20130113

अमेरिकाका लागि नेपाली राजदुत डा.शंकर शर्माले पूर्व राष्ट्रपति क्लिन्टनलाई भेट गरि फाउण्डेशनलाई नेपालमा बिस्तार गर्न अनुरोध गरे, बिल क्लिन्टन सकारात्मक देखिए

अमेरिकाका लागि नेपाली राजदूत भएर आए देखी नै नेपाल र नेपालीको हितका लागि, बिगतका राजदूतहरु भन्दा अली फरक ढंग बाट काम गरिरहेका र सफल पनि भैरहेका डा शंकर शर्माले फेरी अर्को खुशी थप्न लागेका छन नेपाल र नेपाल का लागि । उनका यि र यस्ता कदम ले दिर्घकालिन रुपमा ठुलो महत्व राख्न सक्छ । अमेरिकाका लागि नेपाली राजदुत डा.शंकर शर्मा र उनकी धर्मपत्नी कल्पना शर्माले  पूर्व राष्ट्रपति क्लिन्टनलाई भेट गरि फाउण्डेशनलाई नेपालमा बिस्तार गर्न अनुरोध गरेका छन् । विश्वका एक सय ८० देशहरुमा  स्वास्थ्य, शिक्षा, पर्यावरण, आर्थिक समृद्धि, सुशासन लगायतका बिषयहरुमा सक्रिय रहेको क्लिन्टन फाउन्डेशनलाई नेपालमा बिस्तार गर्ने प्रस्तावप्रति फाउन्डेशनका संस्थापक पूर्व अमेरिकी बिल क्लिन्टन सकारात्मक देखिएका छन् ।  प्रतिउत्तरमा क्लिन्टनले नेपालप्रति आफ्नो न्यायो सदासयता रहेको र यस बिषयमा आफूले सक्दो सहयोग गर्ने बताएको राजदुत शर्माले बताए । क्लिन्टनको गृहराज्य अर्कान्सासको लिटिल रकमा अवस्थित फाउन्डेशनको कार्यालयको भेट निकै सौहार्दपूर्ण रहेको शर्माले बताए ।  सन् २००० मा आफनो आठ बर्षे राष्ट्रपति कार्यकालको समाप्तीपछि परिवर्तित भुमण्डलीकरण चुनौतीमा मानवीय सशक्तिकरणीय उदेश्यका साथ क्लिन्टनले फाउन्डेशनको स्थापना गरेका थिए । फाउन्डेशनको कार्यक्रमले अफ्रिकी महादेशमा झण्डै पचास लाख एड्स रोगीहरु लाभान्वित भइसकेका छन् । यसका अतिरिक्त विविध
क्षेत्रमा फाउन्डेशन अन्र्तगत विश्वभर दुई हजार तीन सय कमिटीहरु सक्रिय रहेका छन् ।डा शर्मालाई यस सुखद समाचार का लागि धन्यवाद र बधाई नेपाल मदर दत कमको तर्फबाट । उनको कार्यकाल यि र यस्तै सुखद समाचारहरुको माझमै सफल ढंगले चलिरहोस् हाम्रो कामना पनि ।   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक