहेकै बेला लमजुङ पुगेका प्रधानमन्त्री भट्टराई पनि विपक्षीहरुप्रति उस्तै कडारुपमा प्रस्तुत हुनुभएको छ । ‘जनयुद्धमा मारिएका १५ हजारमध्ये १२ हजार कांग्रेस, एमालेका पालामा मारिएका हुन् । टाउको काट्नेलाई ५० लाख दिने घोषणा गर्नेहरु अहिलेसम्म शीर ठाडो पारेर हिँडिरहेका छन्, यिनीहरुलाई मुद्दा हाल्यो भने एमाले कांग्रेसका
कोही पनि बाँकी रहँदैनन् ।’ प्रमले प्रश्न गर्नुभयो-’तपाईहरुले के चाहेको हो ?’ माओवादीले गरेको बलिदानलाई विर्सिएर हत्यारा भनिन्छ भने  सैहृय नहुने उहाँको भनार्इ थियो । अहिलेको अवस्थामा एकले अर्काप्रति बदलाको भावना लिने नभई मेलमिलापका आधारमा अघि बढ्नुपर्ने प्रधानमन्त्रीले बताउनुभयो । सरकारले सत्य निरुपण एवं मेलमिलाप आयोग गठनका लागि साउनमै ऐन बनाउन खोज्दा पनि रोकेर राखिएको भन्दै प्रधानमन्त्रीले केहीलाईमात्रै मुद्दा चलाएर समस्या समाधान नहुने बताउनुभयो । ‘हामी गरिखाने वर्गलाई ज्यानको डर हुँदैन, हामी हिम्मत हारेर भाग्नेवाला छैनौं, जबसम्म जनताको पूर्ण मुक्ति हुँदैन, हामी सन्तोषको सास फेरेर बस्दैनौं । प्रधानमन्त्रीले भन्नुभयो-’जुनसुकै पेशा गर्नेहरुलाई पनि आफ्नो ज्यान प्यारो हुन्छ । तर, आफूलाई मन परेकोलाई मात्रै च्यापेर हिँड्नु न्यायसंगत हुँदैन । हामी हात जोडेका जोड्यै छौं, सत्य निरुपण तथा मेलमिलाप आयोग बनाउन ऐन बनाऔं र दोषी भेटिए नयाँ कानूनअनुसार कारवाही गरौं ।’
संसारमा कहीँ पनि मान्छेहरु सहित नभई लोकतन्त्र र परिवर्तन नआउने प्रधानमन्त्रीले बताउनुभयो । नेपालमा लोकतन्त्र आए पनि पुरानो संरचनामा परिवर्तन गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री भट्टराईले विपक्षी दलहरुलाई जसरी सरकारको नेतृत्व चाहियो भनेर जिद्दी नलिन आग्रह गर्नुभएको छ । एमाओवादी पार्टीमा विभाजन आए पनि अहिले पनि आफ्नो पार्टी नै सबैभन्दा ठूलो भएकाले चुनाबी सरकारको नेतृत्व आफ्नै दलले गर्न पाउनुपर्ने उहाँले बताउनुभयो ।
सरकार बनेको १६ महिनासम्म बजेट ल्याउन नदिएकाले गाउँको विकास गर्न नसकिएको भन्दै प्रधानमन्त्री भट्टराईले विपक्षी दललाई लक्षित गर्नुभयो-’सयौंवर्ष लगाएर यिनीहरु आफैंले थुपारेको फोहोर हामीले हटाउन खोज्दा आफैं फोहोर थुपार्दै हामीले हटाउन नसकेको आरोप लगाइरहेका छन् ।’ 

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेल सुनिलले पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणको छानविन गरी कारवाही भए शान्ति प्रक्रिया भंग हुने चेतावनी दिनु भएको छ ।   रिपोर्टर्स क्लब नेपालले आइतवार राजधानीमा गरेको साक्षात्कारमा उहाँले द्वन्द्वकालमा भएका घटनाको छानविन गरिए द्वन्द्वकालमा सरकारको नेतृत्व गरेका एमाले र काँग्रेसका  नेताहरु पनि तानिने चेतावनी दिनुभयो । पौडेलले भन्नुभयो,-’आफै हस्ताक्षर गरेको विस्तृत शान्ति सम्झौताको विरोध गरे कहिँ पुगिदैन ।  शान्ति सम्झौताबाट टुङगिएका कुरा अहिले उठाएर शान्ति सम्झौता भंग गर्ने षडयन्त्र भईरहेको छ ।’ द्वन्द्वकालको घटनाको सत्य निरुपण तथा मेलमिलाप आयोगबाट घटनाको छानविन गरे मिलाउनु पर्ने भन्दै उहाँले यसरी एक जनाको हत्याको घटनालाई लिएर विपक्षीहरुले आन्दोलन सरकार चुप लागेर नबस्ने चेतावनी दिनुभयो । पौडेलले भन्नुभयो,’यसलाई लिएर विपक्षीहरु आन्दोलनमा उत्रिए घटना उत्तेजक हुन्छ । उनीहरुले आन्दोलन गरे हामी पनि चुप लागेर बस्दैनौ ।’ माओवादी शान्ति प्रक्रियाप्रति प्रतिबद्ध भएकाले नै सेना समायोजन र हतियार ब्यवस्थापन गरेको दावी गर्दै उहाँले सम्झौता विपरित गतिविधी भए पछि प्रधानमन्त्री र महान्याधिवक्ताले चुप लागेर बस्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो,-’शान्ति सम्झौता विपरित भए पछि प्रधानमन्त्री चुप लागेर बस्ने कुरै हुँदैन ।’
नेकपा एमालेका सचिव शंकर पोख्रेलले सत्य निरुपण आयोगको जामा पहिर्याएर जघन्य मानवता विरोधी घटनालाई ढाकछोप गर्ने प्रयत्न भएको दावी गर्नु भयो । उहाँले  पत्रकार थापाको हत्याकाण्डको छानविन रोकिए त्यस विरुद्ध सडक आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।  द्वन्द्वका कालमा भएका प्रतिषोधपूर्ण घटनाको सम्बन्धमा मात्रै सत्य निरुपण तथा मेलमिलाप आयोगले मेलमिलाप गराउन सक्ने भन्दै उहाँले यस्ता मानवता विरोधी घटनाको सन्दर्भमा कानूनी कारवाहीको सिफारिस बाहेक केही गर्न नसक्ने स्पष्ट पार्नु भयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले पत्रकार हत्याको छानविन रोकेर अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीलाई थप लज्जित बनाएको वताउनुभयो । उहाँले काँग्रेस पत्रकार हत्या सहितका विषयलाई लिएर सडक आन्दोलनमा जाने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो,’यस्ता प्रधानमन्त्रीलाई अझै सत्तामा राख्ने भए मुलुक अझै लज्जित हुनु पर्छ । ‘प्रधानमन्त्रीले सत्य निरुपण तथा मेलमिलाप आयोगको अर्थनै नबुझेको दावी गर्दै उहाँले आयोगले मानवताविरोधी, मानवअधिकार विरोधी, बलात्कारको घटनालाई मिलाउन नसक्ने स्मरण गराउनुभयो ।  अहिलेको प्रश्न सत्तामा रहने भन्दा पनि लोकतन्त्रको बाटोमा हिड्ने कि नहिडने भन्ने प्रश्न भएको भन्दै उहाँले बालकृष्ण ढुङगेल जस्ता अपराधीलाई अघि पछि लगाएर हिड्ने प्रधानमन्त्रीबाट लोकतन्त्रको अपेक्षा गर्न नसक्ने स्पष्ट पार्नु भयो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दोहोरो भिडन्तमा मरेको बाहेक सबै घटना द्वन्द्वसँग सँग सम्बन्धीत नभएको वताउनुभयो । उहाँले पानी लिन गएका पत्रकारलाई जिउँदै पुरेर मार्नु अनि द्वन्द्वको घटना भनेर कार्यकर्तालाई बचाउन खोज्नु दण्डहिनताको पराकाष्ठा भएको बताउनुभयो । उहाँले भन्नुभयो,’निर्दोष पत्रकारलाई जिउँदै मार्ने अनि द्वन्द्वको घटना भनेर हुन्छ ? प्रधानमन्त्री देशको हो कि कार्यकर्ताको हो ?’
पत्रकार डेकेन्द्र थापाका हत्या ओरोपीहरुलाई बचाउन खोजेर दण्डहिनता बढाउन प्रथम भएको भन्दै एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी दाङले प्रधानमन्त्री डा. बाबुराम भटराईलाई व्यङग्यात्मक ‘प्रंशसा-पत्र’ पठाएको छ । शैक्षिक करिअरमा सधै प्रथम हुँदै आएका प्रधामन्त्री भट्टराई पछिल्लो समयमा पत्रकार डेकेन्द्रको हत्यामा संलग्नलाई बचाउ गर्न खोजेर दण्डहिनता संरक्षणमा पनि प्रथम भएको भन्दै चौतारीले आइतवार जिल्ला प्रशासन कार्यालय दाङमार्फत प्रधानमन्त्रीलाई प्रंशसा पत्र पठाएको हो ।
प्रधानमन्त्री हुँदा देश बिकास र नागरिकका समस्या सम्बोधन हुनेमा जनताका आशाका केन्द्र बनेका भटराईले स्वयं हत्याराले कारबाहीको माग गर्दा पनि बचाउन खोजेको भन्दै प्रशंसापत्र पठाएको बताएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालमार्फत प्रधानमन्त्रीलाई यस्तो प्रशंसापत्र पठाएको हो । प्रेस चौतारी दाङका अध्यक्ष दुर्गालाल केसीले प्रधानमन्त्री दण्डहीनताको संरक्षणकर्ताको रुपमा उत्रिएका कारण यस्तो प्रसंसापत्र पठाउनुपरेको बताए ।
यसैवीच नेपाल प्रेस युनियनले पत्रकार हत्याका अभियुक्तहरुलाई कारबाहीको माग गर्दै आइतवार देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि आधा घण्टा धर्ना दिएका छन् ।
पत्रकार डेकेन्द्र थापाका अभियुक्तहरुको अनुसन्धान रोक्न दिइएको आदेशविरुद्ध प्रधानमन्त्री बाबुराम भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानविरुद्ध सर्वोच्चमा मानहानी तथा अपहेलनाको रिट परेको छ।
थापाका पत्‍नीले हालेको मुद्दा विचाराधीन हुँदाहुँदै महान्यायाधिवक्ताले पत्र पठाई अनुसन्धान रोक्न लगाएको र प्रधानमन्त्रीसमेतले सो मुद्दामा सरकारको समर्थन नरहेको टिप्पणी गैरजिम्मेवार रहेको भन्दै डेमोक्रेटिक लयर एशोसियशनले सर्वोच्चमा मुद्दा दर्ता गराएको हो।
त्यस्तै पत्रकार हत्याका अनुसन्धानकर्तालाई राज्य र उच्च पदाधिकारीबाट दिइएको धम्कीविरुद्ध नेपाल बार एशोसिएशनले गम्भीर ध्यानाकर्षण जनाएका छन्। आइतबार प्रेस विज्ञप्ती जारी गर्दै एशोसिएसशनले अपराधिलाई जोगाउन राज्यतन्त्रको प्रयोग अन्धाकार युगमा मात्र सफल भएको र यस्तो कार्य वर्तमानको २१औं शताब्दीमा भइरहनु असाध्यै दुःदख भएको उल्लेख गरेको छ।

दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यासम्वन्धी अनुसन्धान रोक्न महान्यायाधीवक्ताले दिएको निर्देशन वदर गर्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट परेको छ ।
गोविन्द बन्दीले दायर गरेको रिटमा अनुसन्धान रोक्न प्रधानमन्त्री डा. बाबुराम भट्टराई र महान्यायाधीवक्ता मुक्ति प्रधानले दिएको निर्देशन अन्तरिम संविधान र सरकारी मुद्धा सम्वन्धी ऐन विपरित भएको दावी गरिएको छ । रिटमा महान्यायाधीवक्ताले पठाएको लिखित निर्देशन उत्प्रेशण आदेशबाट वदर गर्न माग गरिएको छ ।
रिटमा प्रधानमन्त्री, महान्यायाधीवक्ता, महान्यायाधीवक्ताको कार्यालय, प्रहरी प्रधान कार्यालय, सरकारी वकिलको कार्यालय दैलेख, जिल्ला प्रहरी कार्यालय दैलेखलाई विपक्षी बनाइएको छ । थापाको हत्या आरोपमा ५ माओवादी कार्यकर्ता पक्राउ परेपछि महान्यायाधीवक्ता प्रधानले अन्तरिम संविधान विपरित हुने भन्दै अनुसन्धान राख्न लिखित आदेश दिनु भएको थियो ।

 राजधानीमा जारी वैद्यपक्षीय नेकपा-माओवादीको महाधिवेशनले जनयुद्धको जगमा जनविद्रोहमा जाने कार्यदिशा पारित गरेको छ । साथै महाधिवेशनले प्रचण्ड र बाबुरामलाई एक नम्बरको दलाल घोषणा गर्दै भण्डाफोर गर्ने निर्णयसमेत गरेको छ । बिहीबारको बन्द सत्रले जनयुद्धको जगमा जनविद्रोहमा जाने कार्यदिशासहित अध्यक्ष मोहन बैद्य किरणको राजनीतिक प्रतिवेदन एकमतले पारित गरेको हो । ‘जनयुद्धको जगमा जनविद्रोह गर्ने कार्यदिशासहित अध्यक्षको प्रतिवेदन पारित भएको छ ।’ नेता महेन्द्र पासवानले अनलाइनखबरसँग भन्नुभयो- ‘अब जनसेना आवश्यकताअनुसार बन्ने भइहाल्यो ।’

दश वर्षे जनविद्रोहले जनतामा चेतना ल्याएको भन्दै त्यसलाई संगठित गर्ने र मुख्य रुपमा राष्ट्रिय स्वानीधताको मुद्दा उठाउने माओवादीले बताएको छ । कार्यदिशाअनुसार जनसंघर्षका कार्यक्रमसहित जनविद्रोहको कार्ययोजना भने अब बन्ने नयाँ केन्द्रीय समितिले तय गर्ने नेताहरुले बताएका छन् । स्रोतका अनुसार कार्यकर्ताको चर्को दबावपछि बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष बैद्यले छिट्टै जनसेना, जनअदालतसहितका संरचना बनाउने प्रतिवद्धता जनाउनु भएको हो । अध्यक्ष बैद्यले जनसंघर्ष गर्ने भने पनि सशस्त्र कि शान्तिपूर्ण भन्नेबारे प्रष्ट प्रस्ताव नल्याएको भन्दै कार्यकर्ताहरुले जनविद्रोहको कार्यदिशा लिन नेतृत्वलाई दबाव दिएका थिए ।

महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष वैद्यले जनविद्रोहका लागि लेनिनले भनेका वस्तुगत अवस्था परिपक्व भएको र आत्मगत स्थिति पनि चाँडै परिपक्व हुने संश्लेषण गर्नुभएको अर्का केन्द्रीय नेता अनिल शर्मा विरहीले  बताउनुभयो । ‘लेनिनले भनेको वस्तुगत अवस्था परिपक्व छन्, आत्मगत स्थिति पनि तुरुन्तै निर्माण गर्न सक्छौं, तयारीमा जानुपर्छ ।’- वैद्यको भनाइ उधृत गर्दै शर्माले भन्नुभयो ।
तर, नेपालमा लेनिनले भनेजसरी क्रान्ति नहुने भन्दै वैद्यले जनयुद्धको जगमा मात्रै जनविद्रोह सम्भव हुने संश्लेषण गरेको शर्माले जानकारी दिनुभयो । ‘नेपालमा रुस र चीनका दुबै विशेषतालाई मिलाएर मात्रै क्रान्ति सम्भव छ । क्रान्तिकै दौरानमा विशिष्ट मोडल निर्माण हुन्छ ।’-बैद्यको संश्लेषण छ ।

नेकपा-माओवादीले आफ्ना पूर्वनेताद्धय प्रचण्ड र बाबुरामलाई एक नम्बरको दलाल भनेका छन् । ’प्रचण्ड बाबुराम भारतीय विस्तारवाद र नवउपनिवेशवादको एक नम्बरका दलाल हुन्, त्यसको भण्डाफोर गछौं ।’

नेकपा-माओवादीले संसदवादी शक्तिहरुले मुलुकलाई निकास दिन नसक्ने भन्दै क्रान्तिकारीको नेतृत्वमा सरकार हुनुपर्ने बताएको छ । ‘अब संसदवादी शक्तिहरुले मुलुकलाई निकास दिन सक्दैनन’ यादवले भन्नुभयो-’अब देशको जिम्मा हामी लिन्छौं र देशलाई अगाडी बढाउँछौं । त्यसका लागि क्रान्तिकारीको नेतृत्वमा सरकार हुनुपर्छ ।’ माओवादीले वामपन्थी, गणतन्त्रवादी र देशभक्त शक्तिहरुसँग मोर्चाबन्दी गरेर अघि बढ्ने बताएको छ ।
बाबुराम सरकार विरुद्ध कांग्रेस, एमालेसँग मिलेर आन्दोलनमा जाने कि नजाने भन्ने विषयमा आइतबार नेताहरुले बोलेका छन् । सोक्रममा नेताहरुले बाबुरामलाई प्रधानमन्त्रीबाट हटाएर ‘अर्को दलाल’लाई कुर्सीमा पुर्याउन आन्दोलन नगर्ने भन्दै आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने बताएका छन् । कांग्रेस, एमालेलगायतका विपक्षी दलले चाहिँ सुशीललाई प्रधानमन्त्री बनाउने शर्तमा वैद्यपक्ष आफूहरुमको मोर्चामा आउने अपेक्षा गरेको थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक